• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा पनि देखियो मकैमा घोघा नलाग्ने समस्या,किसानहरु चिन्तित

  • वीरगंज संजाल
  • २६ चैत्र २०८०, सोमबार २२:२४
  • १०९७

    वीरगन्ज | मधेश प्रदेशका पर्सादेखि सर्लाही जिल्लासम्मका केही स्थानमा किसानको मकै बालीमा घोघा नलागेपछि त्यसको स्थलगत अनुगमन तथा निरीक्षण गर्न केन्द्रीय अनुगमन टोली आईपुगेको छ । बिउबिजन गुणस्तर नियन्त्रण केन्द्रले राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमका अधिकृत डा. भीमनाथ अधिकारीको संयोजकत्वमा गठन गरेको टोली स्थलगत अनुगमनका लागि आएको हो ।

    टोलीले आइतबारदेखि पर्साबाट अनुगमन सुरु गरेको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख कुशेश्वर साहले जानकारी दिए ।‘पर्सामा सबैभन्दा बढी प्रभावित पर्सागढी नगरपालिकाको वडा नंबर ३ झुलिटारबाट अनुगमन सुरु गरिएको हो, त्यहाँ ३०÷३२ किसानको मकै बालीमा घोघा नलागेको पाइयो,’ उनले भने, ‘अनुमगन टोलीले सोमबार बाराको कलैया उपनपा–२० कन्चनपुर, फत्तेपुर, प्रसौनी गाउपालिकाका बिभिन्न क्षेत्रमा अनुगमन गरेको छ, यो टोली रौतहट र सर्लाही सम्मपनि पुग्ने योजना छ ।’

    साहले पायनियर पि ३५५५ लगायत अन्य ३÷४ जातका मकैमा यो समस्या पाइएको बताए । अनुगमनको क्रममा प्रायः कात्तिक १० देखि मंसिर २०÷२५ गते सम्म खेतमा छरिएको मकै बालीमा घोघा नलागेको पाइएको उनले बताए । ‘त्यस अघि र पछि छरिएको मकै बालीमा यो समस्या छैन,’ उनले भने, ‘यस वर्ष पुस २० देखि यस भेगमा जाडो बढेको र ढिलोसम्म पनि जाडो रहेकाले मौसमी अनुकूलता नमिल्दा यसरी मकैमा घोघा नलाग्ने समस्या देखिएको प्रारम्भिक अनुमान गरिएको छ ।’

    कात्तिक १० अघि र मंसिर २५ पछि छरिएको मकै बालीमा भने यो समस्या नदेखिएको उनले बताए । किसान हकहित संघर्ष समिति पर्साका सचिव पृथ्वी साहले पायनियर पि ३५५५ जात भारतीय हाइब्रिड जातको मकै रहेको र यो नेपालमा दर्ता समेत रहेको बताए । यसरी दर्ता भएको कम्पनीको मकैको बिउमा समेत समस्या देखिनु दुःखद भएको उनले बताए ।

    अनुगमन टोलीका संयोजक अधिकारीले टोलीले सोमबारनै रौतहटको फतुहा विजयपुर नगरपालिका–४ मा पनि स्थलगत अनुगमन सम्पन्न गरेको बताए । उनले स्थानीय तह मार्फत गुनासो आएका किसानहरुको खेतमा अनुमगन गरिएको बताए । यस क्रममा कात्तिक २० देखि मंसिर ४÷५ गते सम्मको अवधिमा छरिएको जुनसुकै जातको मकै बालीमा घोघा नलाग्ने वा दाना कम लाग्ने समस्या देखिएको बताए ।

    ‘निश्चित अवधिमा छरिएका सबै मकैबालीमा यो समस्या देखिएको छ,’ उनले भने, ‘कुनै घोघामा दाना लागेकै छैन, कुनैमा कम छ, समग्रमा उत्पादन २० देखि २५ प्रतिशत मात्र हुन्छ भन्ने हाम्रो प्रारम्भिक अनुमान छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑