वीरगंज । समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत, आज बिरगंज महानगरपालिका वडा नं १० स्थित आदर्श नगर ग्रीन सिटी समुदायिक सेवा केन्द्रको प्राङ्गणमा न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न भयो। ग्रीन सिटी समुदायिक प्रहरी सेवा केन्द्र र रुगता वेलफेयर सोसाइटी विरगंज पर्साको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा बिरगंज महानगरपालिकाका विपन्न समुदायका मानिसहरू, जेष्ठ नागरिक, बालबालिका तथा अल्पसंख्यकलाई शीतलहरबाट जोगाउन राहतस्वरूप न्यानो कम्बल वितरण गरियो।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल थिए। कार्यक्रममा ग्रीन सिटी सेवा केन्द्रका अध्यक्ष जय प्रकाश खेतानको अध्यक्षतामा नागरिक समाजका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका पदाधिकारीहरू, सञ्चारकर्मीहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
उक्त कार्यक्रममा २०० थान न्यानो कम्बल निःशुल्क वितरण गरियो। कार्यक्रमको उद्देश्य शीतलहरबाट प्रभावित विपन्न वर्गलाई तात्कालिक राहत दिनु थियो। यसले समुदायका कमजोर वर्गको जीवनस्तर सुधार्न र उनीहरूको स्वास्थ्य रक्षा गर्न मद्दत पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रममा सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र बहादुर सुब्बा, समाजसेवी मुरली धर रुँगता, र ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अन्य पदाधिकारीहरूको पनि उपस्थिति थियो। यसका साथै, सुरेश कुमार रुँगता, दिलीप राज कार्की, सन्तोष रञ्जितकार, सुशिल कादमिया लगायत विभिन्न समाजसेवी र सञ्चारकर्मीहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रम अन्दाजी बिहान ९:४५ बजे सम्पन्न भएको थियो। यस कार्यक्रमले समुदायमा आपसी सहयोग र सद्भावको भावना प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेलेको छ। उपस्थित सहभागीहरूले यस्ता कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने र दिगो विकासका लागि सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
शीतलहरले गर्दा बिरगंजका विभिन्न क्षेत्रमा असर परेको अवस्थामा, यस किसिमका राहत कार्यक्रमहरूले पीडितहरूलाई तात्कालिक राहत दिनुका साथै उनीहरूलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको हो।