• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भाइरल हुने लोभमा पीडित युवतीको अन्तरङ्ग भिडिओ राखी बेइज्जत गर्दै टिकटक प्रयोगकर्ता

  • वीरगंज संजाल
  • २५ चैत्र २०८१, सोमबार १७:२४
  • १०७७

    काठमाडौं । भाइरल हुने लोभमा सामाजिक सञ्जाल प्रयोगकर्ताले एक युवतीको अन्तरङ्ग गतिविधिको भिडिओ सार्वजनिक गर्दै उनको गोपनीयता गम्भीर रूपमा उल्लङ्घन गरेका छन् । केही दिनदेखि फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालमा ती युवतीका गोप्य अङ्ग देखिने फोटो/भिडिओहरू राखेर उनीप्रति चरित्रहत्या गर्ने प्रयास भएको हो ।

    कतिपय प्रयोगकर्ताले ‘काण्ड चाहिए मलाई मेसेज गर’ भन्दै युवतीको तस्बिरसहित पोस्ट गरेका छन् भने केहीले त उनलाई सम्झाउने नाममा नै उनको गोपनीय विवरण समावेश गरिएका सामग्रीहरू शेयर गरेका छन् । अरूले भने ती तस्बिरलाई लिएर ट्रोल र मिम बनाउँदै उनको बेइज्जती गरिरहेका छन् ।

    टिकटकमा कुन किवर्ड ट्रेन्डिङमा छ ? भनेर खोज्दा यस्ता विषयवस्तुहरू सजिलै देखिन्छन् । भाइरल हुने लोभमा कतिपय प्रयोगकर्ताले वैयक्तिक गोपनीयताको हद नाघेको पाइएको छ ।

    यसरी अन्तरङ्ग तस्बिर सार्वजनिक गर्नु विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अन्तर्गत गैरकानुनी कार्य रहेको साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थी बताउँछन् । उनका अनुसार कसैले यस्तो कार्य गरेको प्रमाणित भएमा उसलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुनसक्छ ।

    पीडित युवतीले उजुरी दिएमा भिडिओ रेकर्ड गर्ने, आदानप्रदान गर्ने, डिभाइसमा भण्डारण गर्ने सबैजना कारबाहीको दायरामा पर्ने उनले बताए ।

    दफा ४७ (१) मा लेखिएको छ, “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रर्दशन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्वेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय ।”

    त्यस्तै वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अनुसार पनि पीडितको जैविक वा यौनिक पहिचानसँग सम्बन्धित विषय सार्वजनिक गर्नु अपराध मानिन्छ । परिच्छेद २ को दफा ३ र ४ अनुसार, व्यक्तिको निजी जीवनसँग सम्बन्धित विषयहरू सार्वजनिक गर्न नपाइने स्पष्ट व्यवस्था छ । यस्तो कार्य गरेमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने छ ।

    अर्कोतर्फ मुलुकी अपराध संहिता २०७४ को धारा ३०६ अन्तर्गत गाली बेइज्जती गर्न नहुने कानुनी प्रावधान छ । धारा ३०७ अनुसार विद्युतीय माध्यमबाट कसैको बेइज्जती गरेमा तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुनसक्ने उल्लेख छ ।

    यदि बेइज्जती भएको प्रमाणित भयो भने पीडितलाई क्षतिपूर्ति दिलाउन र मुद्दामा लागेको खर्च समेत कसुरदाताबाट असुल गर्न सकिने प्रावधान पनि सोही संहितामा गरिएको छ ।

    यो घटनाले फेरि एकपटक सामाजिक सञ्जालमा देखिएको उत्तरदायित्वविहीन प्रयोगको चिन्ताजनक अवस्था उजागर गरेको छ । यसै सन्दर्भमा विज्ञहरू र सुरक्षा निकायले सामाजिक सञ्जाल प्रयोग गर्दा नैतिकता र कानुनी दायराभित्र रहन प्रयोगकर्तालाई आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑