• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    थ्रेसहोल्ड बढाउने तयारीप्रति मधेश केन्द्रित दलको आपत्ति, आन्दोलनको चेतावनी

  • वीरगंज संजाल
  • २६ पुष २०८१, शुक्रबार १०:५९
  • ७४५

    वीरगञ्ज । सत्तागठबन्धनका मुख्य दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनको नाममा समानुपातिक निर्वाचन प्रणालीमा थ्रेसहोल्ड बढाउन गरेको तयारीप्रति मधेश केन्द्रित दलले आपत्ति जनाउँदै आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।

    मधेश केन्द्रित दलहरूले थ्रेसहोल्डको सीमा बढाउने मुद्दामा एकमत हुँदै संयुक्त रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । विद्यमान व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फको सिट प्राप्त गर्न कुनै पनि दलले समानुपातिकमा खसेको कुल सदर मतको न्यूनतम ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ ।

    प्रदेश सभामा कुल सदर मतको १.५ प्रतिशत मत पु¥याउने दलको समानुपातिक उम्मेदवार मात्रै निर्वाचित हुने व्यवस्था रहेको छ । कांग्रेस–एमाले प्रतिनिधिसभाका लागि तीन प्रतिशतलाई बढाएर पाँच प्रतिशत पु¥याउने तथा प्रदेश सभामा १.५ प्रतिशतलाई थप्दै तीन प्रतिशत मत पु¥याउने थ्रेसहोल्डको सीमा बढाउन खोजी रहेका छन् ।

    थ्रेस होल्डको सीमा बढाउने कार्यले साना दलको अस्तित्व नामेट गर्ने र समावेशी व्यवस्थालाई कमजोर बनाउने अन्य दलले टिप्पणी गरे । विविधतापूर्ण देशमा सानोभन्दा सानो समूहका आवाजको पनि प्रतिनिधित्व सदनमा हुनुपर्ने जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले टिप्पणी गरेका छन् ।

    साना दलबाट ६/७ लाख गर्दै ३० देखि ४० लाखसम्म हुन आउने मतलाई निषेध गर्न नहुने उनको भनाइ छ । उनले त्यसविरुद्ध संघर्षको लागि तयार रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत राउत भन्छन्, ‘हामी संघर्षका लागि तयार छौँ । दुई दलीय तानाशाही नेपाललाई चाहिएको छैन ।’ गत निर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीले थ्रेसहोल्ड पार गरेर समानुपातिकतर्फ सांसद प्राप्त गरेका थिए ।

    नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जिते पनि थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सांसद निर्वाचित गर्न सकेको छैन । यसका साथै लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चाले पनि ‘थ्रेसहोल्ड’ को सीमा कटाउन सकेका थिएन ।

    थ्रेसहोल्डको सीमा बढाउँदा यसको प्रत्यक्ष लाभ मुख्य कांग्रेस र एमालेले नै ठूला दलले प्राप्त गर्ने भएका छन् । थ्रेसहोल्ड कटाउन नसक्दा साना दलले गुमाएको समानुपातिकतर्फको सांसदहरूलाई ठूला दलले बाँडिने छ । जसपा नेपालका प्रवक्ता मनिष सुमनले दुई दलीय शासन व्यवस्था लाद्ने उद्देश्यका साथ थ्रेसहोल्डको सीमा बढाउन लागिएको बताएका छन् ।

    मधेश प्रदेशका सांसद सुमनले थ्रेसहोल्डको प्रतिशत बढाउने कार्य बहुदलीय व्यवस्थालाई संकुचित गर्ने कार्य भएको बताए । निर्वाचन आयोगलाई ओभरटेक गरेर गृह मन्त्रालयले मस्यौदाको तयारी गरिरहेको छ । यद्यपि, जसपा नेपाललाई थ्रेसहोल्डसँग डर नभएको उनको भनाइ छ ।

    दल फुटेको अवस्थामा समेत करिब ५ प्रतिशत मत ल्याएको हुँदा डर जसपा नेपाललाई नहुने भए पनि दलीय व्यवस्थामाथि भने ग्रहण लाग्ने उनको बुझाइ छ । मुद्दा केन्द्रित भई सहकार्य गर्ने भन्दै अघि बढेका मधेश केन्द्रित दललाई एक ठाउँमा ल्याउन सो मुद्दाले साथ दिने भएको छ । जनप्रगतिशील पार्टी, जसपा नेपाल, जनमत, लोसपा नेपाल, तमलोपालगायतकाले यसअघि नै मधेश केन्द्रित दलसंग छलफल गर्न समिति समेत गठन गरिसकेका छन् ।

    मधेश केन्द्रित दलहरुले आन्तरिक रुपमा मुद्दा मिल्ने दलहरूसंग सहकार्यका लागि कामसमेत थालिसकेका छन् । संविधान संशोधन अग्रगमनका लागि हुनुपर्ने भए पनि पश्चगमनकारी संशोधन स्वीकार्न नसकिने मधेश केन्द्रित दलहरुको भनाइ छ । सत्ता गठबन्धनमा थ्रेस होल्डको विषयमा छलफल गर्ने मधेश केन्द्रितको तयारी रहेको जनाइएको छ ।

    कांग्रेस–एमालेको सरकार बनाउन बनेको सहमतिमा संविधानमा देखा परेका सबल पक्ष र दुर्वल पक्ष एवं जटिलताको समीक्षा गर्दै राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन गर्नका लागि र सोही अनुसारको कानुन निर्माणलाई प्राथमिकता दिने सन्दर्भमा एकजुट हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑