• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    बालबालिका सुस्त छन् ? बालमस्तिष्क पक्षघात हुनसक्छ

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:०७
  • ८०१

    बालमस्तिष्क पक्षघात भनेको बच्चाको शारीरिक, मानसिक, संवेगात्मक लगायत विकासमा विविध कारणले मस्तिष्कमा असर पर्नु हो । जसले गर्दा बच्चा असामान्य वा असक्त अबस्थामा पुग्छ ।

    अधिकांश अवस्था हेर्ने हो भने बाल मस्तिष्क पक्षघात मस्तिष्कमा अक्सिजनको कमीले हुने गरेको पाइन्छ ।

    नेपालमा बालमस्तिष्क पक्षघातका बिरामी कति छन् अहिलेसम्म यकिन तथ्याङ्क छैन् । तर, विकसित राष्ट्रहरूमा पनि यो रोगका बिरामी धेरै रहेको अध्ययनहरूले देखाएका छन् ।

    बालबालिकामा यस्तो समस्या देखियो भने परिवारमा आर्थिक, सामाजिक र मानसिक पीडा बढ्छ ।

    बाल मस्तिष्क पक्षघात धेरै प्रकारका हुन्छन् । यसले सामान्यदेखि गम्भीर प्रकारको असरसम्म पार्न सक्छ । मस्तिष्कमा कति असर गर्यो सोही अनुसार

    बच्चाको अवस्थामा परिवर्तन आउन सक्छ । बालमस्तिष्क पक्षघात हुँदा यस्ता परिवर्तन देखिन्छन :

    —हिँड्डुल गर्दा लर्खराउने ।

    —सोझो भएर बस्न नसक्ने ।

    —उभिन गाह्रो हुने ।

    —बोली लर्बराउने, स्पष्ट आवाज नआउँने ।

    बाल मस्तिष्क पक्षघातको बेलैमा पहिचान गरी उपचार गर्न सकिए बालबालिकालाई पुनःसामान्य अवस्थामा ल्याउन सकिन्छ । तर,थोरै मात्र असावधानी गर्यो वा भयो भने सदाको लागि गम्भीर असरपर्न सक्छ ।

    यदि बच्चालाई छारे रोग लागेको र वृत्तिविकासमा ह्रास आएको छ भने यसले झनै गम्भीर असर पुग्छ ।

    बाल मस्तिष्क पक्षघात भएका बालबालिकामा एकै प्रकृतिको समस्या नदेखिन पनि सक्छ । कसैमा वृत्तिविकास हुँदैन भने कसैमा न्यून गतिमा हुन सक्छ ।

    यस कारण बालमस्तिष्क पक्षघातः

    बाल मस्तिष्क पक्षघात जन्मपूर्व, जन्मने क्रममा, र जन्म पश्चात पनि हुनसक्छ ।

    गर्भमा रहँदा : गर्भवती अवस्थामा उच्च रक्तचाप, मधुमेह, थाइराइड, दादुरा, रुबेला सङ्क्रमण हुनु । कुपोषण हुनु, मानसिक तनाव बढी, दुर्घटनामा परी चोटपटक लाग्दा गर्भमा रहेको बच्चामा असर पर्नु, समय नपुगी बच्चा जन्मदा बच्चामा बाल मस्तिष्क पक्षघात हुन सक्छ ।

    बच्चा जन्मिदाः यदि सुत्केरी हुने समय वा प्रसवको बेला लामो समय बेथा लागेर शिशुको मस्तिष्कमा चोट पुग्नु । दक्ष स्वास्थकर्मी बाहेकका व्यक्तिले सुत्केरी गराउनु । बच्चाको टाउको समातेर बच्चा निकाल्नु । बच्चाको नाभी काट्दा वा बच्चालाई लिदा फोहोर कपडा लगायतले बेर्दा सङ्क्रमण हुनु, कमतौलको बच्चा जन्मनु । जन्मने बितिकै बच्चा नरुनु, असामान्य अवस्थामा देखिनु जसले गर्दा बच्चाको मस्तिष्कमा अक्सिजनको कमी हुन्छ र बच्चामा मस्तिष्क पक्षघात हुन्छ ।

    बच्चा जन्मेपछि : मस्तिष्कमा चोटपटक लाग्नु । बच्चाको मस्तिष्कमा सङ्क्रमण हुनु । (मेनिञ्जाइटिस, इन्सेफ्लाइटिस जस्ता रोग लागेको छ भने पनि यस्तो हुनसक्छ ।)

    यी बाहेक बंशाणुगत गुणको पनि प्रभाव पर्न सक्छ ।

    बचाउने उपाय : बाल मस्तिष्क पक्षघात हुनबाट बचाउँन गर्भावस्था देखिनै आमा सचेत हुनुपर्छ । गर्भास्थामा पौष्किक आहारयुक्त सन्तुलित खाना खाने, प्रशस्त पानी पिउने, धुम्रपान, मद्यपान नगर्ने, कुनै पनि समस्या देखिए चिकित्सकको सल्लाह बमोजिम औषधि सेवन गर्ने, उच्च रक्तचाप, मधुमेह नियन्त्रणमा राख्ने ।

    बच्चा जन्माउँदा स्वास्थ संस्था जाने, बच्चा जन्मने बितिकै बच्चालाई सफा वातावरणमा राख्ने, नियमित स्वास्थ जाँच गराउने, बच्चालाई दिने खोप सबै लगाउँने, कुपोषण हुनबाट बचाउँने, बच्चामा कुनै समस्या देखियो भने विशेषज्ञको सल्लाह बमोजिम मात्र औषधि सेवन गराउने ।

    यस्ता सावधानी अपनायो भने बाल मस्तिष्क पक्षघात हुनबाट धेरै हदसम्म बचाउन सकिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑