आज:
  • होमपेज / Breaking News

    अबदेखि भने स्थायी र अस्थायी गरि दुई थरीका शिक्षक मात्रै

  • वीरगंज संजाल
  • २८ पुष २०८१, आईतवार १८:२५
  • १०२९

    काठमाडौँ | आम चासोका रूपमा हेरिएको ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ वर्षौ बितिसक्दा पनि जारी हुन सकेको छैन।

    वर्षौदेखि सिंहदरबारभित्रै घुमीफिरी अड्किएको शिक्षा विधेयक ०८० साल असोज २५ गते संसदबाट पारित भइ दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पठाइयो।

    तर दफावार छलफलका लागि प्रतिनिधिसभाको शिक्षा समितिमा पठाइएको एक वर्ष बितिसक्दा पनि समितिले टुंगोमा पुर्‍याउन सकेको छैन। यो विधेयक टुंगोमा पुग्न नसक्नुको कारणमध्ये एउटा शिक्षकहरू बनेका छन्।

    पछिल्लो समयदेखि समितिले धेरै थरी शिक्षकहरूकै कारण विधेयक टुंगोमा पुर्‍याउन गाह्रो भएको बताउन थालिएको छ।

    शिक्षकहरूले बारम्बार मन्त्रालयमा धाएर समितिलाई विभिन्न माग राखेर दबाब दिन जाने गरेका छन्। समितिले पनि प्रायः शिक्षकका समूह नै बनाएर समितिमा आउने गरेको जनाएको छ।

    शिक्षा समितिका सभापति अम्मरबहादुर थापाका अनुसार हाल राहत, अनुदान, करार, पालिका अनुदानलगायत १९ थरी शिक्षकहरू छन्। तर अबदेखि भने स्थायी र अस्थायी गरि दुई थरीका शिक्षक मात्रै हुने छन्।

    शिक्षा विधेयकमा उक्त व्यवस्था गरिनेछ। ‘अहिले १९ थरीका शिक्षक छन्,जसकारण लथालिंग छ,’ उनले थाहाखबरसँग भने, ‘उनीहरूका विभिन्न मागले पनि यो विधेयक टुंगोमा पुर्‍याउन कठिनाइ भइरहेको छ, उनीहरूलाई एउटै डालोमा राखेर व्यवस्थापन गर्नुपर्छ, त्यसैले अबदेखिको शिक्षक भनेको स्थायी र अस्थायी यी दुई थरीका शिक्षक मात्रै हुने छन्, अरू विभिन्न थरीको बनाउन जरूरी छैन।’

    धेरै थरीका शिक्षकहरू भएकै कारण शिक्षाको गुणस्तरीय खस्किएको समितिको भनाइ छ। समितिका सभापति थापाले गत १५ मंसिरमा भएको ’प्याब्सनको तेस्रो अन्तरराष्ट्रिय सम्मेलनमा पनि विद्यालय शिक्षा विधेयक १९ थरी शिक्षककै कारण टुङ्ग्याउन गाह्रो भएको बताएका थिए।

    ‘अहिले १९ थरीका शिक्षक छन्, उनीहरूलाई कसरी एउटै डालोमा ल्याउने होला भन्नेमा शिक्षा मन्त्री र मलाई त्यसैमा चिन्ता छ, यसको समाधान खोजिरहेका छौँ, शिक्षक स्थायी र अस्थायी दुई थरीको हुनु पर्ने हो तर यहाँ त १९ थरीका छन्, यताबाट जाने, उताबाट जाने राज्यको कोष खर्च हुने तर उपलब्धि प्राप्त नहुने प्रवृत्ति छ, त्यसैले यसको समाधान त निकाल्नै पर्छ,’ उनले भनेका थिए।

    पढाउन नसक्ने शिक्षकहरूलाई बिदाइ गरिने

    समितिले यो विधेयक ल्याएर पढाउन नसक्ने शिक्षकहरूलाई बिदा गर्ने तयारी गरेको छ।

    समितिका सभापति थापाले भने, ‘अब शिक्षकलाई कस्तो बनाउने भन्नेमा यो विधेयकले बोल्नेछ, हाल गुणस्तरीय शिक्षा दिन नसक्ने र कामचलाउ शिक्षकहरूलाई सम्मानित रूपले बिदाइ गर्नुपर्ने छ र यो विधेयकले कस्तो गुणस्तरका शिक्षक बनाउने? के कति सेवासुविधा दिने र कसरी शिक्षण पेसामा आकर्षित गर्ने योजनासहित सेवासुविधाको व्यवस्था हुनेछ।’

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रका शाखा अधिकृत हरि श्रेष्ठका अनुसार हाल देशभर सामुदायिक विद्यालय, संस्थागत र परम्परागत गरी देशभर ३५ हजार ८७६ विद्यालय सञ्चालनमा रहेका छन्। जसमा २०८१ को शैक्षिक सत्रमा पूर्व प्राथमिक तहदेखि १२ सम्म ८५ लाख ८७ हजार २०६ जना विद्यार्थी अध्ययनरत छन्।

    सरकारले भने प्राथमिकदेखि उच्च माध्यमिकसम्म जम्मा १ लाख ५३ हजार ५०३ जना शिक्षक दरबन्दीको स्वीकृत गरेकोमा स्थायी, अस्थायी र राहत गरी १ लाख ५० हजारभन्दा बढी शिक्षक कार्यरत रहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑