आज:
  • होमपेज / पोषण

    बर्ड फ्लूको सङ्क्रमणबाट जोगिन के गर्ने ? जानौं

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:२६
  • ११४५

    नेपालमा बर्ड फ्लूको सङ्क्रमण पछिल्लो समय तीव्र गततिमा फलिँदै छ । विशेष गरी कुखुरा, कालिज लगायतमा यसको सङ्क्रमण हुने र उसको सम्पर्कमा आउँदा मानिसमा पनि सङ्क्रमण गराउन सक्छ ।

    विश्वमा सबैभन्दा पहिला यो रोग सन् १९७८ मा पंक्षीमा र सन् १९९७ मा मानिसमा देखिएको थियो । यसले थाइल्यान्ड, बङ्गलादेश, इन्डोनेसिया आदि देशमा महामारी फैलाएको र ठूलो जनधनको क्षति गराएको छ ।

    नेपाल बर्डफ्लूको सङ्क्रमण भेटिएको विश्वको ६६ औँ मुलुकमा पर्छ ।

    सन् २००९ मा पहिलो पटक झापामा बर्ड फ्लू देखिएको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न ठाउँमा रहेको फार्महरुका कुखुराहरु यसबाट संक्रमण हुँदै आएका छन् ।

    मानिसमा पनि योरोग सर्ने र मृत्यु नै गराउने भएकाले सतर्क हुनुपर्छ ।

    के कारणले लाग्छ बर्ड फ्लू ?
    पंक्षीहरु, मुख्यत संक्रमित कुखुरा, हाँस, टर्की, जंगली चराचुरुङ्गी आदिबाट मानिसमा सर्ने यस रोग एचवान एनवान भाइरसको कारणले लाग्ने गर्दछ ।

    संक्रमित पंक्षीहरुको मासु, प्वाँख, र्याल, सूली, दाना, अण्डा, अण्डा राख्ने क्रेट आदिको सम्पर्कबाट यो रोग मानिसमा सर्दछ ।

    संक्रमित मानिसबाट स्वस्थ मानिसमा भने यो रोग सर्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

    लक्षणहरु के के हुन ?
    पंक्षीबाट सर्ने भएकाले यो रोगको लक्षणहरु सुरुमा चराचुरुङ्गीहरुमा देखिने गर्छ ।

    कुखुरा, हाँस लगायतका पंक्षीहरु असामान्य रुपमा बिरामी हुनु र मर्नु यसको सबैभन्दा सुरुको लक्षण हो ।

    त्यसैगरी ती पंक्षीहरुलाई लरबराउने, सिउर, लोती र खुट्टा वैजनी रङ्गको हुने, अन्डा कमलो हुने, खान नखाने, पखाला लाग्ने, टाउको सुनिने, नाखबाट सिँगन झर्ने, खोक्ने लगायतका समस्या देखिएमा पनि बर्ड फ्लूबाट संक्रमण भएको हुन सक्छ ।

    संक्रमित पंक्षीहरूसँग लामो समयसम्म सम्पर्कमा रहिरहने ब्यक्तिहरू जस्तै फार्म सञ्चालक, मासु बेच्ने पसलमा काम गर्ने व्यक्तिहरुमा यो रोग सर्न सक्ने सम्भावना बढी हुन्छ ।

    अरु इन्फ्लुएञ्जा भाइरसबाट लाग्ने फ्लू जस्तै बर्ड फ्लूको संक्रमणबाट देखिने लक्षणहरु पनि उस्तै हुन्छन ।

    केही लक्षणहरु यसप्रकार छन् :
    ज्वरो आउने
    रुघाखोकी लाग्ने
    घाँटी दुख्ने
    आलश्य हुने
    मांसपेसीहरु दुख्ने
    स्वासप्रस्वासमा समस्या आउने

    परिक्षण कसरी गर्ने ?
    पंक्षीहरुसंग लामो समय सम्पर्कमा रहने व्यक्तिलाई माथी उल्लेखित समस्याहरु देखिएमा तुरुन्त नजिकैको अस्पतालमा गएर परिक्षण गराउन सकिन्छ ।

    रोगको लक्षण बर्ड फ्लूको जस्तो देखिएमा बिरामीको र्याल, थुक, र घाँटीको स्वाबको परिक्षण गर्न सकिन्छ ।

    यसको जाँचको निम्ति विशेष प्रविधि चाहिने हुनाले नेपालमा यो परिक्षणको नमुना शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र पठाइन्छ ।

    उपचार
    बर्ड फ्लू लागेको यकिन भएमा यसको उपचार तुरुन्त सुरु गरिहाल्नपर्छ । एन्टी भाइरल औसधिहरुको प्रयोग र बिरामीलाई अरु स्वस्थ मानिसबाट टाढा राख्नु यसको मुख्य उपचारविधि हो ।

    बर्ड फ्लू लागेका बिरामीहरुमध्य लगभग आधा भन्दा बढीको मृत्यु हुने विभिन्न अध्ययनहरुले देखाएका छन । त्यसैले रोग लागेसी उपचार गर्नुभन्दा रोग लाग्न नदिनुनै बुद्दीमानी हुन्छ ।

    बर्ड फ्लूबाट कसरी बच्ने ?
    यो रोग पोल्ट्रीमा काम गर्ने, मासु व्यवसाय गर्ने मानिसहरुलाई लाग्ने सम्भावना बढी हुन्छ । त्यसैले यसमा काम गर्ने व्यक्तिहरुले विशेष सावधानी अपनाउन पर्छ ।

    फार्ममा कुखुरा वा पंक्षीहरुमा कुनै समस्या देखिएमा, धेरै संख्यामा मरेमा भेटेनरी चिकित्सकलाई देखाएर के भएको हो यकिन गराइहाल्नुपर्दछ ।

    त्यस्तो समस्या देखिएमा कुखुराको नजिकै जादा मास्क, पन्जा आदिको प्रयोग गर्नुपर्छ ।

    मासु व्यवसाय गर्नेले पनि मरेको वा बिरामी कुखुराको मासु बिक्रीवितरण गर्न हुँदैन ।

    कुखुरा वा अन्य पंक्षीको मासु राम्रोसँग पकाएर मात्र खानपर्छ ।

    रोगको संक्रमण देखिएको समयमा बाहिर हिड्दा माक्सको प्रयोग गर्ने, घर आएपछी साबुन पानीले हात धुने गर्नुपर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑