• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अनलाइन ठगी तथा बेटिङको रकम मनि लाउन्ड्रिङ र आपराधिक क्रियाकलापमा प्रयोग हुने चिन्ता

  • वीरगंज संजाल
  • १९ चैत्र २०८१, मंगलवार २०:५०
  • ८०९

    काठमाडौं । नेपालमा साइबर ठगी र अवैध अनलाइन जुवाजस्ता डिजिटल अपराधहरू चिन्ताजनक रूपमा बढिरहेको तथ्य बाहिर आएको छ । नेपाल राष्ट्र बैंकको नेपालको वित्तीय जानकारी इकाईले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले डिजिटल अपराधका कारण मनि लाउन्ड्रिङ लगायतका अन्य आपराधिक क्रियाकलाप समेत बढ्नसक्ने जोखिम औँल्याएको हो ।

    प्रतिवेदन अनुसार, वित्तीय संस्थाहरू तथा अन्य प्रतिवेदक निकायहरूले इकाईमा बुझाएका शङ्कास्पद कारोबार प्रतिवेदन (Suspicious Transaction Reports- STRs) र शङ्कास्पद गतिविधि प्रतिवेदन (Suspicious Activity Reports – SARs) को सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको छ । जसमध्ये धेरैजसो घटनाहरू साइबर अपराध र अनलाइन जुवासँग सम्बन्धित छन् ।

    प्रतिवेदनले औंल्याए अनुसार, आर्थिक वर्ष २०८०/८१ मा इकाईले कूल ७,३३८ वटा शङ्कास्पद कारोबार तथा गतिविधि प्रतिवेदन प्राप्त गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब २४ प्रतिशतले बढी हो ।

    यी प्रतिवेदनहरू विभिन्न शङ्कास्पद गतिविधिसँग सम्बन्धित छन्, जसमा कर छली, बैंकिङ तथा विदेशी विनिमय, घरजग्गा कारोबार, चिठ्ठा, जुवा, सहकारी संस्थाहरू लगायतका विषयहरू प्रमुख छन् । तर, विशेष चिन्ताको विषय साइबर ठगी र अवैध अनलाइन जुवा सम्बन्धी घटनाहरूको बढ्दो सङ्ख्या रहेको प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनमा सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) र आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी (Terrorist Financing) भइरहेका विभिन्न विधि र प्रवृत्तिहरूको विश्लेषण पनि प्रस्तुत गरिएको छ । जसअनुसार, अपराधीहरूले अवैध रूपमा आर्जित सम्पत्तिलाई शुद्धीकरण गर्न र आतङ्कवादी गतिविधिहरूलाई वित्तीय सहयोग पुर्‍याउन साइबर ठगी, अवैध अनलाइन जुवा, ह्याकिङ, सामाजिक सञ्जालको दुरुपयोग, र अन्य डिजिटल माध्यमहरूलाई बढ्दो रूपमा प्रयोग गरिरहेका छन् ।

    इकाईले साइबर ठगीका विभिन्न उदाहरणहरू पनि प्रस्तुत गरेको छ, जसमा सामाजिक सञ्जाल मार्फत हुने ठगी, नक्कली ईकमर्स प्लेटफर्महरूको प्रयोग, ओटीपी (OTP) ठगी, चिठ्ठाको नाममा हुने ठगी, बैंक तथा वालेट अकाउन्टहरूमा अनधिकृत पहुँच लगायत छन् । यस्ता ठगीहरूबाट सङ्कलित रकम तुरुन्तै देशभित्र तथा भारतका एटीएमबाट निकाल्ने वा विभिन्न बैंक खाता र वालेटहरूमा स्थानान्तरण गर्ने गरेको पाइएको छ ।

    अवैध अनलाइन जुवाको सन्दर्भमा वनएक्सबेट, फिफिया, मेटाबेट जस्ता प्लेटफर्महरू नेपालमा सक्रिय रहेको र सामाजिक सञ्जाल मार्फत यिनीहरूको विज्ञापन भइरहेको प्रतिवेदनमा उल्लेख छ । यस्ता कम्पनीहरूले स्थानीय व्यक्तिहरूलाई निश्चित कमिसनको लोभ देखाएर उनीहरूका व्यक्तिगत बैंक खाता प्रयोग गरी रकम सङ्कलन गर्ने र त्यसलाई अन्यत्र पठाउने गरेको पाइएको छ ।

    इकाईले यी साइबर अपराधहरू नियन्त्रण गर्न सम्बन्धित कानून कार्यान्वयन गर्ने निकायहरू, नियामक निकायहरू र अन्य सरोकारवालासँग समन्वय र सहकार्य गरिरहेको जनाएको छ । गोएएमएल प्रणालीको पूर्ण कार्यान्वयन तथा क्षमता अभिवृद्धिमा प्राथमिकता दिनुका साथै वित्तीय संस्थाहरूलाई शङ्कास्पद कारोबारहरूको पहिचान र रिपोर्टिङमा सुधार गर्न थप मार्गदर्शन र जागरुकता सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।

    तर, प्रविधिको तीव्र विकास र अपराधीहरूले अपनाउने नयाँ-नयाँ तरिकाहरूले गर्दा साइबर ठगी र अवैध अनलाइन जुवा नियन्त्रण गर्न थप चुनौतीपूर्ण बन्दै गएको छ । इकाईको प्रतिवेदनले औँल्याएका यी तथ्यहरूले डिजिटल वित्तीय अपराधको बढ्दो खतराप्रति समयमै सचेत र सक्रिय हुन सबै सरोकारवालाहरूलाई आह्वान गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑