• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    डीआईजीको आर्शिवाद र आर्थिक चलखेलमा बर्षोदेखि पर्सामा उम्किदै यी प्रहरीहरु

  • वीरगंज संजाल
  • २३ चैत्र २०८०, शुक्रबार ०८:३८
  • १२९३

    वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र पर्साको विभिन्न नाकाहरुमा कार्यरत कतिपै प्रहरीहरूको वर्षोदेखि सरुवा भएको कुरा कागज मै मात्र देखिन्छ । सरुवा हुनै बितिकै आर्थिक चलखेल , डिआईजीको आशीर्वाद र पर्सा प्रहरी प्रमुखको आडमै जिल्लाको यो चौकीबाट अर्को चौकी जाने गरेको रहस्य लुकेको छैन ।

    विभिन्न बहाना देखाउँदै यी प्रहरीहरू २२ वर्षदेखि पर्सामै बसेका छन् । उनीहरूले प्रहरीको कामकाज हैन धेरै दिन एकै ठाउँमा बसेको भइसक्दा उनीहरू घर बराबर नै प्रहरीको कामकाजमा लागेको कुरा पटक पटक विभिन्न समाचारमा प्रकाशन भइसक्दा पनि माथिलो निकायबाट सरुवा अथवा कारवाही नहुँदा संकाको विषय बन्दै गएको छ ।

    वर्षो देखि सरुवा नभएका प्रहरीहरू पर्सामा छाप्छापी हुँदाहुँदै डिआईजी यज्ञ विनोद पोखरेलको आशीर्वाद र पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलको चहलपहलमा पर्साको क्राइम ब्रान्च मात्रै हेर्नको लागी दरबन्दी नै नभएका सई रमेश बजगाईंलाई पर्सामा ल्याई क्राइम ब्रान्च हेर्न लगाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्सा र पर्साको विभिन्न नाकाहरुमा कार्यरत कतिपै प्रहरीहरूको वर्षोदेखि सरुवा भएको कुरा कागज मै मात्र देखिन्छ । सरुवा हुनै बितिकै आर्थिक चलखेल , डिआईजीको आशीर्वाद र पर्सा प्रहरी प्रमुखको आडमै जिल्लाको यो चौकीबाट अर्को चौकी जाने गरेको रहस्य लुकेको छैन ।

    विभिन्न बहाना देखाउँदै यी प्रहरीहरू २२ वर्षदेखि पर्सामै बसेका छन् । उनीहरूले प्रहरीको कामकाज हैन धेरै दिन एकै ठाउँमा बसेको भइसक्दा उनीहरू घर बराबर नै प्रहरीको कामकाजमा लागेको कुरा पटक पटक विभिन्न समाचारमा प्रकाशन भइसक्दा पनि माथिलो निकायबाट सरुवा अथवा कारवाही नहुँदा संकाको विषय बन्दै गएको छ ।

    वर्षो देखि सरुवा नभएका प्रहरीहरू पर्सामा छाप्छापी हुँदाहुँदै डिआईजी यज्ञ विनोद पोखरेलको आशीर्वाद र पर्सा प्रहरी प्रमुख कुमोद ढुङ्गेलको चहलपहलमा पर्साको क्राइम ब्रान्च मात्रै हेर्नको लागी दरबन्दी नै नभएका सई रमेश बजगाईंलाई पर्सामा ल्याई क्राइम ब्रान्च हेर्न लगाइएको छ ।

    पर्सामा अन्यन्त्र ठाउँबाट सरुवाभई आएका प्रहरीहरुलाई पछाडि पारेर वर्षोदेखि सरुवा भई पर्सा नछोडेका प्रहरीहरुलाई जिम्मेवारी दिनु भनेको शंकाको दृष्टिले हेरिने गरेको जगजाहेर छ ।

    प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरी कर्मचारी बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष मात्रै काम गर्न पाइने व्यवस्था छ ।
    अझ प्रहरी निरीक्षक देखी माथिल्लो तहको पदमा कार्यरत भए त बढीमा एक वर्षभन्दा बढी एउटा जिल्लामा बस्न पाइन्न । प्रहरीमा मात्रै होइन अन्य सरकारी सेवामा पनि एउटै ठाउँमा लामो समय कार्यरत रहँदा कार्यसम्पादनमा असर पर्न सक्ने भन्दै सरुवाको प्रावधान राखिएको हुन्छ ।

    तर, नियम र प्रचलनलाई लत्याएर पर्सा जिल्लामा केही प्रहरीहरू २२ वर्षसम्म एकै जिल्लामा कार्यरत रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार विशिष्टीकृत अनुसन्धान र भूमिकामा नदेखिएका ति प्रहरीहरू कसरी एकै जिल्लामा पेन्सन पाक्ने बेलासम्म कार्यरत छन् भन्ने रहस्य खुल्दैन ।

    पर्सामा प्रहरी नायब निरीक्षक देखी प्रहरी जवान तहसम्मका प्रहरीहरू १० देखी २२ वर्षसम्म एकै जिल्लामा डेरा जमाएर बसेका छन् । २०५८ सालदेखि ति प्रहरी कर्मचारीहरूले पर्सा नछोडेको पाइएको जिल्ला प्रहरी कार्यालय स्रोत बताउँछ ।

    देशको अन्यत्र स्थानमा सरुवा भएर पनि विगत २२ वर्षदेखि पर्सामा डेरा जमाएर बसेका प्रहरी नायब निरीक्षक (सई) मध्ये मित्र बहादुर राई र हिराबहादुर बुढाथोकी पर्साका स्थायी जस्तै भएका छन् । उनीहरूलाई प्रहरी प्रधान कार्यालयले विभिन्न समयमा देशका विभिन्न जिल्लामा सरुवा गरेपनि काजमा सरुवा मिलाएर उनीहरु विगत २२ वर्षदेखि पर्सामै छन् । हाल काजमा मित्र बहादुर राई जिल्लाकै प्रबन्ध शाखा र हिराबहादुर बुढाथोकी प्रशासन शाखामा कार्यरत छन् ।

    यस्तै प्रहरी सहायक निरीक्षक ज्ञानबहादुर श्रेष्ठको समेत अन्यत्र सरुवा भएपनि छपकैयामा काजमा खटिरहेका छन् । यो सँगै उनी पर्सामा बसेको २० वर्ष नाघेको छ।

    यस्तै १५ वर्षदेखि प्रहरी सहायक निरीक्षक (असई) नेत्र बहादुर खड्का, मिना बडाल, नन्दकला टमाटा पर्सा छोडेका छैनन् । खड्का हाल जिल्ला अदालत, बडाल सामुदायिक प्रहरी मिना बजार, टमाटा जिल्लाकै महिला सेलमा काजमा रहेकी छिन् ।

    यस्तै प्रहरी सेवामा आबद्ध रहेका एक दम्पतीपनि विगत १५ वर्षयता पर्सा छोडेका छैनन् । प्रहरी बरिष्ठ हवलदार दलबहादुर थापा र उनकी श्रीमती प्रहरी हवलदार कमला तमाङ दुवैजना विगत १५ वर्षदेखि पर्सा जिल्ला मै कार्यरत छन् ।

    यस्तै प्रहरी हवलदार राधिका श्रेष्ठ, बसन्त माया राना, विजया कार्की समेत १५ वर्षदेखि पर्सामै छन् । प्रहरी हवल्दार श्रेष्ठ वीरगंज भन्सारस्थित प्रहरी चौकी इनर्वा, राना र कार्की उच्च अदालत विटमा काजमा छन् ।

    यस्तै प्रहरी हवल्दार ज्याती खाती, राम प्रसाद त्रिपाठी, टिका श्रेष्ठ, लक्ष्मी श्रेष्ठ समेत १० वर्षदेखि पर्सा जिल्लामै काजमा रहेका छन् । प्रहरी हवल्दार खाती कारागार, त्रिपाठी प्रशासन शाखा, टिका र श्रेष्ठ सञ्चार शाखामा काजमा छन् ।

    प्रहरी सहायक हवल्दार विज्ञान थापाको सरुवा अन्यत्र रहेपनि १४ वर्षदेखि पर्सा मै छन् । हाल उनी लेखा शाखामा रहेका छन । यस्तै प्रहरी सहायक हवल्दार सरोज खड्का, अजिता घिमिरे विगत १० वर्षदेखि पर्सा जिल्लामै कार्यरत रहेका छन् । प्रहरी सहायक हवल्दार खड्काले टाइगर टोली सम्हालेका छन् भने घिमिरे जिल्ला प्रशासन कार्यालय र १० वर्षदेखि पर्सा मै डेरा जमाएर बसेका छन् ।

    यस्तै, प्रहरी जवान धनमाया दाहाल समेत १० वर्षयता पर्सामै कार्यरत रहेका छन् । प्रहरी जवान दाहाल अपराध शाखामा काजमा कार्यरत रहेका छन् ।

    यस्तै सई टेक बहादुर कार्कीको समेत सरुवा मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर भएपनि काजमा प्रहरी चौकी अलौमा खटिरहेका छन् । यस्तै सई गोरख शाहीको समेत अन्यत्र सरुवा भए पनि काजमा महिला सेलमा खटिरहेका छन् । यस्तै सई सुनिल कुमार थापाको समेत उच्च अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाई न्यायाधीश सुरक्षा गार्ड राजविराज सप्तरी सरुवा भएपनि काजमा वडा प्रहरी कार्यालय श्रीपुर खटिरहेका छन् ।

    एउटै जिल्लामा लामो समय किन ?

    आर्थिक नगरी वीरगंज आफैँमा आकर्षणको केन्द्र हो । झन देशकै सबैभन्दा ठूलो २ वटा भन्सार नाकाबाट हुने वस्तु आयात र निर्यात तथा अवैध तस्करीका कारण यो क्षेत्र सुरक्षाको दृष्टिले चुनौतीपूणर् र संवेदनशिल मानिन्छ । अझै त्यसमा हुने खेलो फड्कोका लागि पनि वीरगंज धेरैको रोजाइमा पर्छ ।

    भलै वीरगंजमा लामो समयसम्म कार्यरत रहेका प्रहरीहरू गलत कामकै लागि राखिएको नहुन सक्छन् । तर, तस्करी हुने मालसमानको लाइन मिलाइदिने देखी राजनीतिक अपराध लुकाउनसम्मका लागी पर्सा सरुवा गराएर नजिकको प्रहरी राख्ने चलन नौलो होइन् ।

    प्रहरी नियमावली अनुसार शान्ति सुरक्षा वा अन्यत्र विभिन्न प्रयोजनले एक प्रहरीले बढीमा एउटै जिल्लामा २ देखी ३ वर्ष र प्रहरी निरीक्षकदेखि माथिल्लोस्तरमा बढीमा एक वर्षसम्म एउटा जिल्लामा बस्नुपर्ने नियम छ । मधेश प्रदेश प्रहरी प्रवक्ता श्याम कुमार महतोका अनुसार अन्य पदका लागि २ देखि ३ वर्ष र निरीक्षक देखि माथिल्लो पदमा बढीमा १ वर्ष मात्रै एउटा जिल्लामा बस्न पाइन्छ ।

    तर, मधेश प्रदेशका ८ जिल्लामा भने यो प्रावधान लागू हुन सकेको छैन् । मुख्यमन्त्री, प्रदेश मन्त्रीदेखि सांसद, मेयरसम्मले आफ्ना मान्छे भन्दै सरुवा गराएर काजमा प्रहरीहरू जिल्ला ल्याउने गरेको पाइन्छ ।

    यस विषयमा डिआईजी यज्ञ विनोद पोखरेलले सरुवा मिलानको कामकाज भइरहेको बताए । १५ देखि २० दिनमै मिलान गरी सरुवा भएको ठाउँमा पठाइने उनले बताए ।

    पर्सा प्रहरीमा एक हजार जनाको दरबन्दी रहेको र विशेष काम बाहेकको अवस्थामा प्रहरीको लामो समयसम्म सरुवा नहुने अवस्था नरहने पनि जिल्ला प्रहरी कार्यालयले प्रष्टयाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑