• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी रंगशालाको पुर्ननिर्माण गरिदिन खेलकुद मन्त्री श्रेष्ठसंग वीरगन्जबासी र मेयर सिंहको आग्रह

  • वीरगंज संजाल
  • २५ चैत्र २०८०, आईतवार २०:४६
  • ११३३

    वीरगन्ज | वर्षौदेखि जीर्णोद्धारको पर्खाइमा रहेको देशकै दोश्रो ठूलो वीरगन्जको नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि वीरगन्जबासीले संघीय सरकारका युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई गुहारेका छन् ।

    आइतबार बिहान नारायणी रंगशालाको स्थलगत निरीक्षणमा पुगेका मन्त्री श्रेष्ठलाई रंगशालामै भेटेर वीरगन्जका खेलप्रेमी र अगुवाहरुले ज्ञापनपत्र बुझाँउदै नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि आग्रह गरेका हुन् ।वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानसिंहको उपस्थितीमा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंह लगायतले वीरगन्जबासीका तर्फबाट मन्त्री श्रेष्ठलाई ज्ञापनपत्रपनि बुझााए ।

    विक्रम संवत २०४२ सालमा वीरगन्जबासीकै अग्रसरतामा १८ बिग क्षेत्रफलमा निर्माण गरिएको नारायणी रंगशाला मर्मत सम्भारको अभावमा बर्षौदेखि जीर्ण बन्दै गइरहेको छ ।झण्डै ३५ हजार दर्शक अटाउन सक्ने क्षमताको रंगशालाका प्याराफिटहरु ठाँउ ठाँउमा भत्एिका छन् भने पर्खालहरुपनि जीर्ण अवस्थामा छन् ।

    चार बर्षपहिले राष्ट्रिय खेलकुद परिषदले रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि डिपिआर बनाएको थियो । त्यसमा २ अर्ब ६४ करोड रुपैयाँ लागत लाग्ने उल्लेख थियो । त्यसपछि सरकारले रंगशालाको पुर्ननिर्माणका लागि ७ करोड रुपैयाँमात्र विनियोजन गरेको थियो ।उक्त रकमबाट पुर्ननिर्माणको काम सुरु गरिएपनि रकम अभावले दुई बर्षदेखि त्यो काम रोकिएर अलपत्र अवस्थामा छ ।

    आइतबार वीरगन्जबासीले मन्त्री श्रेष्ठलाई बुझाएको ज्ञापनपत्रमा अलपत्र रहेको रंगशाला पुर्ननिर्माणको काम पुन सुरु गर्नका लागि आवश्यक रकम सरकारको आगामी आर्थिक बर्षको बजेटमा विनियोजन गरिदिन आग्रह गरिएको छ ।

    मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै क्रिकेट संघ पर्साका अध्यक्ष सिंहले भने,‘ यो रंगशाला वीरगन्जको मात्रै नभई समग्र मधेस प्रदेशको धरोहर हो । त्यसका कारण सरकारको थोरै मात्र नजर यसमा पर्यो भनेपनि यसले फेरि नयाँ जीवन पाउन सक्छ ।त्यसका लागि सम्पूर्ण वीरगन्जबासीको तर्फबाट आग्रह छ ।’

    ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले यसका लागि आँफुले स्थानीय सरकारसंग छलफल गरेर आगामी बजेटमा नारायणी रंगशालाको पुर्ननिर्माणका लागि आवश्यक रकम विनियोजन गर्ने प्रतिबद्धता जनाए ।

    रंगशालाको स्थलगत निरीक्षणमा मन्त्री श्रेष्ठसंगै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का केन्द्रिय सदस्य तथा सांसद मनिष झा, रास्वपाका नेताहरु मुर्ली जलान, महादेव कुर्मी , शेखर अग्रवाल, दिपराज पटेल,मुकेश पटेल लगायतकोपनि सहभागीता थियो ।

    रंगशालाको निरीक्षणपछि आइतबार नै वीरगन्ज महानगरपालिकाको कार्यालयमा स्वागत ग्रहण गर्न पुगेका मन्त्री श्रेष्ठलाई मेयर राजेशमान सिंहलेपनि नारायणी रंगशालाको जीर्णोद्धार र पुर्ननिर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गरिदिन आग्रह गरे ।आफनो कार्यकक्षमा मन्त्री श्रेष्ठलाई स्वागत गर्दै मेयर सिंहले बजेटको अभावमा रंगशलााको पुर्ननिर्माणको काम दुई बर्षदेखि अलपत्र परेको जानकारी गराए ।

    राखेपले तयार पारेको डिपआिरमा २ अर्ब ६४ करोड रुपैयाँ लाग्ने भनिएपनि दुई बर्ष अघि सरकारले ७ करोड मात्र रकम दिएको र उक्त रकम सकिएपछि काम रोकिएको मेयर सिंहले मन्त्री श्रेष्ठलाई अवगत गराए ।मेयर सिंहले रंगशलाको पुर्ननिर्माणसंगै त्यहाँ छुट्टै क्रिकेट रंगशाला निर्माणकालागिपनि बजेटको व्यवस्थापन गरिदिन मन्त्री श्रेष्ठसंग आग्रह गरे ।
    जवाफमा मन्त्री श्रेष्ठले नारायणी रंगशलाको पुर्ननिर्माणलाई विशेष प्राथमिकतामा राखेर बजेट व्यवस्थापनका लागि आँफुले पहल गर्ने आश्वासन दिए ।

    काठमाडौंको दशरथ रंगशालापछिको ठूलो वीरगन्जको नारायणी रंगशाला जीर्णोद्धारको पर्खाइमा बसेको बर्षौ बितिसक्यो ।चारदशक पहिले निर्माण भएको नारायणी रंगशाला बर्षौदेखि जीर्ण अवस्थामा पुग्दापनि मर्मत सम्भारका लागि संघ र प्रदेश सरकारले चासो नदिएको वीरगन्ज्बासीको गुनासो छ ।

    तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो ।२०४२ सालमा निर्माण भएको नारायणी रंगशालामा तत्कालीन राजा वीरेन्द्रले उद्घाटन मात्र गरेनन् तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगितासमेत गराएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑