• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रौतहटको लाल बकैयाँ पूल नबन्ने भएपछि ठेकेदार चेन्ज

  • वीरगंज संजाल
  • २२ चैत्र २०८१, शुक्रबार १६:५५
  • ८२५

    रौतहट । रौतहटको गौर नगरपालिका–४ स्थित लालबकैया नदीको टिकुलिया घाटमा पुल बन्न लागेको १० वर्ष बितेको छ ।

    निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले विभिन्न बहानामा कामै नगरी अलपत्र छाडेपछि सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले ठेक्का तोडेको थियो । नयाँ ठेक्का लगाउँदा निर्माण कम्पनी फेरिएको छ । ठेकेदार फेरिए पनि पुलको अवस्था अहिले पनि जकथक नै छ ।

    पुनः ठेक्का लागे पनि स्रोत सुनिश्चिता नभएपछि पुल निर्माणले गति लिन सकेको छैन । वि।सं। २०७१ असार २९ मा लालबकैया पुल निर्माणको ठेक्का पाएको पप्पु कन्स्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार रुपैयाँमा सकारेको थियो । पप्पुले २०७५ असार २५ मा निर्माण सक्नुपर्ने थियो । विभिन्न बहाना बनाएर निर्माणको काम अलपत्र छाडेपछि सडक डिभिजन चन्द्रनिगाहपुरले २०७९ चैत्र ३ गते पुनः ठेक्का आह्वान गरेको छ ।

    सडक डिभिजन कार्यालयका अनुसार श्री आजादरदिपु एण्ड कम्पनी जेभी गरुडा रौतहटले २७ करोड ६६ लाख ८ हजार १७६ रुपैयाँमा पुलको ठेक्का सकारेको छ । नयाँ निर्माण कम्पनीले २०८० असार ६ गते सम्झौता गरी २०८१ चैत्र १ गते सक्नुपर्ने थियो । पप्पुलाई कालोसूचीमा राखिएपछि २०८० असार १५ गते कालोसूचीमा राखिएको थियो ।

    बजेट अभाव भन्दै ठेकेदारले काममा गति नदिँदा ठेक्का म्याद सकिए पनि काम पूरा भएको छैन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका सूचना अधिकारी इन्जिनियर शिवनारायण साहले टिकुलियाघाट पुलको ठेक्का म्याद थप गर्ने तयारी भइरहेको जनाए । हालसम्म अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता प्राप्त नभएकाले कामले गति लिन नसकेको सडक कार्यालयको दाबी छ । कार्यालयका अनुसार नयाँ ठेकेदारले सुपरस्ट्रक्चर, गडर र स्लाबको काम गर्नुपर्नेछ ।

    पहिलो ठेक्कामा फाउन्डेसन र सबस्ट्रक्चरको काम गरेर अलपत्र छाडेपछि नयाँ ठेक्का लगाएको हो । निर्माणको काम सुरु गर्नुपर्ने बेला अर्थले स्रोतको सुनिश्चिता गर्न नसकेपछि दोस्रो ठेक्का सकारेको ठेकेदार रामसागर साउदसमेत अन्योलमा परेका छन् ।

    ठेकेदार कम्पनीले स्रोत निश्चित नभएसम्म काम गर्न मानेको छैन । कामले गति लिन सकेन र पुरानै अवस्था आउन लागेको भन्दै स्थानीयले नयाँ ठेकेदारविरुद्ध सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् ।

    ठेकेदार राउतले सरकारले बजेट उपलब्ध गराउन नसकेपछि कामले तीव्रता नपाएको दाबी गरे । लालबकैया नदीको पुल निर्माणको शिलान्यास तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले गरेका थिए । सुरुमा निर्माणको जिम्मा लिएको पप्पु कन्सट्रक्सनका सञ्चालक २०७४ मा जसपाबाट निर्वाचित संघीय सासंद हरिनारायण रौनियार थिए ।

    राजनीतिमा सक्रिय भएपछि उनले कम्पनीको अध्यक्ष पद छाडेका थिए । सडक डिभिजनले पप्पु कन्सट्रक्सनलाई पटक÷पटक काम थाल्न पत्राचार गर्दा पनि अटेर गरेपछि ठेक्का तोडेको डिभिजन प्रमुख अरुणकुमारलाल कर्णले बताए । २०७४ भदौ ९ मा लालबकैया नदीमा ठूलै बाढी आएको थियो । नदीपारिको खेतमा खेतीपातीको काम सकेर राति ७ बजेतिर डुंगा चढेर घर फर्कदै गरेका स्थानीय २ ९ जना चढेको डुंगा अनियन्त्रित भएर निर्माणाधीन पुलको पिलरमा ठोक्किएर पल्टिएको थियो ।

    उक्त घटनामा २४ जना पौडिएर बाँचेका थिए भने, ५ जनाको मृत्यु भएको थियो । त्यसपछि पुल निर्माण ढिलासुस्तीले दुर्घटना भएको भन्दै स्थानीले आन्दोलनसमेत गरे । टिकुलिया गाउँका अधिकांश स्थानीयको खेतीपाती नदीपारी ईशनाथ नगरपालिकामा पर्छ । लालबकैयापारिका बन्जाराहा, औरैया, मठियालगायतका बासिन्दालाई सदरमुकाम गौर आउन कठिनाइ भएकोले यो पुलसँग धेरैको दैनिकी जोडिएको थियो ।

    आफ्नै खेतमा जान डुंगाको जोखिमपूर्ण यात्रा गरेर नदी तर्नुपर्ने बाध्यता टुंगिने आशमा थिए । पप्पु कन्स्ट्रक्सनले काम अलपत्र छाडेकै कारण त्यतिबेला डुंगा दुर्घटनामा आमाले ज्यान गुमाएको स्थानीय रामबाबु साहले सुनाए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑