वीरगञ्ज । लुम्बिनी प्रदेशको नवलपरासीमा जारी मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता खेलमा मधेस प्रदेश विजयी भएको छ । बिहीबार बिहान सम्पन्न खेलमा मधेस प्रदेशले लुम्बिनीमाथि सानदार जित प्राप्त गरेको हो ।
खेलमा उत्कृष्ट प्रदर्शन गर्ने वीरगञ्जका सागर यादव प्लेयर अफ दी म्याच घोषित भए । मधेस प्रदेशका खेलाडीहरूमध्ये सबैभन्दा राम्रो प्रदर्शनी गरेका यादवलाई आयोजकले प्लेयर अफ दी म्याचको उपाधिबाट सम्मानित गरेका थिए ।
वीरगञ्जस्थित ब्राइट पब्लिक स्कुल प्लस टू विज्ञान तथा व्यवस्थापन (बीपीएस) मा अध्ययनरत यादवले प्राप्त गरेको उपाधिका लागि विद्यालयले उनलाई बधाईसहित शुभकामना दिएको छ ।
बिपीएसका निर्देशक मुकेश गुप्ताले यादवलाई बधाई दिँदै आगामी भविष्यका लागि शुभकामना समेत दिएका छन् । आफ्नो शैक्षिक संस्थाले पठनपाठनसँगै खेलकुद सम्बन्धी गतिविधिमा विशेष जोड दिँदै आएको जानकारी गराउँदै गुप्ताले प्लेयर अफ दी म्याच घोषित भएका यादवलाई विद्यालयले पनि सम्मानित गर्ने बताए ।
वीरगञ्ज महानगरपालिका – ९ पान गल्लीमा अवस्थित बिपीएस प्लस टू विज्ञान तथा व्यवस्थापनमा बाल विकास कक्षादेखि १२ कक्षासम्म अध्यापन गराइन्छ । पछिल्लो वर्षहरूमा उत्कृष्ट नतिजा ल्याउन सफल बिपीएस हाल अभिभावकहरूको पहिलो रोजाई पर्ने गरेको छ । बिपीएसले पठनपाठनसँगै विद्यार्थीहरू सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रम आयोजना गर्नुका साथै उनीहरूलाई खेलकुद लगायतका गतिविधिमा सहभागी हुन् प्रोत्साहित समेत गर्ने गरेको छ ।
बिपीएसले हाल बाल विकास कक्षादेखि ९ कक्षासम्म नि:शुल्क विद्यार्थी भर्ना लिइरहेको विद्यालयका प्रतिनिधि अखिल पटेलले जानकारी दिए ।