• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    कलेजो बिगार्ने भाइरल हेपाटाइटिस के हो ?

  • वीरगंज संजाल
  • ८ जेष्ठ २०८१, मंगलवार २३:०४
  • ९५३

    मानव शरीरका महत्वपूर्ण अंगमध्ये कलेजो एक हो । रगतमा हुने किटाणुबाट संक्रमित विषाक्त विकारलाई रगतबाट निकाल्ने लगायत पाँच सयभन्दा बढी काम कलेजोले गर्छ । खाना पचाउने रस (पित्त) बनउनेदेखि खाएका कुरालाई शक्तिमा बदल्ने महत्वपूर्ण अंग कलेजोमा अलिकति पनि खराबी आयो भने पेट गडबड हुने, ग्यास बढ्ने, खान मन नलाग्ने जस्ता समस्या निम्तिन्छ र विस्तारै भयावह रुप लिन्छ । कलेजोमा संक्रमण कसरी हुन्छ र संक्रमणले कसरी कलेजो बिगार्छ ? कलेजोरोग विशेषज्ञ डा.विवेक शर्मा भन्छन्: १. कलेजोमा हुने हेपाटोट्रोपिक विषाणुको संक्रमणलाई भाइरल हेपाटाइटिस भनिन्छ । कलेजोलाई दुई प्रकारका विषाणुले संक्रमित गर्छन् । एउटा हेपाटोट्रोपिक र अर्को नन– हेपाटोट्रोपिक । हेपाटोट्रोपिक विषाणुअन्र्तगत हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ पर्छन् ।

    यसले कलेजोलाई मात्र असर गरे पनि शरीरका अन्य भागमा दीर्घकालीन असर पुर्याउँदैन । नन– हेपाटोट्रोपिक विषाणुअन्र्तगत ‘हर्पिस सिम्प्लेक’ र ‘इब्स्टेनवर’ विषाणु पर्छन् । यिनीहरुले भने कलेजोलगायत शरीरका अन्य अंगहरुमा समेत असर पुर्याउँछन् । २. भाइरल हेपाटाइटिस ‘ए, बी, सी, डी र ई’ लाई पनि दुई समूहमा बाँडिएको हुन्छ । पहिलो समूहमा ‘ए र ई’ पर्छन् । यिनीहरु विशेषगरी प्रदूषित पानी तथा खानेकुराबाट सर्छन् र तुरुन्त असर गरे पनि दीर्घकालीन असर भने गर्दैनन् । अर्को समूहमा ‘बी, सी र डी’ पर्छन् । यस्तो भाइरल रगत, रगतजन्य पदार्थ, सिरिन्ज, शरीरजन्य तरल पदार्थ र आमाबाट बच्चामा सर्दछ । यो दीर्घकालीन प्रकृतिको पनि हुन्छ र कलेजोलाई समेत असर गर्दछ । ३. हेपाटाइटिस ‘बी’ एचआइभी एड्सभन्दा खतरनाक रहेको भनेर प्रचार गरिएको भएपनि शरीरको प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत वयस्क मानिसमा ६ महिनाभित्र यो रोग आफैँ निको भएर जाने गर्छ । १० प्रतिशत संक्रमितमा भने कलेजो कडा हुने लगायतका दीर्घकालीन समस्या देखिन्छ जसलाई ‘लिभर सिरोसिस’ भएको भनिन्छ । लिभर सिरोसिस भएकामध्ये केही संक्रमितलाई क्यान्सरसमेत हुन सक्छ । ४. हेपाटाइटिस भयो भने जन्डिस देखिन्छ । यस्तो हुँदा मुख बार्ने, जडीबुटीको प्रयोग गर्ने, नाइटोमा लेप लगाउनेजस्ता काम गरिन्छ । तर, मुख बार्दा पोषणको कमी हुन्छ र रोगसँग लड्ने क्षमतामा ह्रास आउन सक्छ । यस्ता कुरामा जनचेतकोे निकै कमी छ । सम्बन्धित निकायले आमसमुदायलाई स्पष्ट पार्न जरुरी देखिन्छ । जन्डिस रोग होइन रोगको लक्षण मात्र हो त्यसैले त्यसको निदान गर्नुपर्छ । ५. हेपाटाइटिसबाट हरेक वर्ष विश्वभर १५ लाखभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । संसारभर ‘मेडिकल डिजिज’ मा मानिसको ज्यान लिने यो आठौँ ठूलो रोग हो । ठूलो रोग भएपनि मानिसले धेरै चासो नदेखाएका कारण विश्व स्वास्थ्य संगठनले संसारको हेपाटाइटिसप्रतिको धारणा बदल्न र यस रोगबाट पर्ने आर्थिक भारको चेतना जगाउन हरेक वर्ष जुलाई २८ का दिन विश्व हेपाटाइटिस दिवस मनाउन सुरु गरेको छ । ६. हेपाटाइटिसका कारण हुने लिभर सिरोसिस र लिभर क्यान्सर भयावह रुपमा बढ्दो छ ।

    हेपाटाइटिसको रोकथाम गर्न सके ठूलो क्षति हुनबाट बच्न सकिन्छ । सबै किसिमका हेपाटाइटिसको खोप अझैँ उपलब्ध भइसकेको छैन र बजारमा हाल हेपाटाइटिस ‘ए’ र ‘बी’ को मात्र खोप उपलब्ध छ । ७. हेपाटाइटिस लाग्दैमा संक्रमितसँग हात मिलाउनै नहुने, सँगै बस्दा पनि सर्नेजस्ता हल्ला व्यापक छ । तर, यो गलत हल्ला हो । हेपाटाइटिसको भाइरस धेरै समयसम्म बाँच्ने हुनाले मात्र यसलाई डरलाग्दो भनिएको हो । हेपाटाइटिसले कलेजोलाई मात्र असर गर्छ । समस्या देखिइसकेपछि यसलाई लुकाउनुभन्दा समयमै उपचार गर्नुपर्छ । यसको उपचार सम्भव छ । ८. हेपाटाइटिस ‘बी’ ‘सी’ को उपचार तुलनात्मक रुपमा केही महँगो हुन्छ । हेपाटाइटिस ‘बी’ को औषधि दुई वर्ष या जीवनभर पनि सेवन गर्नुपर्ने हुन सक्छ । जसका कारण आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई खर्च धान्न मुस्किल पर्न सक्छ । नेपालमा हेपाटाइटिस ‘बी’ र ‘सी’ का बिरामी कति छन् भन्ने यकिन तथ्याकं छैन । करिब दुई प्रतिशत अर्थात् ६ लाखको हाराहारीमा हेपाटाइटिस ‘बी’ र एक लाखको हाराहारीमा हेपाटाइटिस ‘सी’ का बिरामी रहेको अनुमान भने गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑