• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धोबिनीमा कमिशनको कारण कुटाकुट भएको खुलासा

  • वीरगंज संजाल
  • २२ चैत्र २०८०, बिहीबार १७:३८
  • १६२५

    वीरगंज | धोबिनी गाउँपालिका कार्यालयमा हिजो मङ्गलवार प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच भएको झगडाले सो गापामा हुने गरेको अनियमिततालाई उजागर गरेको छ । धोबिनी गापामा हिजो भएको घटना बाहिरिएको मात्र हो, यस अघिदेखि सो पालिकामा प्रमुख प्रशासकीय अधिकृत र जनप्रतिनिधिहरूबीच मनमुटाव रहँदै आएको थियो । प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार साह धोबिनीमा सरुवा भएर आएको सात महीनामा भएको छ । तर उनी यो अवधिमा मुश्किलले आधा महीना मात्र कार्यालयमा बसेका छन् । उनले वीरगंजमा समानान्तर कार्यालय सञ्चालन गरेर यहीबाट गापाका सबैजसो काम गर्दै आएका थिए ।

    कार्यालयका लेखापाल र जिन्सी प्रमुखसँगको सहकार्यमा वीरगंजमा रहेको समानान्तर कार्यालयबाट गोप्य टेन्डर प्रकाशन गर्ने र त्यसमा लाखौंको अनियमितता गर्ने गरेको आरोप लागेको छ । गापाको वार्षिक आन्तरिक आम्दानी दुई करोड रुपैयाँ छ । गापामा स्थिति पोखरी ठेक्काबाट सोबापतको रकम गापालाई प्राप्त हुने र सोही रकम जनप्रतिनिधिहरूलाई बाइपास गरेर प्रमुख प्रशासकीय अधिकृतले आफूखुशी सञ्चालन गर्दा विवाद चुलिएको हो । यसअघि जनप्रतिनिधिहरूले आआफ्नो आवश्यकताका सामानहरू वडामार्फत खरीद गर्ने र त्यसको भुक्तानी पालिका कार्यालयबाट हुने चलन थियो । तर प्रमुख प्रशासकीय अधिकृत साहले सो कार्य बन्द गरी आफू मातहतबाट खरीद हुने व्यवस्था सिर्जना गरेका थिए । आफू मातहतबाट सामानहरू खरीद हुँदा वडा कार्यालयलाई प्राप्त हुने कमिशन मरेको र सबैजसो खरीदबाट प्रमुख प्रशासकीय अधिकृतलाई कमिशन जाँदा जनप्रतिनिधिहरू रिसाएका थिए ।

    चालू आवमा पोखरीको ठेक्काबापत उठेको दुई करोड रुपैयाँमध्ये एक करोड सञ्चित थियो । प्रमुख प्रशासकीय अधिकृत साहले सो रकममध्ये ८० लाख खर्च गरिसकेका थिए र सोबापतको कमिशन पनि बुझेका थिए । प्रमुख प्रशासकीय अधिकृत साहले ८० लाखको सामान टेन्डर नगरी सहनी ब्रदर्स सप्लायर्ससँग सामान खरीद गरेको र सोबापत २० लाख कमिशन बुझेको आरोप छ । त्यसरी खरीद गरिएका सामानहरू उनले वडा कार्यालयमा पठाएर रातारात वितरण गरेको वडाध्यक्षहरूको आरोप छ । धोबिनी गापामा अध्यक्ष र उपाध्यक्षबीच तनाव छ । दुवै नमिलेका र बहुमत अध्यक्षतर्फ भएको कारण अध्यक्षलाई प्रभावित पारेर प्रमुख प्रशासकीय अधिकृतले यी सबै कारनामा रच्दा विवाद बढेको कर्मचारीहरू बताउँछन् ।

    चालू आवमा विनियोजित बजेट सम्बन्धित शीर्षकमा खर्च नगरी प्रमुख प्रशासकीय अधिकृत साहले आफूखुशी खर्च गरेको जनप्रतिनिधिहरूको आरोप छ । रेडबूकमा अङ्कित योजनाविपरीत आफूखुशी खर्च गरेको भन्दै जनप्रतिनिधिहरू र प्रमुख प्रशासकीय अधिकृत साहबीच धेरै दिनदेखि विवाद रहँदै आएको छ । गापा कार्यालयमा नबसेर वीरगंजबाट काम सम्पन्न गर्दै आएका उनी हिजो कार्यालय पुग्दा पुरानो विषयलाई लिएर विवाद बढेको र हात हालाहालको अवस्था सिर्जना भएको थियो ।

    अहिले सो गापाका ठेकेदारहरूले काम सम्पन्न गरेबापतको भुक्तानी पाएका छैनन् । यसैगरी, शिक्षकहरूले होलीमा पनि तलब पाएनन् । जनप्रतिनिधिहरूलाई थाहा नदिई जथाभावी सामान खरीद गर्दै आएका प्रमुख प्रशासकीय अधिकृत साहले यसबारेमा सम्बन्धित पक्षसँग संवाद, भेटघाट पनि नगरेका कारण हिजो कार्यपालिका सदस्य दिनेश कलवार जङ्गिएको बताइन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑