• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राज्य व्यवस्था तथा सुशासन समितिमा सांसदहरूको निष्कर्ष : तीनकुने घटनामा राज्यबाट गम्भीर सुरक्षा चुक

  • वीरगंज संजाल
  • २३ चैत्र २०८१, शनिबार ०८:५७
  • ६४१

    वीरगन्ज । सांसदहरूले तीनकुने क्षेत्रमा १५ चैतमा भएको राजावादीहरूको हिंसात्मक प्रदर्शनमा सरकारबाट गम्भीर सुरक्षा चुक भएको भन्दै भविष्यमा सतर्क रहन सुझाव दिएका छन् । संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न एकजुट भएर लड्ने प्रतिबद्धता जनाउँदै उनीहरूले राजावादी शक्तिहरूलाई टाउको उठाउने अवसर नदिन सरकारलाई सचेत गराएका छन् ।

    प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा सांसदहरूले राज्यबाट भएको सुरक्षा चुक र त्यसबाट भएको धनजनको क्षतिको गम्भीर मूल्यांकन गर्न निष्पक्ष न्यायिक छानबिन आवश्यक रहेको बताएका छन् । साथै, उनीहरूले अहिले पनि विभिन्न नाम र मागमा आन्दोलन जारी रहेको र कुनै पनि वेला स्थिति बिग्रिन सक्ने भन्दै सम्बन्धित पक्षसँग वार्तामार्फत समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    जनतामा वितृष्णा बढिरहेको मौका छोपेर राजावादी समूहले टाउको उठाउन खोजिरहेको र यही वेला सरकारले सुशासन र सेवाप्रवाहबाट जनताको मत जित्नुपर्नेमा थप विवादित काम गरेको सांसदहरूको भनाइ छ । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङ हटाउने, गभर्नर नियुक्तिमा बिचौलियाको स्वार्थमा चलखेल गर्ने, माफिया पोस्ने गरी ल्याएका अध्यादेशका प्रतिस्थापन विधेयक पारितमा ध्यान दिने र प्रधानमन्त्रीले संसद्लाई जवाफ नदिने कामले जनतामा वितृष्णा थप बढाएको उनीहरूको मूल्यांकन छ ।

    सांसदहरूले तीनकुनेमा सुरक्षा पूर्वतयारी नपुगेको, कमान्ड फेल भएको, निहत्था नागरिकलाई अन्धाधुन्ध गोली हानिएको, आन्दोलनको कमान्डरलाई सुरक्षा घेराबाटै उम्काइएको, भिड नियन्त्रणमा चुकेको, समन्वय अभाव देखिएको भन्दै प्रश्नसहित आलोचना गरेका थिए ।

    तीनकुनेमा आन्दोलन अनुमति किन ?
    सांसदहरूले सुरक्षा संवेदनशीलता रहेको तीनकुने क्षेत्रमा राजावादी समूहलाई प्रदर्शन गर्न अनुमति दिनु सरकारको कमजोरी भएको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिनामंगलस्थित आयल निगमको डिपो, महत्वपूर्ण सञ्चारगृह, विभिन्न पार्टी कार्यालय तथा जडीबुटी प्रशोधन केन्द्रजस्ता संवेदनशील स्थान रहेको क्षेत्रमा कुन आधारमा प्रदर्शनको अनुमति दिइयो भनी उनीहरूले प्रश्न उठाए । साथै, एकैदिन दुईवटा प्रदर्शनको अनुमति किन दिइयो भन्नेबारे पनि चासो व्यक्त गरे ।

    लोसपाका सांसद सर्वेन्द्रनाथ शुक्लले ‘गृहमन्त्री आफैँले संवेदनशील भनेको स्थानमा, विमानस्थलनजिकै किन अनुमति दिइयो’ भनी प्रश्न गरे । माओवादीकी दुर्गा राईले समाजवादी मोर्चाले सभा गर्न थालेकै दिन आन्दोलनको अनुमति दिनु र संवेदनशील तीनकुने क्षेत्रमा राजावादीहरूलाई प्रदर्शन गर्न दिनु सरकारको ठूलो गल्ती भएको बताइन् ।

    माओवादीकै हितराज पाण्डेले ‘तीनकुने संवेदनशील क्षेत्र हो भन्ने छ । त्यसपछि पनि किन प्रदर्शनको अनुमति दिइयो भन्दै सरकारको निर्णयमाथि प्रश्न उठाए । कांग्रेसका हृदयराम थानीले ‘देशको सुरक्षा संयन्त्र सञ्चालन गर्ने गृहमन्त्रीले किन सिनामंगल र तीनकुनेको संवेदनशीलता बुझ्न सकेनन् भनी गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाए । एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अन्तर्राष्ट्रिय विमानस्थल र तेलको भण्डार भएको ठाउँमा आतंकको कुरा गरिरहेकालाई किन आन्दोलन गर्न दिइएको भनेर सोधे ।

    गृहमन्त्री रमेश लेखकले प्रदर्शनकारीले अशान्ति हुँदैन भनेकाले तीनकुनेलाई ठाउँ तोकिएको बताए । ‘कुनै अशान्ति हुँदैन, आफ्ना कुरा भन्छौँ र घर जान्छौँ भनेर प्रशासनमा भन्नुभयो । तर, तीनकुनेमा अशान्ति, ताण्डव मच्चाउनुभयो,’ उनले भने, ‘तीनकुनेमा पहिला पनि कार्यक्रम हुने गरेको थियो, अब यस्ता खालको कार्यक्रम हुँदैन ।’

    पूर्वतयारी किन गरिएन ?
    सांसदहरूले पूर्वराजा ज्ञानेन्द्र शाहको ७ फागुनको साथ देऊ भन्ने वक्तव्य, २५ फागुनको स्वागत समारोहपछि आमजनतामा के हुन्छ भनेर चासो बढेको, १५ चैतको आन्दोलनको कमान्डर तोकिएका दुर्गा प्रसाईंले नारायणहिटी कब्जा गरेर राजा राख्ने घोषणा गरेको, सिंहदरबार, संसद् भवन कब्जा गर्छु भनेको, जुनसुकै हालतमा राजा फर्काउँछु भनेर माहोल उत्तेजित बनाएका वेला सरकारले जोखिम आकलन नगरेको, त्यसअनुसार पूर्वतयारी नगरेको र घटना हिंसात्मक बन्न पुगी जनधनको क्षति हुन पुगेको टिप्पणी गरेका थिए ।

    ‘त्यो दिनको आन्दोलनअगाडि २५ गतेको रिहर्सल के थियो ? मैत्रीपूर्ण, सुधारात्मक आन्दोलन त थिएन । लोकतन्त्र, गणतन्त्र सिध्याउने शत्रुतापूर्ण आन्दोलनको जसरी सामना गर्नुपथ्र्याे, सजग हुनुपथ्र्याे, त्यो भएन,’ जनमोर्चाका चित्रबहादुर केसीले भने, ‘आन्दोलन त हामीले पनि गरेर आएको हो । गृहमन्त्रीलाई पनि थाहा छ, त्यसैले सरकार चनाखो हुनुपर्छ ।’ जसपाका प्रकाश अधिकारीले भने, ‘२५ फागुनपछिका अभिव्यक्ति जसरी आए, नारायणहिटीमा राख्ने हो भनियो, त्यसमा सरकारले ख्याल गरेन ।’ माओवादीकी दुर्गा राईले सोधिन्, ‘१४ गते कमान्डर चेन्ज गरिँदा सरकार के हेरेर बसेको थियो ? यहाँ सरकारको तयारी पुगेन, बैंकको अर्बौँ ऋणको आहालमा खेल्ने, तिर्न नमान्ने र अरूलाई नतिर भन्ने व्यक्ति कमान्डर तोक्दा सरकारले किन गम्भीरतापूर्वक लिएन ? सरकार सुरुमै चुकिसकेको छ ।’

    कांग्रेसकी सरिता प्रसाईंले तीनकुनेमा सरकारको कमजोरी रहेको बताइन् । ‘एकैदिन दुई कार्यक्रमको अनुमति दिनुहुँदैन थियो । फेरि राजावादी घटना एकैदिनमा भएको होइन । त्यसअगाडि साना–साना घटना देशव्यापी भएका थिए, सूक्ष्म रूपमा हेर्नुपर्दैन ? आन्दोलनको कमान्डर कस्तो छ भनेर सतर्क हुनुपर्दैन ?’ उनले प्रश्न गरिन् ।

    माओवादीका हितराज पाण्डेले तीनकुने घटनामा सरकार गैरजिम्मेवार बनेको बताए । ‘७ गते वक्तव्य आएको छ भने २५ गते स्वागत गरिएको छ । मोर्चाले १५ गते गणतन्त्र रक्षाको घोषणा गरेपछि त्यो कार्यक्रम आयो, यस्तो अवस्थामा सरकारले के सूचना विश्लेषण ग¥यो, अनुसन्धान के हेरेर बसेको छ, के सूचना दियो, के विश्लेषण थियो, कसरी आयो, किन तयारी भएन ?’ उनले सोधे । राप्रपाका बुद्धिमान तामाङले जनताको जनजिउधनको सुरक्षा सरकारको प्रमुख काम भए पनि चुकेको बताए । ‘तपाईंको निर्देशन मान्यो कि मानेन, तपाईंले भनेजस्तो छैन स्थिति, राज्यको पूर्ण दोष छ,’ गृहमन्त्रीलाई तामाङले भने ।

    एमालेका रघुजी पन्तले पूर्वजानकारी भए पनि लापरबाही भएको बताए । ‘तोडफोड गर्छन् भन्ने जानकारी थियो, प्रशासनले हलुका लिएको हो वा फोर्स कम भएको हो ?’ उनले सोधे । कांग्रेसकी अम्बिका बस्नेतले ‘२५ गतेको स्वागतपछि त्यो दिन के हुन्छ भन्ने जिज्ञासा थियो, सरकारले गम्भीरतापूर्वक लिएको देखिएन’ भनिन् ।
    कांग्रेसका हृदयराम थानीले सोधे, ‘सेक्युरिटी इन्टलिजेन्स कहाँ गए ? कमजोरी हो वा सूचना लिन नसकेको हो ? प्रदर्शनकारीको संख्या कम हुँदा सुरक्षा निकाय के गरिरहेको थियो ? हामी रामनाम जपेर बसेको हो र ? हतियार समाएर सुरक्षामा बस्दा किन समयमा नियन्त्रण गरिएन ? जिल्ला कमान्ड कहाँ थियो ? केन्द्रीय कमान्डले के हेरेर बसेको छ ? राजधानीका सारा सुरक्षा राडारमा वाटर क्यानन पठाउन किन सकिएन ?’

    एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले कांग्रेस, एमाले, माओवादीको कार्यालयमा एक ट्रक पुलिस राखेको, तर आफूहरूको पार्टी जलिरहँदासमेत सुरक्षाकर्मी नपठाएकोमा आक्रोश पोखे ।सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले फिल्डमा खटिएका कमान्डरले राम्रो गरेको र केही कमजोरी भए आन्तरिक रूपमा सुधारिने बताए । अर्यालले वाटर क्यानन, दमकल ल्याउन नसक्दा पत्रकारको उद्धार गर्न नसकिएको बताए ।

    उनले सुरक्षाकर्मीसँग सामग्री नभएको पनि बताए । ‘प्रहरीलाई सामान दिनुपर्छ । अहिले बजेटको कमी छ, प्रविधि र साधन–स्रोतका कारण कमजोरी भएको छ । ब्यारिकेट बलियो भएको भए गाडी त्यहीँ रोकिन्थ्यो,’ उनले भने ।

    दुर्गा प्रसाईंलाई किन छाडियो ?
    सांसदहरूले आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले प्रहरीको घेरामा गाडी हुत्याएर अगाडि बढ्दा किन पक्राउ गरिएन भनेर प्रश्न गरेका थिए । माओवादीका हितराज पाण्डेले सोधे, ‘दुर्गा प्रसाईं त्यतिखेर नसमात्ने, अब छिटो समात्छौं भन्ने ? आफ्नै अगाडि नसमात्ने, भागिसकेपछि योजना बनाउने ? त्यहाँ त गाडी हुइँकाएर गए, अन्त किन समातिएन, भिड उक्साउँदा किन समातिएन ?’

    जसपाका प्रकाश अधिकारीले भने, ‘गाडीमा पेलेर जानेलाई, ओरालेर किन छोडियो ? जसले सबै तोडेको छ, किन छोडियो ? के यसमा संयमता अपनाउनुपर्ने थियो ? अगाडि बढ, तोड भन्नेलाई सहज रूपमा किन छोडियो ?’ एमालेका रघुजी पन्तले प्रसाईंलाई नियन्त्रणमा लिएर गिरफ्तार किन नगरेको भनेर प्रश्न गरे ।
    न्यायिक आयोग कहिले ?

    माओवादीका हितराज पाण्डेले यसअगाडि बालकुमारीमा घटना हुँदा न्यायिक आयोग बनेको भन्दै यसमा कहिले गठन हुन्छ भनेर प्रश्न गरे । माओवादीकै दुर्गा राईले राज्यबाटै दमन भयो भन्ने आइरहेकाले स्पष्ट हुनका लागि न्यायिक छानबिन हुनुपर्ने बताइन् । सुरक्षाकर्मीबाट आएको प्रतिवेदनले मात्र नपुग्ने उनको भनाइ थियो । राप्रपाका बुद्धिमान तामाङले सर्वाेच्च अदालतको पूर्वन्यायाधीशको नेतृत्वमा सुरक्षा र मानव अधिकारवादीसहित सर्वपक्षीय न्यायिक आयोग बनाउन माग गरे ।कांग्रेसका हृदयराम थानीले भने, ‘निष्पक्ष छानबिन गर्नैपर्छ । छानबिन समिति बनाउनैपर्छ । गणतन्त्र जोगाउने हो भने जनतालाई आश्वस्त पार्नुपर्छ । भोलि घटना हुन नदिने गरी पनि निष्पक्ष छानबिन आवश्यक छ ।’

    अन्धाधुन्ध गोली किन चलाइयो ?
    माओवादीका हितराज पाण्डेले प्रदर्शनस्थलमा तनाव हुँदा विद्यार्थी र अन्य सर्वसाधारणलाई किन रोकिएन, अन्धाधुन्ध गोली किन हानियो भनेर प्रश्न गरेका थिए । कांग्रेसकी अम्बिका बस्नेतले सामान्य ठाउँमा गोली किन चलाइयो भनेर सोधिन् । हृदयराम थानीले ‘सविन महर्जनको छातीमा गोली लागेको छ, त्यसको जस्टिफाई कसरी गर्नुहुन्छ ? पछाडिबाट किन गोली हानिएको छ, मुठभेट भएको देखिएन, पछाडि डिरेक्सनबाट हानिएको छ, राज्यले जवाफदेही हुनुपर्दैन’ भनेर सोधे । गृहमन्त्री लेखकले सुरक्षाकर्मीले संयमता नअपनाएको भए थप क्षतिको खतरा हुने अवस्था रहेको र संयमता अपनाएको बताए । ‘बल प्रयोगको सवालमा बढी गर्दा पनि प्रश्न, कम क्षति गरौँ भन्दा पनि प्रश्न आउँछ,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ
  • स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र
  • कोही किन सन्तान जन्माउन अनिच्छुक ?
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    पुर्वमुख्यमन्त्री लालबाबु राउतको कार्यकालमा १ करोड ६० लाखका पंखा गायब

    यातायात पर्साका अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा

    तरकारी लोड गरेको ट्रकबाट ४२ सय किलो गाँजा बरामद

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    News

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    News

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    News

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑