बीरगंज । जनता समाज बादी पार्टी नेपाल ( जसपा ) बीरगंजका अध्यक्ष इश्वर यादब सहित गए राति प्रहरीले तीन जनालाइ पक्राउ गरी हिरासतमा राखेर छानबिन गरिरहेको छ ।
बीरगंजको आदर्शनगर स्थित बीरगंज बर्गर हाउसबाट जसपाका बिरगंज नगर अध्यक्ष तथा बीरगंज महानगर पालिकाका मेयर राजेशमान सिहको सचिबालय सदस्य इश्वर यादब सहित तीन जनालाई गए रति वडा प्रहरी कार्यालय बिर्ताको टाेलिले पक्राउ गरेको थियो । प्रहरीले सामान्य बिबादको कारण नियन्त्रणमा लिएको बताएपनि यादब सहितका ब्यक्तिहरुले बिरगंज बर्गर हाउसका सञ्चालक सित आफ्नो राजनैतिक पहुचको धाक देखाएर विवाद गरि मारपिट समेत गरेको कारण प्रहरीले पक्राउ गरेको प्रत्यक्षदर्शिले बताएका छन । सत्ताधारि पार्टीको नगर अध्यक्ष र बीरगंज महानगर पालिकाको मेयर राजेशमान सिहको सचिबालयको सदस्य भएको धाक देखाएर बर्गर हाउसमा हुलजुल गरी हातपात समेत गरेको स्थानियले बताएका छन ।
इश्वर यादब जसपाको नगर अध्यक्ष , मेयरको सचिबालय सदस्यका साथै बीरगंज महानगर पालिका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश यादबको भाइ समेत हुन । यादबले आफ्नो पद र प्रतिष्ठाकाे दुरुपयोग गरेर आम जनता माथी अभद्र ब्यबहार गर्दै आएका थिए अतिनै भएपछि स्थानियकाे आराेप पछि प्रहरीले गएराति नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले बताएका छन ।