वीरगन्ज । वीरगन्जका उपमेयर इम्तियाज आलमले चाडपर्वको समयमा नागरिकलाइ शुद्ध एवं गुणस्तरीय सेवा प्रदान गर्न बजार अनुगमन तिव्र गर्न निर्देशन दिएका छन । वीरगन्ज महानगरको बजार व्यवस्थापन संयोजक तथा उप प्रमुख इम्तियाज आलम को संयोजकत्वमा बसेको बैठकले मुस्लिमहरुको पबित्र महिना रमजानको इद एवं हिन्दुहरुको नवरात्री पर्व तथा नयाबर्ष २०८१ को समयमा बिरगन्ज बजारमा पाउने म्याद नाघिएको खाद्यान्न समाग्रीहरु लाई नष्ट गर्ने एवं अत्यधिक मुल्यमा बिक्री वितरण गर्न बाट रोक लगाउने लगायत का बुन्दाहरु माथि छलफल भएको छ। यदि कसैले यस्ता खाद्यान्न बिक्री गरेको पाईएमा दन्डित गर्ने उप प्रमुख आलमले निर्देशन दिएका छन ।
सो कार्यक्रममा बजार ब्यवस्थापन समितिका पदाधिकारीहरु सँग बैठक बसि विभिन्न कुरा को निर्देशन दिनु भएको छ भने उक्त बैठक मा बजार भित्र सर्वसाधारणहरुले दैनिक रुपमा उपयोग गर्ने सामाग्री तथा खाधान्न सेवा प्रदायक संस्थाहरुको अनुगमनलाई निरन्तरता दिने तथा अनुगमनको क्रममा लपारवाही गर्ने सेवा प्रदायक संस्थाहरु लाई ऐन अनुसार कार्यवाही गर्ने निर्णय उप प्रमुख आलमले निर्देशन दिनु भयो।
सो बैठकमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, कार्य पालिका सदस्य कन्हैया ठाकुर ,वडा प्रहरी कार्यालय विर्ताका हरिकिशोर प्रसाद यादव,सशस्त्र प्रहरी बलका दिपेश चौधरी,जिल्ला ट्राफिक कार्यालयबाट गुणनिधि खकुरेल लगायत विभिन्न स्थानिय निकायको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।