• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेसी केन्द्रित सात दलले २६ उद्देश्य राखेर बनाए मोर्चा

  • वीरगंज संजाल
  • २१ चैत्र २०८१, बिहीबार २०:०४
  • ८४१

    काठमाडौँ | तराई मधेस केन्द्रित दलहरुले शक्ति आर्जनका लागि मोर्चा घोषणा गरेका छन्।

    बिहीबार काठमाडौँमा मधेसमा आधारित सात दलले मोर्चा घोषणा गरेका हुन्।

    मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल र प्रतिस्पर्धी डा. सीके राउत नेतृत्वको जनमत पार्टी पनि आबद्ध भएको छ।

    पछिल्लो चुनावमा जसपालाई जनमतले टक्टर दिएको थियो भने यादव राउतबीच सुमधुर सम्बन्ध नभएको अवस्थामा मोर्चामा आबद्ध भएका छन्।

    त्यस्तै संघीय मोर्चाको अरु घटकमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी, रेशमलाल चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी र वृशेषचन्द्र लाल नेतृत्वको तराई मधेस लोकतान्त्रिक पनि सहभागी छ|

    मोर्चामा अरु दलहरुलाई पनि सहभागी गराउँदै जाने प्रतिबद्धता नेताहरुले गरेका छन्।

    उनीहरुले मोर्चा स्थापनाको औचित्य पुष्टि गर्न २६ बुँदे उद्देश्य र प्रतिबद्धता सार्वजनिक गरेका छन्। संघीयतालाई बलियो, बनाउने गणतन्त्र र धर्म निरपेक्षताको संरक्षणलाई मोर्चाले काम गर्ने जनाएका छन्।

    जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकार सबै क्षेत्रमा असफल भएकाले प्राप्त उपलब्धिको रक्षाका लागि मोर्चा बनाउन लागिएको जिकिर गरे। उनले भने, ‘सरकार सबै क्षेत्रमा असफल भएको छ। प्रतिनिधिसभामा दुई तिहाइ भए पनि सरकार कमजोर छ। देशका कुनै पनि समस्या समाधान गर्न सकेको छैन।’

    उनले संघीयता, धर्म निरेपक्षको संरक्षण, संविधानको पुनःलेखनका लागि यो मोर्चा बनाएको घोषणासभामा बताए। साना दलको अस्तित्वमा संकट आउने गरी कानुन व्यवस्था गर्न लागेपछि त्यसको प्रतिरोधका लागि पनि मधेस केन्द्रित दलहरु एक ठाउँमा उभिएका हुन्।

    ‘मोर्चाले संघीय गणतन्त्र बलियो बनाउन, प्रतिगामी शक्तिलाई परास्त गर्न मोर्चा बनेको छ। यथास्थितिवादी शक्ति कांग्रेस एमाले बहुदलीय व्यवस्था समाप्त पारेर दुई दलीय तर्फ लैजाने कोसिस गरेको छ, यादवले अगाडि भने, ‘त्यसको प्रतिरोधका लागि मोर्चा बनेको हो। शोषित पीडित जनाको पक्षमा काम गर्ने, अरु दललाई पनि मोर्चामा सहभागी गराउने, एकताबद्ध हुँदै जाने गरी बनेको हो।’

    त्यस्तै राष्ट्रिय मुक्त पार्टीका अध्यक्ष राजेन्द्र महतोले कांग्रेस कम्युनिष्टको शासन शैलीका कारण उपत्नन समस्या समाधानका लागि मोर्चा बनाएको जिकिर गरे। उनले भने, ‘नश्लिय चिन्तनका कारण, एकल सोचका कारण देशमा समस्या उत्पन्न भएको हो। कांग्रेस कम्युनिष्टको शासन गर्ने शैलीका कारण मरिसकेको भुत जागेको हो। त्यसबाट देशलाई बचाउन मोर्चा बनेको हो।’

    यस्तो छ मोर्चाको घोषणापत्रः

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो
  • नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक
  • साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्
  • रोशनी शाही मृत फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    छेडागाड नगर अस्पताललाई तीन करोडको स्वास्थ्य उपकरण हस्तान्तरण

    वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौँ ठगी, दुईजना पक्राउ

    बालुवाटारमा कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक

    बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ४ जना पक्राउ

    शिक्षकहरुमा नौ बुँदे मागप्रति प्रतिबद्ध छौं तर आर्थिक बोझलाई ध्यान दिन्छौं -शिक्षामन्त्री

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    रोशनी शाही मृत फेला

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    महालक्ष्मी बैंकको वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाइयो

    News

    नेपालमा महिन्द्राको नयाँ 1.7 टन बोलेरो पिक-अप सार्वजनिक

    News

    साइबर अपराध सम्बन्धी प्रशिक्षण : सामुदायिक प्रहरी कुम्हालटोल र बिर्ता प्रहरी कार्यालयको संयुक्त पहलमा नेरामावी नगवामा कार्यक्रम सम्पन्

    News

    रोशनी शाही मृत फेला

    News

    मनसुनी खतराको संकेत : तत्काल पूर्वतयारीमा लाग्न विज्ञको सुझाव, २० लाख नागरिक प्रभावित हुने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑