• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिर्चैयाका १३ निजी अस्पताल बन्द

  • वीरगंज संजाल
  • १८ चैत्र २०८१, सोमबार ०८:५५
  • ९६५

    वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सिराहाको मिर्चैया क्षेत्रमा सञ्चालित १३ वटा स्वास्थ्य संस्था बन्द गर्न निर्देशन दिएका छन् । शनिबार साँझ निजी स्वास्थ्य संस्थाको अनुगमनपछि उनले यस्तो निर्देशन दिएका हुन् । मुख्यमन्त्री सिंहसहित प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोलीले अनुगमन थालेको सुइँको पाएपछि आठवटा स्वास्थ्य संस्था बन्द गरी सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारी सम्पर्कविहीन बनेका छन् ।

    शनिबार साँझ करिब ५ बजेदेखि तीन घण्टासम्म १४ वटा स्वास्थ्य संस्था अनुगमनपछि सेवा सञ्चालन अनुमति नलिएका १३ अस्पताल तथा पोलिक्लिनिक बन्द गर्न निर्देशन दिइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार अनिलकुमार कर्णले बताए । अनुगमन टोली मिर्चैया बजार प्रवेश गरेपछि सञ्चालन अनुमति नलिई अवैध रूपमा सञ्चालित आठ अस्पताल तथा पोलिक्लिनिक बन्द गरी सञ्चालकसहित, चिकित्सक, स्वास्थ्यकर्मी फरार भएको उनको भनाइ छ ।

    अनुगमनपछि मिर्चैया क्षेत्रका समिट माउन्ट हस्पिटल, एस जेके पोलिक्लिनिक, मंगलम हेल्थ केयर सेन्टर (पोलिक्लिनक), सिद्धकामना हस्पिटल, शान्ति हेल्थ केयर, बाल संसार हेल्थ केयर, राम ओरल एन्ड डेन्टल क्लिनिक, रेखा नर्सिङ होम, मिथिला चस्माघर आँखा उपचार केन्द्र, बालकल्याण हेल्थ केयर, विष्णु पोलिक्लिनिक, लक्ष्मी हेल्थ केयर र लाइफलाइन क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ । मिर्चैया नगरपालिकाबाट १५ शड्ढयाको सेवा सञ्चालन अनुमति लिएको मनकामना मिड इस्टर्न अस्पतालमा मापदण्ड पूरा नगरी २५ शड्ढयाभन्दा बढीको सेवा सञ्चालन भइरहेकाले १५ दिनभित्र अनुगमन गराई मापदण्डअनुसार सेवा सञ्चालन गर्न निर्देशन दिइएको छ ।

    प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्यसचिवसमेत रहेका जनस्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले १५ शड्ढयाको अस्पतालले आवश्यक आधारभूत स्वास्थ्य सेवा नदिई एनेस्थेसियाका चिकित्सक नराखी मेजर शल्यक्रिया गर्ने गरेको र भेन्टिलेटरसमेत नभएको पाइएको बताए । अस्पताललाई प्रदेशको मन्त्रालयको टोलीबाट १५ दिनभित्र अनुगमन गराई अनुमतिअनुसारको सेवा सञ्चालन गर्न निर्देशन दिइएको जनस्वास्थ्य अधिकृत ठाकुरले बताए । अनुगमन टोली पुगेका वेला सिद्धकामना हस्पिटलका सञ्चालक, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरू अस्पतालमा उपचार गराइरहेका आठ बिरामी र कुरुवालाई भित्र राखेर बाहिरबाट सटर डाउन गरी फरार भएका थिए । त्यहाँ भेटिएका र स्वास्थ्यकर्मी भनेर दाबी गरेका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    जनस्वास्थ्य अधिकृत ठाकुरका अनुसार मुख्यमन्त्री सिंहले गत माघको अन्तिम सातादेखि थालेको अनुगमनअन्तर्गत अहिलेसम्म १५७ निजी स्वास्थ्य संस्थाको अनुगमन गरेकामध्ये १७ वटा मापदण्डअनुसारका पाइएका छन् । मापदण्ड पूरा नगरेका १०८ वटा अस्पताल बन्द गराइएका छन् । नवीकरण नगराएका २५ अस्पताललाई नवीकरण गराउन समयसीमा दिइएको छ । बन्दमध्ये मापदण्ड पूरा गरेका पाँच अस्पताललाई प्रदेश मन्त्रालयको टोलीले अनुगमन गरी सञ्चालन गर्न अनुमति दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑