• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसियाली सेयर बजार रक्ताम्मे

  • वीरगंज संजाल
  • २५ चैत्र २०८१, सोमबार १६:०५
  • ७६५

    टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरूमाथि पारस्परिक अतिरिक्त भन्सार महसुलको घोषणा गरेपछि विश्वभर सेयर बजारलाई ठुलो झट्का लागेको छ । हप्ताको पहिलो दिनको कारोबारमा एसियाली सेयर बजार रक्ताम्मे भएका छन् ।

    चीनदेखि दक्षिण कोरिया अनि अस्ट्रेलियादेखि इन्डोनेसियासम्म एसिया–प्रशान्त क्षेत्रका सबै मुख्य सेयर परिसूचकमा पहिरो गएको छ । ट्रम्पले सुरु गरेको विश्वव्यापी व्यापार युद्धले विश्वको अर्थतन्त्र सुस्ताउने र अमेरिका मन्दीमै भासिन सक्ने चिन्ताले लगानीकर्ताहरू त्रस्त बन्दा यसको असर सेयर बजारमा देखिएको हो ।

    विश्वभर प्रयोगमा आउने कयौँ सामान एसियामै बन्ने गरेका छन् । ट्रम्पको ट्यारिफको  सबैभन्दा मारमा एसियाली देशहरू परेका छन् । यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार दिउँसो १ः२४ बजे जापानमा निक्केई २२५  परिसूचक ८ दशमलव ४९ प्रतिशतले घटेर ३१ हजार १३६ दशमलव ५८ अङ्कमा आएको थियो ।

    चीनमा साङहाई कम्पोजिट ७ दशमलव ९३ प्रतिशतले तल ओर्लिएर ३ हजार ९६ दशमलव ५८ अङ्कमा खुम्चिँदा हङ्कङमा हाङ्शेङ परिसूचक १२ दशमलव ५६ प्रतिशतले घटेर १९ हजार ९८० दशमलव १९ अङ्कमा झरेको थियो ।

    सोमबारको कारोबारमा एसियाली बजारमा सबैभन्दा धेरै गुमाउनेका हाङशेङ थियो । दोस्रो उच्च कमी ताइवानमा देखियो । उक्त दिन ताइवान वेटेड १० दशमलव ७४ प्रतिशतले घटेर यो समाचार तयार पार्दाखेरि १९ हजार ९७६ दशमलव ३५ अङ्कमा समेटिएको थियो ।

    सोमबारको कारोबारमा भारतमा निफ्टी परिसूचक ४ दशमलव ६९ प्रतिशतको कमीसहित २१ हजार ८८१ मा आयो । दक्षिण कोरियामा पनि कोस्पी परिसूचक ५ दशमलव ८९ अङ्कले घटेर २ हजार ३२८ दशमलव २० अङ्कमा ओर्लिदा सिंगापुरमा स्टेट टाइम्स ७ दशमलव ८२ प्रतिशतले घटेर ३ हजार ५२६ दशमलव ६६ अङ्कमा आएको थियो ।

    अस्ट्रेलियामा एसएन्डपी/एएसएक्स २०० परिसूचक ४ दशमलव २३ प्रतिशतले घटेर ७ हजार ३४३ दशमलव ३ अङ्कमा आएको थियो । सोमबारको कारोबारमा बेलायतमा फुट्सी ५ दशमलव २१ प्रतिशतले घटेर ७ हजार ६३५ दशमलव ८८ अङ्कमा आएको थियो । उता, फ्रान्सको क्याक फोर्टी र जर्मनीमा डीएएक्स परिसूचक  पनि क्रमशः ५ दशमलव ९ प्रतिशत र ६ दशमलव ९६ प्रतिशतले घटेका थिए ।

    अतिरिक्त भन्सार महसुलले विश्वभर महँगी बढाउने र आर्थिक मन्दी निम्त्याउने भय बढेको विश्लेषण गर्न थालिएको छ । आगामी १२ महिनामा अमेरिकी अर्थतन्त्र मन्दीमा भासिने सम्भावना ४५ प्रतिशत भएको अमेरिकी लगानी बैंक गोल्डम्यान श्याख्सले प्रक्षेपण गरेको छ ।  यसअघिको  प्रक्षेपणमा यो दर ३५ प्रतिशत मात्रै थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑