• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जको बालसुधार गृहमा प्रहरी समयमै पुग्दा हुन पाएन ठूलो दुर्घटना

  • वीरगंज संजाल
  • १९ चैत्र २०८१, मंगलवार २०:०६
  • ८६९

    वीरगन्ज | वीरगन्जको बालसुधार गृहमा मंगलबार समयमै प्रहरी पुगेका कारण त्यहाँ ठूलो दुर्घटनाको जोखिम टरेको छ । वीरगन्ज–४ वीर्तास्थित बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खानेपानी,पंखा,शौचालय, सुत्ने–बस्ने स्थान लगायतका समस्या वर्षौदेखि समाधान नभएको भन्दै मंगलबार दिउँसो १ बजेदेखि आन्दोलित भएका थिए ।सुधारगृहभित्रै होहल्ला गर्दै प्रदर्शनमा उत्रिएका बाल कैदीबन्दीहरुले तोडफोडकोपनि प्रयास गर्दा स्थिती केहिबेर तनावग्रस्तसमेत बन्न पुगेको थियो । तर उक्त सूचना पाएलगत्तै वडा प्रहरी कार्यालय वीर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाई नेतृत्वको प्रहरी टोली सुधार गृहमा पुगेका कारण उनिहरुले तोडफोड भने गर्न पाएनन् ।

    लगत्तै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक गौतम मिश्र र सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालपनि सुधारगृहमा पुगे । उनिहरुले आक्रोशित बाल कैदीबन्दीहरुसंग छलफल गरेर सुधारगृहमा विद्यमान समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएपछि स्थिती साम्य बन्यो ।

    जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बालसुधार गृहमा प्रहरी समयमै पुगेका कारण सम्भावित ठूलो दुर्घटनाको जोखिम टरेको बताए । उनले भने,‘यदि प्रहरी समयमै नपुगेको भए स्थिती बिग्रिन सक्थ्यो । तर सूचना पाएलगत्तै प्रहरीको टोली त्यहाँ पुगेर स्थिती नियन्त्रणमा लिन सफल भयो ।’

    लम्सालका अनुसार, प्रहरी पुग्दा सुधार गृहभित्र बाल कैदीबन्दीहरुले होहल्ला गर्दै मूल ढोकामा तोडफोड गर्न थालेका थिए ।
    असन्तुष्ट बाल कैदीबन्दीहरुसंग सुधारगृह भित्रै प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुले छलफल गरेपछि उनिहरु शान्त भएको लम्सालले बताए ।

    बुधबार बिहान १०.३० बजे जिल्ला प्रशासन कार्यालयमा सुधारगृह प्रशासनसहित सरोकारवालाहरुको बैठक राखेर असन्तुष्ट बाल कैदीबन्दीको समस्या सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता प्रमुख जिल्ला अधिकारी अर्यालले जनाएको जानकारीपनि उनले दिए ।
    लम्सालका अनुसार, करिब ५० जनाको मात्रै क्षमता रहेको बाल सुधार गृहमा हाल विभिन्न कसूरका १ सय २७ जना बाल कैदीबन्दीहरु छन् ।

    सुधार गृहमा सुत्ने ठाँउको अभाव रहेको , खानेपानी र शौचालयको उचित प्रबन्ध नरहेको,कोठाहरुमा पंखापनि नभएको,खानाको गुणस्तर कमशल रहेको लगायतका समस्याहरु रहेको र ती समस्या समाधानका लागि सुधार गृह प्रशासनले चासो नलिएको भन्दै बाल कैदीबन्दीहरु मंगलबार आक्रोशित भई आन्दोलनमा उत्रिएका थिए ।

    प्रमुख जिल्ला अधिकारी अर्याललसहितको छलफलमा असन्तुष्ट बाल कैदीबन्दीहरुले सुधार गृहको अनुगमनमा सरकारी र गैरसरकारी संघसंस्थाहरु महिनै पिच्छे आउने गरेको तर आँफुहरुको समस्या भने ज्यूँ का त्युँ नै रहेपछि आँफुहरुलाई जिस्क्याउनका लागिमात्रै उनिहरु अनुगमनमा आउने गरेको महसुस भएपछि आन्दोलित हुनुपरेको बताएका थिए ।

    त्यसपछि प्रमुख जिल्ला अधिकारी अर्यालले बाल कैदीबन्दीहरुको गुनासो जायज भएको भन्दै उनिहरुको समस्या समाधाानका लागि पहल गर्न आँफु अग्रसर हुने र बुुधबार नै त्यसका लागि बैठक राख्ने प्रतिबद्धता जनाएका थिए ।

    यसअघि २०८० भदौं २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुदाँ ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए । त्यसबेला दुई जना बाल कैदीबन्दी सुधारगृहबाट भागेर फरारपनि भएपछि । उनिहरुलाई प्रहरीले भारतमा नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑