• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आधा शताब्दीपछि सहारा मरुभूमिमा भीषण वर्षा र बाढी, कारण के होला ?

  • वीरगंज संजाल
  • ६ कार्तिक २०८१, मंगलवार १६:३६
  • ७७३

    पछिल्लो ५० वर्षको अवधिमा सहारा मरुभूमिमा पहिलोपटक भीषण वर्षा भयो र भयानक बाढी आयो । विशेष मौसमी गतिविधिका कारणले गर्दा मोरक्कोसँग जोडिएको सहारा मरुभूमिको क्षेत्रमा दुई दिनसम्म वर्षा भइरह्यो । विभिन्न ठाउँमा अचानक बाढी अर्थात् फ्लास फ्लड पनि आयो ।

    त्यहाँ हालै दुई दिनको अवधिमा भएको वर्षा दक्षिण पूर्वी मोरक्कोमा एक वर्षको अवधिमा हुने कूल औसत वर्षाभन्दा पनि धेरै रहेको अधिकारीहरुले बताएका छन् ।

    मोरक्कोको राजधानी रबातभन्दा ४५० किलोमिटर टाढा पर्ने टागुनाइट भन्ने गाउँमा २४ घण्टाको अवधिमा १०० मिलिमिटर वर्षा भयो ।

    वर्षाको कारण जागोरा र टाटा क्षेत्रको बीचमा पर्ने इरिकी तालमा पानी भरिएको नासाको स्याटेलाइटले खिचेको तस्वीरमा देखिएको छ । उक्त तालको पानी सन् १९२५ मा सुकेको थियो र त्यसयता ताल सुख्खा थियो । मरुभूमिको बीचमा पानीको ठूलो स्रोतको रुपमा रहेको तालले पुनर्जीवन पाउँदा त्यसले खुसीको सञ्चार गरेको छ ।

    मोरक्कोको मौसम विभागका अधिकारी भन्छन्- यति छोटो समयमा यति ठूलो वर्षा भएको पछिल्लो ३० देखि ५० वर्षको अवधिमा पहिलोपटक हो ।

    विज्ञहरुका अनुसार एक्स्ट्रा ट्रपिकल आँधी भनिने यस्तो असाधारण वर्षाले आगामी महिना तथा वर्षहरुमा त्यस क्षेत्रको मौसमी अवस्थामा नै परिवर्तन ल्याउनेछ ।

    मौसम विभागका अधिकारी हुसेन युआबका अनुसार हावामा आद्रता बढी हुँदा त्यसले वाष्पीकरण बढाउनेछ र अझै धेरै आँधी ल्याउनेछ ।

    सहारा मरुभूमि क्षेत्रमा यो समय गर्मीयामको हो । त्यसैले यस्तो बेलामा त्यहाँ वर्षा हुनु नै अनौठो मानिएको । वैज्ञानिकहरू यस्तो मौसमी परिवर्तनबाट अचम्मित छन् ।

    युआबका अनुसार यो जलवायु परिवर्तनका कारण भएको घटना हो । सो क्षेत्रमा मौसममा परिवर्तन आइरहेको छ । साथै भविष्यमा यस्ता घटना झनै बढ्ने उनको अनुमान छ । यसले भूमिगत जलस्रोतको तह बढाएको भएपनि यस्तो मौसम आममानिसहरुका लागि चाहिं खतरनाक पनि हुने उनी बताउँछन् ।

    हुसेन भन्छन्- यहाँ पछिल्लो केही दिनदेखि हावामा आद्रता थियो । वायुमण्डलमा पनि आद्रता बढेको थियो । त्यसैले सहारामा विषम मौसमी घटनाहरु देखिन सक्ने पूर्वानुमान थियो ।

    यद्यपि अचानकको वर्षा र बाढीले त्यहाँ १८ जनाको मृत्यु भयो । तथापि पछिल्लो वर्षाले स्थानीय किसानका अनुहारमा केही खुसी देखिएको छ । किनकि त्यस क्षेत्रमा धेरै वर्षदेखि खडेरी परेको थियो । साथै त्यस ठाउँमा गतवर्ष भूकम्पले समेत क्षति पुर्‍याएको थियो ।

    भीषण वर्षाले गर्दा मोरक्कोका दक्षिण पूर्वी क्षेत्रमा रहेका बाँधहरु समेत सेप्टेम्बर महिनाभर कीर्तिमानी गतिमा पानी भरिएको समाचारमा उल्लेख छ ।

    ९४ लाख वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको सहारा मरुभूमि विश्वकै ठूलो तथा तातो मरुभूमि हो । यो मरुभूमि मध्य तथा पश्चिम अफ्रिकाका एक दर्जन देशहरुमा फैलिएको छ । विश्व तापमान वृद्धिका कारण बढेको सुख्खा खडेरीले गर्दा त्यस क्षेत्रका अधिकांश देशहरुमा समस्या उत्पन्न हुँदै आएको छ ।

    विश्व मौसम संगठनकी महासचिव सेलेस्टो साउलोका अनुसार विश्वभरकै जलचक्रमा तीव्र गतिमा परिवर्तन आइरहेको छ । उनी भन्छिन्- बढ्दो तापमानका कारणले गर्दा जलचक्रमा तीव्रता आएको छ । यो थप प्रक्षेपणै गर्न नसकिने र अनियमित बनेको छ । जसका कारण हामीहरुले निकै कम वा निकै धेरै वर्षाको समस्या भोगिरहनु परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑