आज:
  • होमपेज / Breaking News

    युवाहरूको बाध्यताः रोजगारीको खोजीमा विदेशिने लहर

  • वीरगंज संजाल
  • २३ पुष २०८१, मंगलवार २२:०४
  • २३०१

    बारा । सिकिन्द्र साह । नेपालबाट विदेशिने युवाहरूको संख्या दिन प्रतिदिन बढ्दो छ। देशमा रोजगारका अवसरहरू कम हुँदै गएपछि लाखौं युवा वैदेशिक रोजगारको खोजीमा देश छोड्न बाध्य छन्। सरकारले सही नेतृत्व दिन नसक्दा र रोजगारीका अवसर सृजना गर्न असफल हुँदा, युवा जनशक्ति विदेशिने क्रमले गम्भीर समस्या निम्त्याएको छ। वैदेशिक रोजगारमा जाने अधिकांश युवाहरू बाध्यताका कारण विदेश पलायन भइरहेका छन्।

    बारा जिल्लाको सिम्रौनगढ नगरपालिका वडा नम्बर १०, देवापुर टेटा निवासी कमोध प्रसाद यादव पनि यस्तै बाध्यताका कारण विदेशिएका छन्। हाल मलेसियामा कार्यरत यादवले आफ्नो अनुभव साझा गर्दै भने, “विदेशमा काम गर्नु हाम्रो रहर होइन, बाध्यता हो। हामीले विदेशमा कमाएको रकम रेमिटेन्समार्फत देश पठाउँछौं। यही रेमिटेन्सले देश चलिरहेको छ र नेताहरूको भुँडी भरिरहेको छ।” उनले आफ्नो र अन्य साथीहरूको पीडा व्यक्त गर्दै देशमा रोजगारका अवसर सिर्जना नहुनु नै मुख्य समस्या भएको बताए।

    कमोध यादव दुई वर्षदेखि मलेसियाको जंगल क्षेत्रमा अप्ठ्यारो जीवन बिताइरहेका छन्। उनी राम्रो कामको आश्वासनमा विदेश पुगेका थिए। तर, वास्तविकता निकै फरक रह्यो। उनले आफ्नो गाउँबाट तीन लाख रुपैयाँ ऋण लिएर काठमाडौको मेरिडियन ओभरसीज प्राइभेट कम्पनीका एजेन्ट बिन्दा साह र किशोरी राय यादवलाई बुझाएका थिए। ती एजेन्टहरूले उनलाई राम्रो मल खाद बनाउने कम्पनीमा कामको आश्वासन दिएर मलेसिया पठाएका थिए। तर, मलेसिया पुगेपछि यादव जंगल क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य भए।

    “यहाँको जंगलमा काम गर्दा दैनिक सर्प र अजिङ्गर सँगको सामना हुन्छ। कहिलेकाहीँ चितुवा र बाघ पनि देखिन्छन्। मेरो टिममा रहेको साथीलाई बाघले हात चपायो। कहिलेकाहीँ लाग्छ, कुनै पनि दिन हाम्रो ज्यान जान सक्छ। यति जोखिमपूर्ण अवस्थामा काम गर्दा पनि हामीले कुनै सुरक्षा पाएका छैनौं। हामीले काठमाडौको मेनपावर कम्पनी र स्थानीय एजेन्टलाई बारम्बार गुहारे पनि कुनै सुनुवाइ भएको छैन,” कमोधले भने।

    विदेशमा अप्ठेरो अवस्थामा रहेका यादव जस्ता धेरै युवाहरूले आफ्नो पीडा व्यक्त गर्दा पनि उनीहरूको समस्याको समाधान खोजिने कुनै पहल देखिएको छैन। “मैले घरमा श्रीमती र छोरीलाई छोडेर विदेश आएँ। तीन लाख रुपैयाँ ऋण अझै पनि तिर्न सकेको छैन। दिनहुँ यो ऋणको चिन्ताले मानसिक तनावमा छु,” उनले थपे।

    यादवकी श्रीमती गायत्री देवीले पनि आफ्नो पीडा व्यक्त गर्दै भनिन्, “मेरी श्रीमानलाई दलालहरूले फकाएर पैसा लिए। भनेजस्तो काममा पनि लगाइएन। म राज्यसँग गुहार गर्छु कि मेरो श्रीमानलाई सुरक्षित रुपमा स्वदेश फर्काइयोस्। र, ती दलालहरूलाई कडा कानुनी कारवाही गरियोस्।”

    गायत्री देवीको यो गुनासो देशभरका हजारौं महिलाहरूको प्रतिनिधित्व हो, जसका श्रीमान्‌हरू विदेशमा अप्ठेरो अवस्थामा छन्। राज्यले यस्ता समस्याको समाधान गर्न ध्यान दिनु आवश्यक छ। सरकारको प्राथमिकता वैदेशिक रोजगारलाई व्यवस्थित र सुरक्षित बनाउनु पर्छ। विदेशमा रोजगारीको नाममा ठगिने युवाहरूको सुरक्षाका लागि उचित नीतिगत सुधार र कार्यान्वयन अपरिहार्य छ।

    नेपाली युवा विदेशमा गरिरहेको कठिन परिश्रमबाट पठाएको रेमिटेन्स देशको आर्थिक स्थिरताको लागि महत्वपूर्ण छ। तर, उनीहरूले भोग्नुपरेको कठिनाइ र जोखिमप्रति राज्यले बेवास्ता गर्नु अमानवीय हो। विदेशिने युवाहरूलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न सकेमात्र उनीहरूको पलायन रोक्न सकिन्छ।

    सरकारले वैदेशिक रोजगारमा गएका युवाहरूको सुरक्षा सुनिश्चित गर्न र तिनीहरूलाई सहज वातावरण प्रदान गर्न आवश्यक छ। साथै, मेनपावर कम्पनी र एजेन्टहरूको अनियमितता र ठगीलाई रोक्न कडा कानुनी कारवाही गर्न जरुरी छ। यसका साथै, वैदेशिक रोजगारीमा जाने प्रक्रियालाई पारदर्शी र सुरक्षित बनाउनेतर्फ कदम चाल्नुपर्छ।

    युवाहरूलाई स्वदेशमै रोजगारी दिने, उत्पादनमूलक क्षेत्रहरूको विकास गर्ने र उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रमहरू ल्याउन सके मात्र यो समस्या दीर्घकालीन रुपमा समाधान हुन सक्छ। विदेशमा काम गर्ने नेपाली युवाहरूको पीडा र समस्या सरकारले सुनेर उनीहरूको समस्याको समाधान खोज्न आजैदेखि कदम चाल्नुपर्छ।

    विदेशमा अप्ठेरो अवस्थामा रहेका युवाहरूको जीवन रक्षा र उनीहरूको श्रमको सम्मान गर्दै स्वदेश फर्काउन पहल गरिनुपर्छ। यसो गर्दा मात्र देशको भविष्यलाई सुरक्षित र समृद्ध बनाउन सकिन्छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑