• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    काठमाडौंमा दिनदहाडै मोबाइल लुटपाट: ७ जना पक्राउ, २७१ थान फोन बरामद

  • वीरगंज संजाल
  • ९ चैत्र २०८१, शनिबार १४:१९
  • ६५३

    काठमाडौं । काठमाडौं प्रहरीले ठुलो मात्रामा चोरी भएका मोबाइल, ल्यापटप र ट्याब्लेट बरामद गर्दै सात जनालाई पक्राउ गरेको छ । शुक्रबार फेसबुक लाइभ गर्दै जिल्ला प्रहरी परिसरले यसबारे जानकारी दिएको दिएको हो ।

    पक्राउ पर्नेहरूमा काभ्रेका प्रमोद परियार, गुनराज न्यौपाने, रौतहटका हेमन्त राना मगर, दोलखाका शम्भु विश्वकर्मा र सबिन पाण्डे, सिन्धुपाल्चोकका राजेश चालिसे र काठमाडौंका प्रकाश कटवाल रहेका छन् ।

    उपत्यकामा पछिल्लो समय मोबाइल चोरीका घटना बढ्दै गएको गुनासोपछि‍ विशेष अपरेसन सञ्चालन गर्दा एउटै रिपेयरिङ सेन्टरबाट ३०० बढी चोरीका डिभाइस फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख विश्व अधिकारीले जानकारी दिए ।

    उनका अनुसार प्रहरीले जगातीस्थित सरोज मोबाइल रिपेयरिङ सेन्टरमा छापा मारेर २७१ थान मोबाइल, ९ थान ट्याब्लेट र १५ थान ल्यापटप बरामद गरेको हो ।

    कोटेश्वरबाट ठिमी जाँदै गरेको सार्वजनिक बसमा यात्रा गरिरहेका व्यक्तिको मोबाइल चोरी भएको सूचना प्राप्त भएपछि अपरेसन सुरु गरिएको उनले बताए । तत्काल प्रहरी परिचालन गरी अनुसन्धान थाल्दा सात जना संलग्न व्यक्तिहरूलाई पहिचान गरिएको उनले उल्लेख गरे ।

    पक्राउ परेकाहरूले चोरी भएका मोबाइलहरू सरोज मोबाइल रिपेयरिङ सेन्टरमा बिक्री गर्ने गरेको खुलासा गरेपछि प्रहरीले उक्त पसलमा छापा मारेको थियो ।

    बरामद भएका मोबाइलहरूमध्ये सामसङ ८३ थान, आईफोन १८ थान, साओमी १९ थान, एमआई १५ थान, वनप्लस ४ थान, ओप्पो १८ थान, भिभो १४ थान, आइटेल ६ थान, रियलमी ८ थान, इन्फिनिक्स ३ थान, माइक्रोम्याक्स २ थान, लाभा १० थान, नोकिया ५ थान, पोको २ थान, अनर ३ थान, जियोनी ७ थान, कलर्स ४ थान, मोटोरोला ५ थान, टेक्नो २ थान, भिटु १ थान, कुलप्याड १ थान, ए प्लस १ थान, टिसिएल १ थान र ४ थान नाम नखुलेका ब्रान्डका रहेको छ ।

    पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    चोरी भएका मोबाइलहरू खोजेर सम्बन्धित व्यक्तिलाई फिर्ता दिने अभियानलाई निरन्तरता दिइने परिसर प्रमुख अधिकारले बताए । उनका अनुसार पछिल्लो डेढ महिनामा मात्रै ४८ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई फिर्ता गरिएको छ । आर्थिक वर्ष २०७९/८० मा १६५० ओटा, २०८०/८१ मा ३२८ थान र २०८१/८२ मा २२८ ओटा मोबाइल धनीलाई बुझाइएको उनले जानकारी दिए ।

    मोबाइल हराएको वा चोरी भएको खण्डमा त्यसलाई लोकेट गर्न फाइन्ड माई फोन लगायतका प्रविधि प्रयोग गर्न उनले सुझाव दिए । साथै, उनले सिम कार्डको आधारमा दूरसञ्चार सेवा प्रदायकको सहयोगमा हराएको मोबाइल पत्ता लगाउन सकिने बताए । मोबाइल चोरी न्यूनीकरणका लागि सचेत रहन आग्रह गर्दै उनले आवश्यक परेमा तत्काल प्रहरी सम्पर्क गर्न अनुरोध गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ
  • बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ
  • उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला
  • सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    कोही किन सन्तान जन्माउन अनिच्छुक ?

    जी–७ ले गरेन इजरायल–इरान युद्धविराम आह्वान

    बम काण्ड: ८४ वर्षमा छोराको लागि न्याय खोज्दै राजपूत, भन्छन्: ‘सास रहुन्जेलसम्म लडिरहन्छु’

    भारतबाट अवैध रूपमा ल्याइएको मल्टिभिटामिन ट्याब्लेटसहित दुई मोटरसाइकल नियन्त्रणमा

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    स्वास्थ्य बिमामा राष्ट्रसेवक आबद्ध गराउन स्थानीय तहलाई मन्त्रालयको पत्र

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    प्रेमको नाटक गरी ८ प्रेमीको सम्पत्ति लुट्ने युवती पक्राउ

    News

    बारा कलैयामा पुरानो रिसिबीका कारण कुटपिट गरी हत्या, मुख्य अभियुक्तसहित तीन जना पक्राउ

    News

    उदयपुरमा एकै गाउँका किशोरी र युवक मृत फेला

    News

    सिरहामा काठ तस्करी: प्रहरी र वन कर्मचारीकै ‘सेटिङ’ को आशंका !

    News

    ‘मार्केटिङ’ को नाममा बन्धक बनाइएका १२ बालबालिकाको उद्धार, दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑