• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ट्रम्पको निर्णयसँगै चीन-अमेरिका अर्थ टकराबले विश्व सेयर बजार आतङ्कित

  • वीरगंज संजाल
  • २५ चैत्र २०८१, सोमबार १५:२२
  • १११७

    वीरगंज | चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।

    विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढवा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको सङ्केत दिएको छ ।

    ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारहरूसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै पनि सम्झौतामा कटौती नगर्ने बताएका छन् ।

    ‘कहिलेकाहीँ तपाईँले केही कुरा ठिक गर्न औषधि लिनुपर्छ,’ ट्रम्पले आइतबार भनेका छन् । उनले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई विश्व नेताहरू ‘सम्झौता गर्न लालायित भइरहेको’ बताएका थिए ।

    ट्रम्पले गत हप्ता संयुक्त राज्य अमेरिकामा आउने सामानहरूमा आधारभूत १० प्रतिशत आयात भन्सार शुल्क र युरोपेली सङ्घ (इयु), जापान र ताइवान सहित धेरै देशका लागि उच्च दरहरू घोषणा गरेका हुन् ।

    अधिकांश देशले जवाफी कारबाही गर्न छाडेका छन् तर एसियाली बजारहरू बन्द भएपछि चीनले शुक्रबार अप्रिल १० देखि सबै अमेरिकी सामानमा ३४ प्रतिशत प्रतिरोधात्मक भन्सार शुल्क लगाउने घोषणा गरेको छ ।

    ‘(यो) कठोर–बल आर्थिक युद्ध हो,’ एसपिआई एसेट म्यानेजमेन्टका स्टिफन इन्नेसले भने, ‘बजारले तपाईंलाई सरल भाषामा भन्दैछ : विश्वव्यापी माग हराइरहेको छ र विश्वव्यापी मन्दी आउने वाला छ र तीव्रतामा आउँदै छ ।’

    विश्वव्यापी रूपमा खर्बौँ डलरको स्टक नष्ट भएको छ र लगानीकर्ताहरू सुरक्षित सम्पत्तिमा सरेकाले सोमबार एसियाली इक्विटीहरूले अझ बढी क्षति बेहोरेका छन् ।

    जापानमा निक्केई छ दशमलव पाँच प्रतिशतले घटेको छ । प्रारम्भिक कारोबारमा लगभग आठ प्रतिशतले घटेको थियो । हङकङमा ह्याङ सेङ लगभग १० प्रतिशत र साङ्घाई कम्पोजिट चार प्रतिशतभन्दा बढी घटेको छ ।

    हङकङ र साङ्घाईमा जस्तै शुक्रबार बन्द भएको ताइवानको मुख्य सूचकाङ्क करिब १० प्रतिशत र सिङ्गापुर आठ दशमलव पाँच प्रतिशतले घटे ।

    न्युयोर्क स्टक एक्सचेन्जको मुख्य बोर्डहरूका लागि फ्युचर कन्ट्र्याक्टहरू आइतबार तीव्र रूपमा तल झरेको थियो । यसले सोमबार बजार खुल्दा वाल स्ट्रिट स्टकहरूका लागि थप पीडाको सुझाव दिन्छ ।

    विश्वव्यापी मन्दीको चिन्ताका कारण सन् २०२१ अप्रिलपछि पहिलो पटक अमेरिकी तेल प्रतिब्यारेल ६० डलरभन्दा तल झरेको छ ।

    सम्झौता र गठबन्धन

    वासिङ्टनको सबैभन्दा नजिकको मित्रहरूमध्ये एक हुँदाहुँदै पनि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सोमबार गत हप्ताको घोषणापछि ट्रम्पसँग भेट्ने पहिलो नेता बन्ने भएका छन् । इजरायलमाथि १७ प्रतिशत भन्सार शुल्क लगाइएको छ ।

    बेलायतका प्रधानमन्त्री किर स्टार्मरले एक समाचारपत्रको ओप–एडमा यथास्थितिलाई बढ्दो रूपमा ‘सम्झौताहरू र गठबन्धनहरू’ मा भर पर्ने बताउँदै ‘हामीले चिनेको संसार गइसकेको छ’ भनी चेतावनी दिए ।

    ट्रम्पको क्रमिक समयसीमाले केही देशलाई वार्ता गर्ने स्थान दिएको छ । यद्यपि उहाँले आफू दृढ रहने बताउनुभएको छ र उहाँको प्रशासनले कुनै पनि प्रतिशोध विरुद्ध चेतावनी दिइरहेको छ ।

    ‘५० भन्दा बढी देशले वार्ता सुरु गर्न राष्ट्रपतिसँग सम्पर्क गरेका छन्,’ ह्वाइट हाउस राष्ट्रिय आर्थिक परिषद्का प्रमुख केभिन ह्यासेटले अमेरिकी व्यापार प्रतिनिधिलाई उद्धृत गर्दै आइतबार एबिसीको दिस विकलाई भने ।

    पहिलो त्रैमासिकमा अमेरिकालाई आफ्नो सबैभन्दा ठूलो निर्यात बजारका रूपमा गणना गर्ने उत्पादन पावरहाउस भियतनामले पहिले नै सम्पर्क गरिसकेको छ र ट्रम्पले लगाएको ४६ प्रतिशत भन्सार शुल्क कम गर्न कम्तीमा ४५ दिनको ढिलाइ अनुरोध गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑