सापकोटा अछामको मेल्लेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा कार्यरत रहँदा सो पालिकाले मेसिनरी सामान खरिद परेको उजुरीमा आयोगको कञ्चनपुर कार्यालयले अनुसन्धान गरिरहेको बेलामा अनुसन्धान अधिकृतको कार्यकक्षमा गई खाममा १ लाख घुस दिएको अभियोगमा आयोगले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार सापकोटाले अनुसन्धानलाई प्रभावित गर्न खरिद कार्यमा भए गरेका भ्रष्टारजन्य वा अन्य अनियमितताका विषयमा मुद्दाको कारबाही अगाडि नबढाई अनुसन्धान टुंग्याउन अधिकृतलाई मोलाहिजा गर्न उजुरीसँग सम्बन्धित कागजात बुझाउने बहानामा घुस रकम दिँदादिँदै आयोगले पक्राउ गरेको थियो । आयोगले १ लाख रुपैयाँ बिगो कायम गरी कैद, बिगो जरिबाना र जफतको मागदाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।