• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर

  • वीरगंज संजाल
  • २७ पुष २०८१, शनिबार ०८:४६
  • ७९७

    जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–२ मा किराना व्यापार गर्दै आएका प्रेमचन्द्र साह जलेश्वर भन्सार क्षेत्रमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापना हुने कुराले निकै खुसी थिए। भारतलगायत तेस्रो मुलुकसँगको व्यापार, व्यवसाय सोझै नजिकैको जलेश्वर भन्सारबाट गर्न पाउने खबरले जलेश्वर–२ मै जेनेरल स्टोर्स सञ्चालन गर्दै आएका जलेश्वर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृपाशङ्कर साह पनि निक्कै उत्साहित भएका थिए ।

    महोत्तरीसहित पर्साको वीरगञ्जबाहेक तराई मधेसका धनुषा, सिरहा, सप्तरी, सुनसरी, सर्लाही र रौतहटका साथै पहाडी जिल्ला सिन्धुली, रामेछाप, दोलखा, उदयपुर, खोटाङलगायत जिल्लालाई भारत र तेस्रो मुलुकसँगको व्यापार व्यवसाय सहज हुनेगरी निर्माण हुन लागेको सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण हुने खवरले ती जिल्लाका दर्जनौँ व्यापारी, व्यवसायीहरू उत्साहित भएका थिए ।

    सो विषयमा आधारित भएर पाँचरसात वर्षअघि जनकपुरदेखि जलेश्वर र ढल्केबरलाई फराकिलो सडक सञ्जालले जोड्दा व्यवसायी थप उत्साहित भएका थिए । जनकपुर–ढल्केबार सकडखण्ड छ लेन, जनकपुर–जलेश्वर सडकखण्ड चार लेन सडक फराकिलो भएपछि जलेश्वर भन्सार नाकामा सुक्खा बन्दरगाह (आइसिडी) र एकीकृत जाँचचौकी (आइसिपी) सञ्चालन हुने र यस क्षेत्रको व्यापार गुल्जार हुने सपना थियो ।

    सडक विस्तारको काम सकिनै लाग्दा नेपाल सरकारले आर्थिक वर्ष २०७९–८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना पनि ल्याएको थियो । सोही कारण यस क्षेत्रको व्यापार फष्टाउनेमा व्यवसायी आशावादी र विश्वस्त भए ।

    तर आव २०८१–०८२ चलिरहँदा पनि नेपाल सरकारले ल्याएको योजना सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकीको निर्माण अन्योलमा परेपछि व्यवसायीहरू निराश भएका छन् । माथि उल्लेखित क्षेत्रका लाखौं जनतासहित सो क्षेत्रम व्यापाररव्यवसाय गर्दै आएकाहरूको आशा निराशातिर तानिएको छ ।

    सुक्खा बन्दरगाह निर्माणका लागि पटक–पटक सङ्घीय सरकारसहित विभिन्न निकायमा पत्राचार र ज्ञापनपत्र बुझाउँदा प्रक्रिया अगाडि नबढेको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष ज्ञवाली बताउछन् । उनले सुक्खा बन्दरगाह बनेपछि यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नुका साथै व्यापारीलाई व्यवसाय गर्न सहज हुने बताउछन् ।

    जलेश्वर भन्सार महोत्तरी जिल्ला र धनुषा जिल्लाको प्रमुख नाकासमेत भएकाले व्यापारीको तेस्रो मुलुकसँगको व्यापार पनि यसै भन्सारबाट हुनेछ । तेस्रो मुलुकबाट हुने व्यापारका लागि नेपाल सरकारको नीति तथा कार्यक्रममा जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइए पनि हालसम्म योजनाको काम अगाडि बढ्न सक्नु निक्कै दुःखद् कुरा रहेको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए ।

    सुक्खा बन्दरगाहका लागि भारतको विहार राज्यको सीतामढीको भिठामोडमा भारतीय भन्सारले भिठामोडमा जग्गा अधिग्रहणको प्रक्रिया पूरा गरी पर्खाल निर्माण पनि गरिसकेको छ तर नेपालतर्फ सुक्खा बन्दरगाहका लागि जग्गा सर्वेक्षणमै सीमित छ । नेपाली पक्षले महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित मलिवारामा ६५ बिघा क्षेत्रफलमा निर्माण हुने सुक्खा बन्दरगाहको प्रक्रिया सुरू गरे पनि काम गति लिन सकेको छैन ।

    सुक्खा बन्दरगाहका लागि ‘इन्टर मोडेल यातायात विकास समिति’ ले तयार पारेको सर्वेक्षण प्रतिवेदन उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालयमा पुगे पनि प्रक्रिया अगाडि बढेको छैन । अर्थ मन्त्रालयले सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणसम्बन्धी र त्यसको विविध पक्षबारे राय भन्सार विभागबाट राय मागी सकेको छ । तर पनि प्रक्रिया अगाडि नबढेपछि उद्योगी व्यवसायी आक्रोशित भएका छन् ।

    भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट वीरगञ्ज हुँदै काठमाडौँसम्म मालसामान दुवानी गर्दा एक हजार एक सय १९ किमी दूरी पर्छ । तर भारतको पश्चिम बङ्गालको हलदिया बन्दरगाहबाट बरौनी, समस्तीपुर साहरघाट हुँदै जलेश्वर भन्सार कार्यालयबाट बर्दिवास, सिन्धुली हुँदै काठमाडौँसम्मको दूरी आठ सय ८१ किलोमिटर मात्र छ । वीरगञ्जभन्दा जलेश्वरबाट काठमाडौँको दूरी दुई सय ३८ किलोमिटर दूरी कम पर्नेछ ।

    मधेस प्रदेशमा वीरगञ्जमा मात्र सुक्खा बन्दरगाह छ । प्रदेशका पूर्वी जिल्लामा व्यापार व्यवसाय असहज र झन्झटिलो भएको जनाउँदै व्यापारीले जलेश्वर नाकामा सुक्खा बन्दरगाह थप्न आग्रह गरेपछि आर्थिक वर्ष २०७९–८० मा नेपाल सरकारको नीति तथा कार्यक्रममा सन् २०२७ सम्म योजना सम्पन्न हुनेगरी जलेश्वर भन्सारमा सुक्खा बन्दरगाह सञ्चालन गर्ने योजना ल्याइएको थियो ।
    यस क्षेत्रका व्यापारी व्यवसायीले नेपाल सरकारले ल्याएको जलेश्वर भन्सार कार्यालयमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणको कार्य चाँडोभन्दा चाँडो सुरूआत गर्न माग गर्दै सम्बन्धित सबै सरोकारवाला निकायसँग ध्यानाकर्षणको लागि आग्रह गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑