• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘अस्ट्रेलिया र नेपालबीच उच्चस्तरीय भ्रमण मेरो पहिलो प्राथमिकता’

  • वीरगंज संजाल
  • ३ माघ २०८१, बिहीबार १२:३५
  • ९०९

    राजनीतिमा चित्रलेखा यादव नौलो नाम होइन। एक पटक प्रत्यक्ष निर्वाचित र दुई पटक समानुपातिक गरी तीन पटकसम्म सांसद भइसकेकी यादव प्रतिनिधि सभाको उपसभामुख समेत भइसकेकी छन्। तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन कालमा उनले सडकबाटै संसदको नेतृत्व गरेकी थिइन्। त्यो बेलाका सभामुख तारानाथ रानाभाटले साथ नदिएपछि यादव आफै अग्रमोर्चामा खटिएकी थिइन्। वि.सं २०६२/०६३ को आन्दोलनपछि पुनर्स्थापित संसदमा यादवले सभामुखको दाबी गरेकी थिइन्। दलीय सहमतिका आधारमा सुवास नेम्वाङ सभामुख बने। उनले मन्त्री बन्न आएको अवसर अस्वीकार गरिन्। उनी उपसभामुखमै सीमित भइन्।

    वि.सं २०७० मा सुशिल कोइराला नेतृत्वको सरकारमा शिक्षा मन्त्री बनेकी यादव नेपाली कांग्रेसको कोषाध्यक्ष समेत भइसकेकी छन्। पटक/पटक केन्द्रीय सदस्य बनेकी यादव सिरहाकी हुन्। उनै यादव अब अस्ट्रेलियाको लागि नेपाली राजदूत बनेर जाँदैछिन्। राजनीति र कूटनीति एकै सिक्काको दुई पाटो भएको भन्दै यादवले राजनीतिमा कूटनीति बुझेको र कूटनीतिमा राजनीति बुझेको मान्छे सफल हुने दाबी गरिन्। राजनीति र कूटनीतिलाई पृथक राखेर हेर्नै नमिल्ने उनको तर्क छ। अस्ट्रेलिया गएपछि आफ्नो पहिलो प्राथमिकता दुई देशको उच्चस्तरीय राजनीतिक भ्रमण गराउनु रहेको बताइन्।

    ‘अस्ट्रेलिया र नेपालको बीचमा अहिलेसम्म उच्चस्तरीय राजनीतिक भ्रमण भएको छैन। अब त्यहाँ चुनाव आउँदैछ। त्यसअघि गराउन सम्भव नभए पनि चुनावपछि गराउनुपर्छ,’ यादवले भनिन्, ‘प्रधानमन्त्री, मन्त्री र सांसदहरूको बीचमा भ्रमण गराउने प्रयास हुन्छ। सांसदहरूका बीचमा एक आपसमा अनुभव साटासाटका भ्रमण समेत गराउन प्रयास गर्छु।’ अस्ट्रेलियाले नेपालका लागि धेरै गर्न सक्ने ठाउँ रहेको भन्दै उनले उच्चस्तरीय भ्रमणले दुई देश बीचको समझदारी र सहयोगको वातावरण बनाउन भूमिका खेल्ने बताइन्। आफ्नो अर्को मुख्य दायित्व भनेको नेपाल र नेपालीको हितमा काम गर्नु रहेको उनको भनाइ छ।

    उनका अनुसार सन् २००७ मा नेपाली दूतावास स्थापना हुँदै गर्दा अस्ट्रेलियामा १० हजार मात्र नेपाली थिए तर अहिले ३ लाखको हाराहारीमा नेपाली पुगिसकेका छन्। तर दूतावासमा कर्मचारी त्यो बेलाकै संख्याबाट बढेको छैन। यस्तो अवस्थामा कसरी सहज तरिकाले चुस्त दुरूस्त सेवा दिन सकिन्छ भनेर आफूले छलफल गर्ने बताइन्। ‘त्यहाँ कन्सुलर सेवा चुस्त दुरूस्त र प्रभावकारी हुन सकेको छैन। नेपालीले सोचेजस्तो काम हुन सकेको छैन भनेर मैले गुनासो सुनेको छु,’ उनले भनिन्, ‘मैले कन्सुलर सेवालाई प्रभावकारी बनाउन कसरी सकिन्छ भनेर उहाँहरूसँग छलफल गर्छु। उहाँहरूका समस्या पनि सुन्छु अनि कसरी अगाडि बढ्न सकिन्छ मिलेर अगाडि बढ्छु।’अस्ट्रेलिया जानसाथ त्यहाँको समस्या र गर्न सक्ने कामबारे कन्सुलर, एनआरएनका पदाधिकारी अनि विभिन्न संघसंस्थाका पदाधिकारीसँग छलफल गर्ने उनको तयारी छ।

    ‘क्यानभेराको दूतावास टाढा हुने भएकाले विभिन्न राज्यहरूमा कसरी सेवा दिन सकिन्छ भनेर केही दिनका लागि कर्मचारी पठाउन सकिन्छ कि भनेर समेत सोचेको छु,’ उनले भनिन्, ‘सबैसँगको छलफल अनि परराष्ट्रको निर्देशनअनुसार मैले काम गर्ने हो। त्यहाँ रहेका नेपालीको हितमा कसरी काम गर्न सकिन्छ त्यसरी नै गर्ने हो।’अस्ट्रेलियामा नेपालीको मृत्यु हुँदा शव नेपाल ल्याउन समस्या हुने गरेको छ। त्यस्तै मानसिक समस्यामा पनि विद्यार्थीहरू उत्तिकै परेका छन्। डिप्रेसनकै कारण आत्महत्याका घटनाहरू बढ्दो छ।यसलाई रोक्न र शव नेपाल ल्याउँदा हुने समस्यालाई कम गर्न आफूले प्रयास गर्ने यादवले बताइन्। त्यस्तै नेपालको अर्ग्यानिक उत्पादनलाई अस्ट्रेलियामा बजार खोज्न प्रयास गर्ने उनको तयारी छ। अस्ट्रेलियन कम्पनीले समेत नेपालमा किबी लगायतका उत्पादनमा चासो देखाएको भन्दै यसलाई अगाडि बढाउन आफूले समन्वयकारी भूमिका खेल्ने उनले बताइन्। ‘हामीले ‘जिटुजी’ सम्झौता गरेर उहाँहरूले खोजेजस्तो गुणस्तरीय उत्पादन गर्न सकिन्छ। त्यस्तो गर्न सकियो भने नेपाली किसानलाई फाइदा पुग्छ,’ उनले भनिन्, ‘त्यसको लागि मैले परराष्ट्रसँग समन्वय गरेर काम गर्छु। हामीले हाम्रो उत्पादनलाई कसरी बजार खोज्न सकिन्छ भन्नेमा मेरो ध्यान जानेछ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑