• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिमरा सेजमा निर्माण भएका संरचनाहरू प्रयोगविहीन

  • वीरगंज संजाल
  • २५ चैत्र २०८०, आईतवार २०:३३
  • १२४१

    बारा । सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण ‘सेज’ मा नेपाल सरकारको अर्बौंको लगानीमा निर्माण भएका भौतिक संरचनाहरू प्रयोगविहीन अवस्थामा छन् ।

    सरकारले सिमरा सेजमा हालसम्म ९ अर्ब ५७ करोड रुपैयाँ लगानी गरिसकेको छ । विना अध्ययन निर्माण गरेका ठुलाठुला भवन प्रयोगविहीन छन् ।

    सरकारले सेजभित्र प्रशासनिक भवन, सेवा भवनहरू (बैंक, बिमा, भन्सार कार्यालय, हुलाक कार्यालय, बालबालिकाहरूका लागि डे केयर, चमेना गृह, प्रदर्शनी हल, आन्तरिक सडक÷पानी ट्याङ्की, आन्तरिक विद्युत प्रशारण लाइन, प्रदुषित पानी प्रशोधन केन्द्र, खोला तटबन्ध लगायतका पूर्वाधार निर्माण गरेको छ ।

    सिमरा सेजको ‘ए ब्लकमा’ २ वर्षअघि नै निर्माण भएका यी संरचनाको लागि सरकारले ९ अर्ब ५७ करोड रुपैयाँ लगानी गरेको हो ।

    पशुपति सेरामिक्सका सञ्चालक तुलसी साहले सेजभित्र बैंक, बिमा कार्यालय सञ्चालन नहुँदा बाहिर दौडनुपर्ने बाध्यता भएको गुनासो गरे । ‘यहाँ धेरै असुविधा छ बैंक, बिमाको कामले दिनमा ४÷५ पटक बाहिर कुद्नुपर्छ । पोलिक्लिनिक नहुँदा सानोतिनो उपचारका लागि सिमरा, जीतपुर, वीरगञ्ज जानुपर्छ । धेरै समस्या छ,’ साहले भने, ‘ठुला–ठुला भवनमात्रै बनेका छन्, कार्यालय चलेको छैन । कम्तीमा संरचना निर्माण भएअनुसार सुविधा पनि उपलब्ध भइदिएको भए हामीलाई धेरै सजिलो हुन्थ्यो ।’

    सेजमा सञ्चालनमा रहेका उद्योगलाई १ वर्ष निर्यातमा छुटको व्यवस्था छ । तर यदि कुनै उद्योगले उत्पादन गरेको वस्तु विदेश निर्यात गर्न चाहेमा भन्सार पास गर्न वीरगञ्ज जानुपर्ने बाध्यता छ ।

    सिमरा सेजका प्राविधिक अजय चौधरीले बैंक तथा वित्तीय संस्थाहरू आएर भवन हेरेरमात्रै फर्कने गरेको बताए । ‘बैंकहरू आफ्नो कार्यालय सेजमा राख्न इच्छुक छन्, तर यहाँ उनीहरूलाई जुन किसिमको भवन चाहिएको हो, त्यो छैन,’ चौधरीले भने, ‘बैंक, बिमा कार्यालयले यहाँको भवन भाडामा लिने हो । उनीहरूलाई २ देखि ३ वटा कोठा भए पुग्छ तर हामीले भव्य बिल्डिङ्ग नै बनाइदिएका छौँ । यत्रो भाडा तिरेर कार्यालय चलाउन यहाँ कोही आउन चाहिरहेका छैनन् ।’

    सेजभित्र आवश्यक सबै पूर्वाधार निर्माण सम्पन्न भइसकेको उनले सुनाए । धर्मकाँटा, पेट्रोलपम्प, भन्सार, बैंक, बिमा, हुलाक, पोलिक्लिनिक सबै बनिसके पनि अहिलेसम्म केही सञ्चालनमा आएको छैन ।

    सिमरा सेजको ए ब्लकमा २२ वटा उद्योगले सम्झौता गरेका छन् । जसमध्ये ७ वटा भारतीय, ६ वटा चिनियाँ र ४ वटा उद्योगमा नेपाली, चिनियाँ तथा भारतीय कम्पनीको संयुक्त लगानी छ । सिमरा सेजमा ५ वटा उद्योगमात्रै स्वदेशी लगानीका छन् । २२ उद्योगमध्ये पछिल्लो समय केही उद्योगले उत्पादन सुरु गरेका छन् भने केहीले संरचना निर्माणको काम गरिरहेका छन् ।

    चिनियाँ लगानीकर्ताले जुत्ता, ब्याट्री, अटो एसेम्बल, इलेक्ट्रोनिक पार्टपुर्जा र आलमुनियमका ६ उद्योग निर्माण गरिरहेका छन् । भारतीय लगानीमा ग्रेनाइड स्ल्याब, टायल, टायर प्रोसेसिङ र कस्मेटिकका ७ उद्योग बन्दैछन् ।

    सिमरा सेजका इन्जिनियर पप्पु गिरीले बैंक तथा वित्तीय संस्थाहरूलाई सेजमा ल्याउने प्रयास भइरहे पनि कुनै बैंकले चासो नदेखाएको बताए । ‘भन्सार त तत्काल नभए पनि केही छैन तर बैंक तथा बिमा कम्पनीहरूको टड्कारो आवश्यकता छ,’ उनले भने, ‘उहाँहरूसँग हामीले कुराकानी गरिरहेका छौँ, तर अहिलेसम्म कोही आउनु भएको छैन ।’

    सिमरा सेज बाराको जीतपुर सिमरा उपमहानगर वडा नं ४, १४, १५, १६, १७ को ८३३ बिघा क्षेत्रफलमा फैलिएको छ । हाल सेजमा ए ब्लकको ३४३ बिघामा मात्रै संरचना निर्माण र उद्योग स्थापनाको काम भइरहेको छ भने बाँकी ब्लकका सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑