सर्लाही । सर्लाहीको एक घरबाट २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । मलंगवा नगरपालिका-३ बस्ने नवीन कुमार सिंहको घरमा आइतबार दिउँसो चोरी भएको हो ।
प्रहरीका अनुसार घरबाट सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब २२ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।