वीरगन्ज । वैदिककालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बन्न लकेको परिपेक्षमा यही क्षेत्रबाट पुनर्जागरण गर्न जनचेतना जगाउने काम स्वरुप नेपाल सरकारले राष्ट्रिय योग दिवस घोषणा मनाउना थालेको हो। नेपाल सरकारको मन्त्रिपरिषद्को २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । शिक्षा मन्त्रालय र विज्ञान तथा प्रबिधि मन्त्रालय गाभिएर ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय’ भए संगै यो दिवसलै यसै मन्त्रालयले मूल समारोह समिति बनाई २०७२ साल देखि देशका विभिन्न स्थानमा रहेका योग विज्ञान तथा साधनामा काम गरिरहेका वविभिन्न संघसस्थासंग सहकार्यमार्फत विभिन्न कार्यक्रमहरु गर्दै मनाउदै आइरहेको छ। नेपालले २०७६ मा छैठौं राष्ट्रिय योग दिवस मनाउदै छ ।
नेपालभर योग सिकाउने हालसम्म अरिब ६०० संस्था छन् । यी संस्थामा योग अभ्यास गर्न आउने प्रायः विदेशी छन् । नेपालको पहाडी र हिमाली भेगको मध्यभागमा योग एवम् ध्यान केन्द्र स्थापना गरी प्रचारप्रसार गर्नसके योग पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवम् स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । अहिले नेपालमा योग पर्यटनको एउटा अभिन्न हिस्स बन्दै गैरहेको छ। नेपाल सरकारले उचित ध्यान दिएर लगानी गरेको खण्डमा नेपालमा योग पर्यटनको प्रचुर सम्भावना देखिन्छ।
योग वैदिक चिकित्सा पद्धति भएकाले अथर्ववेदमा ‘योगश्चित्तवृत्ति निरोधः’ अर्थात् मनमा आउने विभिन्न विषयलाई रोक्ने अभ्यास गर्नु नै योग हो भनिएको छ । इसापूर्व १६०० मा रचना गरिएको आयुर्वेदिक ग्रन्थ चरक संहितामा मनलाई जित्ने सत्वावजय चिकित्सा पद्धतिको विकास हिमालय क्षेत्रको वनमा ऋषिमुनिले योग, ध्यान साधना र तपस्याद्वारा गरेको उल्लेख छ ।
मानवभित्र भएका सम्पूर्ण सम्भावनालाई उजागर वा प्रकटीकरण गर्न सक्ने ज्ञान विज्ञानलाई योग भनिन्छ । प्रारम्भिक कालमा योग सबैका लागि सधैँका लागि भएकामा मध्यकालमा दाह्री, कपाल पालेका वैरागी एवम् साधु सन्तका लागि मात्र योग भन्ने अर्थमा बुझिन्थ्यो । अहिले स्वास्थ्यसँग जोडिएर योग आएको छ ।
सक्दैनौं। यस्तो अवस्थामा योग, साधना गर्न सकेमा मनमा डर, त्रास र तनावको वातावरण हटी मनलाई एकीकृत पारेर कामलाई सम्पन्न गर्न सकिन्छ। योगका कारण हाम्रो स्मरणशक्ति बढ्छ। योगका कारण हामी तनावमुक्त हुन सक्छौँ र हाम्रो मानसिक स्वास्थ्य पनि स्वस्थ रहन्छ। हामीले योग गरेमा कुनै पनि रोगलाई पराजित गरेर स्वस्थ जीवन शैलीलाई कायम राख्न सक्छौँ। यसरी योग र ध्यान गर्यौँ भने हामी स्वस्थ बन्न सक्छौँ।
रोग लाग्नुका तीन मात्र कारण छन्ः गलत आहार विहार, गलत विचार र गलत जीवनशैली हुन्। यदि गलत अहारविहार, गलत विचार र गलत शैली कुनै मानिसमा छ भने त्यो मानिस रोगी हुन्छ तर योग गर्ने बानी भएको मानिसमा यी सबै कुराको सन्तुलन मिलेको हुन्छ र त्यो मानिस स्वस्थ हुन्छ। हालको मानव जीवनमा सौखिन शैली, उच्च मसालेदार खानेकुरा, अव्यवस्थित खानपान र शारीरिक व्यायामको कमीको कारण विभिन्न प्राणघातक रोगहरू मुटु तथा मृगौलाका बिरामीहरू दिन प्रतिदिन बढ्दै गएको पाइन्छ। विभिन्न प्राणघातक रोगहरूबाट बच्नका लागि योगको महत्वपूर्ण भूमिका रहेको पाइन्छ।
योगका फाइदा —–
तसर्थ मानव जीवनमा योग र ध्यानको ठूलो महत्व रहेको हुन्छ। मानव जीवनमा योग र ध्यानको कारण अव्यवस्थित मानव जीवनलाई पनि व्यवस्थित गर्न सकिन्छ। यसरी हामीले योग गरेमा मानव जीवन शैलीलाई स्वस्थ राख्न सक्छौँ।