• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अध्यक्ष अहमदको प्रतिवद्धता: आफ्नै पालामा भूमिहीन दलित र सुकुम्बासीको समस्या समाधान”

  • वीरगंज संजाल
  • २२ माघ २०८१, मंगलवार १६:३४
  • २१२१

    वीरगञ्ज । भूमिही दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका सम्बन्धमा आज पर्साका दलित अगुवा एवम् अधिकारकर्मीहरुसँग अन्तरक्रिया गरिएको छ । भूमि समस्या समाधान आयोग पर्साले वास्तविक समस्या र समस्याको समाधानका विषयमा दलित अगुवासँग अन्तरक्रिया तथा छलफल गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय पर्साको सभाकक्षमा भएको अन्तरक्रियालाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पर्साका भूमिहीन दलित र सुकुम्बासीलाई आयोगले जग्गा वितरण गर्दा कुनै पनि प्रकारको दबाब वा प्रभाव पर्न नपर्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “भूमि सम्बन्धी समस्या भूइँ मान्छेको, गरिबको र दलितको समस्या हो । त्यसैले हामी सबै जिम्मेवारपूर्वक लागौ । पर्सा जिल्लामा हामीले निष्पक्ष रूपमा काम गर्छौं, ढुक्क रहनुहोस् ।”

    १८ औँ पटक गठन भएको भूमि समस्या समाधान आयोग अब १९ औँ पटक गठन गर्ने अवस्था आउन नदिने गरी काम गर्न उनले अनुरोध गरे । साथै यही समितिले भूमि सम्बन्धी समस्या समाधान गर्ने उनको विश्वास छ । समस्या समाधानका लागि आयोगले जग्गा वितरण र व्यवस्थापनका लागि अपनाएका प्रक्रिया तथा मापदण्डका विषयमा दलित अगुवा तथा अधिकारकर्मीहरूलाई सही सूचना प्रवाह गर्न आग्रह गरे ।

    भूमि समस्या समाधान आयोग पर्साका अध्यक्ष तबरेज अहमदले पनि आफ्नै पालामा समस्या समाधान गर्ने प्रतिबद्धता जनाए । विगतमा जे जति भएपनि अब आफ्नो पालामा तिव्र गतिमा काम भइरहेको उनले दाबी गरे । आयोगको अध्यक्षमा पुनः नियुक्ती पाएसँगै आफुले सबैभन्दा पहिला दलित अगुवा एवम् अधिकारकर्मीसँग छलफल र अन्तरक्रिया गरेको उनको भनाई छ । अध्यक्ष अहमदकाअनुसार जसको समस्या हो, उसैले समाधानका लागि पहलसँगै नेतृत्वदायी भूमिका पनि निर्वाह गर्नुपर्छ ।

    उनले भने, “जुन समुदायको समस्या छ, समाधानको नेतृत्व पनि त्यही समुदायको हुनुपर्छ ।” आयोगले थालेको कार्यमा समन्वय, सहयोग र साथ दिन उनले दलित समुदायका अगुवा तथा अधिकारकर्मीहरूलाई आग्रह गरे । कार्यक्रममा सहभागी दलित अगुवा तथा अधिकारकर्मीहरूले व्यक्त गरेका गुनासा तथा सुझावलाई आयोगको केन्द्रीय निकायमा पु¥याउने प्रतिबद्धता पनि अध्यक्ष उनले व्यक्त गरे । आयोगले पर्सामा गरेका काम र प्रगती समावेश गरिएको स्मारिका पनि प्रकाशन गर्ने तयारी भइरहेको उनले सुनाए । २०१३ सालमा राजाकै पालामा कम्पनीको रुपमा स्थापना भएपनि अहिलेसम्म भूमि सम्बन्धी समस्या समाधान नहुनु दुखद भएको उनको भनाई छ ।

    पिस फर दलित फाउन्डेसनका अध्यक्ष मनोज रामले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा वितरणका लागि आयोगले बनाएको प्रक्रिया झन्झटिलो रहेको बताउँदै त्यसलाई सहज बनाउन सुझाव दिए । साथै, उनले आयोगले लक्षित समुदायको लगत संकलन गर्दा छुटेका व्यक्तिहरूलाई समेट्नुपर्ने माग राखे ।

    नापी कार्यालय पर्साका प्रमुख राकेश झाले आयोगले निर्धारण गरेका लक्षित समूह, जग्गा वितरणका मापदण्ड र प्रक्रिया सम्बन्धमा जानकारी गराए । समितिका सदस्य सचिव समेत रहेका झाकाअनुसार एक इन्च पनि आफ्नो र परिवारका कसैको नाममा जग्गा नभएका र आयआर्जनबाट जग्गा खरिद गर्न नसक्नेले जग्गा प्राप्त गर्नेछन् । यस्तै अव्यवस्थित रुपमा बसोबास गर्नेहरुले भने जग्गा पाउने छैनन् । उनीहरुलाई व्यवस्थित गरिनेछ भने त्यसबापत निश्चित रकम पनि राजस्व तिर्नुपर्ने उनले स्पष्ट पारे ।

    भूमिहिन दलित र भूमिहीन सुकुमबासीलाई सरकारी र सकारात्मक सूचीका जग्गा मात्र वितरण गरिनेछ । त्यस्तै उनले गलत विवरण पेश गरेकाहरुलाई दण्ड तथा जरिवाना हुने पनि जानकारी गराए ।

    कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, पत्रकार बृजलाल पासवान, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित महिला संघकी निला राम, लबकुश बैठा, बुनेल राम, शिवनारायण राम लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजीकरण नापी कार्यालयका अधिकृत राजकुमार विश्वकर्माले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ
  • आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता
  • २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान
  • बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    दाइजोका कारण पाँच महिनाअघि विवाह भएकी खुशबुन खातुनको हत्या भएको आरोप, पीडित परिवारद्वारा निष्पक्ष छानबिनको माग

    विश्व योग दिवसमा आईसीपी रक्सौलमा भव्य योग शिविर, सयौंको सहभागिता

    नियमविपरीत कार्य गरेको गुनासो

    प्याब्सन पर्साद्वारा एसईई २०८२ मा उत्कृष्ट नतिजा ल्याउने ४० विद्यार्थीलाई सम्मान

    सातौँ भन्सार सुधार योजना प्रभावकारी कार्यान्वयनमा जोड, सेवा सहजीकरण र डिजिटल प्रणाली विस्तारको माग

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपालमा गैर कानुनी रूपमा बस्दै आएका २४ जना बंगलादेशी नागरिक पक्राउ

    News

    आफ्नै चलचित्रको टिकट किनेर दर्शक खोज्न बाध्य निर्माता

    News

    २५ खेलाडीलाई नगद र खेल सामग्रीसहित सम्मान

    News

    बुटवलको सैनामैना फार्मेसीमा प्रहरीको छापा

    News

    नारायणी अस्पतालमा हिमोफिलिया उपचार केन्द्र स्थापना, स्वास्थ्यकर्मीलाई क्षमता विकास तालिम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑