आज:
  • होमपेज / Breaking News

    बारामा तालिमको नाममा ठगी गर्ने पर्साका दुई जना सहित चार जना पक्राउ

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०८१, मंगलवार १०:५८
  • ११४५

    बारा। बाराको सिमरामा तालिम सञ्चालनको नाममा युवाहरूलाई ठगी गरेको तथ्य बाहिर आएको छ। नेटवर्किङ व्यापारको नाममा युवाहरूलाई आर्थिक ठगी गरेको आरोप लागेपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका छन्।

    जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा युनिभर्सल भिजनरी युथ इन्टरप्रेनरर्स नामक संस्थामार्फत ठगी भएको खुलासा भएको छ। पीडितहरूबाट उजुरी परेपछि बारा प्रहरीले अनुसन्धान सुरु गरेको हो।

    ठगी गरेको आरोपमा इलाका प्रहरी कार्यालय सिमराले चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सुमित पटेल (जीतपुरसिमरा उपमहानगरपालिका-३) सुमन साह (बीरगञ्ज महानगरपालिका-२२) आर्यनकुमार दास (बीरगञ्ज महानगरपालिका-२३) रिता सुनार (नवलपरासी, कावासोती नगरपालिका-१४)

    प्रहरीका अनुसार युनिभर्सल इन्टरप्रेनरर्स समूहले सामाजिक सञ्जाल फेसबुकमा ग्रुप बनाउने, युवाहरूलाई नेटवर्किङ व्यापारमा संलग्न गराउने, तालिमको नाममा शुल्क असुल्ने, र विभिन्न वस्तुहरूको प्रत्यक्ष व्यापार गराउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

    सिमरास्थित साना किसान कृषि सहकारी डुमरवाना को भवनमा २०७९ मंसिर १ गतेदेखि कार्यालय सञ्चालन गरेको पाइएको छ। सोही कार्यालयबाट पक्राउ परेका सुमित पटेल संस्थाको सिमरा शाखा प्रमुख रहेको खुलेको छ।

    ठगी आरोपमा परेका समूहले विभिन्न व्यक्तिहरूबाट ७ लाख ५५ हजार रुपैयाँ ठगेको उजुरी परेको छ। ठगीमा परेको बताइएका केही व्यक्तिहरू यस्ता छन्: प्रदीप पटेल (बीरगञ्ज-२८) – १ लाख ५० हजार राम उजैन कुशवाहा (रौतहट) – ९० हजार लालबाबु कुशवाहा (बीरगञ्ज-२२) – ९० हजार निकेशकुमार कुशवाहा (पर्सा) – ५५ हजार संदिप यादव (पर्सा) – २ लाख ८० हजार रमेशकुमार बैठा (बारा) – ९० हजार उपेन्द्र पासवान (पर्सा) – ९० हजार

    पीडितहरूको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सिमराले जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक शुभद्रा वाइबाले जानकारी दिइन्।

    यस संस्थाले युवाहरूलाई सदस्य बन्न प्रेरित गर्ने, तालिमका नाममा शुल्क असुल्ने, र व्यापारमा संलग्न गराउने जस्ता गतिविधि सञ्चालन गरिरहेको आरोप छ।

    २०७९ चैत्रमा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको यूनिभर्सल युथ भिजनरी इन्टरप्रेर्नस प्रा.लि. को मुख्य कार्यालय चितवन, भरतपुर मा रहेको कम्पनीका सञ्चालक मिलन श्रेष्ठले बताएका छन्।

    प्रहरीले अनुसन्धान जारी राखेको छ भने पीडितहरूले ठगीमा संलग्न सबै दोषीलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑