• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पूर्व मन्त्रीले कर्मचारी कुटेको आक्रोश : पूर्व मन्त्री यादवविरुद्ध कर्मचारीहरु आन्दोलित

  • वीरगंज संजाल
  • २० चैत्र २०८०, मंगलवार ११:३५
  • १६०९

    वीरगञ्ज । सप्तरी जिल्लामा मधेश प्रदेशका पूर्व शिक्षा तथा संस्कृति मन्त्री महेश प्रसाद यादवविरुद्ध कर्मचारीहरु आन्दोलित भएका छन् ।

    मन्त्री यादवले पूर्वाधार विकास कार्यालयका प्रमुखमाथि दुव्र्यवहारको विरुद्धमा कर्मचारीहरु आन्दोलनमा उत्रेका छन् । कार्यालय प्रमुख प्रवीण प्रताप अधिकारीमाथि प्रदेश साँसदको टोलीद्वारा हातपात र दुव्र्यवहार भएको भन्दै उनीहरु सोमवार कार्यालयको कामकाज ठप्प पार्दै आन्दोलनमा उत्रेका छन् । आन्दोलनरत कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी किरण थापालाई सोमवार ध्यानाकर्षण पत्र बुझाउँदै कारवाहीको माग गरेका छन् ।

    जनमत पार्टीका तर्फबाट प्रदेश साँसद रहेका यादव, मो.सकिल अली, शम्भु प्रसाद साह लगायतको नेतृत्वमा रहेको टोलीले आइतवार कार्यकक्षमै पुगेर कार्यालय प्रमुख अधिकारीमाथि हातपात र दुव्र्यवहार गरेको विरुद्धमा आन्दोलनमा उत्रेका कर्मचारीहरुले जनाएका छन् ।

    प्रमुख जिल्ला अधिकारी थापालाई कर्मचारीहरुको तर्फबाट बुझाइएको पत्रमा हातपात र दुव्र्यवहार गर्नेहरुमाथि कारवाही नहुञ्जेलसम्म कार्यालयको सम्पूर्ण कामकाज बन्द रहने उल्लेख छ । टाउको र हातमा कालो पट्टी बाँधेर कार्यालय परिसरमै धर्नामा वसेका कर्मचारीहरुले घट्नाका दिन दुव्र्यवहारका दृश्य कैद भएका कार्यालयको सिसी टिभी फुटेजको प्रमाणका आधारमा छानबिन गरी दोषीमाथि कारबाही तथा कार्यालयमा काम गर्ने सुरक्षित वातावरणको प्रत्याभूतिको माग गरेका छन् ।

    जनमत पार्टीका नेता समेत रहेका सांसद यादवले पूर्वाधार कार्यालयले जथाभावी योजना वितरण गरेको आरोप लगाउँदै कुटपिट गरेको आरोपलाई अस्वीकार गरेका छन् । प्रदेश साँसद यादवले हातपातको कुरा अस्वीकार गर्दै विचौलियाको प्रभावमा परेर जथाभावी योजना बाँडेको विरोध गर्दा आपूmसंग सामान्य वादविवाद मात्र भएको दाबी गरेका छन् ।

    यसैबीच सोमवार जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साहको अध्यक्षतामा वसेको पालिका प्रमुखहरुको बैठकले योजना बाँडफाँटमा विचौलियाको प्रभाव रोक्न पूर्वाधार विकास कार्यालयबाट प्रदान गरिने योजना सम्बन्धी पत्र सोझै सम्बन्धित पालिकालाई बुझाउनु पर्ने माग गरेका छन् । बैठकले सो विषयबारे आगामी चैत्र २१ गते बुधवार आवश्यक निर्णय लिन जिल्लाका १८ वटै पालिका प्रमुखहरुको बैठक बोलाउने निर्णय समेत गरेको छ ।

    प्रदेशमा सत्ता गठबन्धन फेरिएसँगै भौतिक पूर्वाधार विकास मन्त्री पनि फेरिएका छन् । हाल रातो किताबमा उल्लेख भएका योजनाहरु मध्ये उपभोक्ता समितिले गर्ने कामको पत्र वितरण भइरहेको छ । टेण्डर प्रकृयाबाट हुने निर्माण कार्यमा विवाद देखिएको छैन् । उपभोक्ता समिति गठन गर्न योजनाको पत्र लिन विभिन्न दलका नेताहरुको भौतिक पूर्वाधार विकास कार्यालयमा चर्को दबाब रहेको छ । सबै दलका नेताहरुले आ–आफ् ना समर्थक मार्फत योजना कार्यान्वयन गराउन चाहिरहेका छन् ।

    स्रोतहरुका अनुसार वर्तमान भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले प्रकृया पु¥याएर मात्र योजना वितरण गर्न निर्देशन दिएकाले विगतमा योजना रहेको दावी गरेकाहरु आक्रोशित भएका छन् । मन्त्री यादवले सप्तरी जिल्लाको घटनाबारे बुझिरहेको बताउँदै विकास निर्माणको कार्यलाई अवरोध गर्नु उचित नभएको बताए ।

    पूर्वाधार विकास कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रेपछि सम्पूर्ण कामकाज ठप्प भएको छ । कार्यालय परिसरमा कालोपट्टी बाँधेर दिनभरि कर्मचारीहरु धर्ना बसेकाले कुनै काम हुन सकेन् ।

    जिल्ला प्रशासन कार्यालयले समस्याको तत्काल निराकरण नगरिए सप्तरी जिल्ला पूर्वाधार कार्यालयबाट प्रकृया अगाडि बढाउन बाँकी रहेका कयौं योजनाहरु अलपत्र पर्ने छन् । उपभोक्ता समिति मार्फत हुने निर्माण कार्यहरु धेरै रोकिने एकजना कर्मचारीले बताए । ‘पालिकाहरुले सोझै पत्र पठाउन माग गरिरहेका छन्’ ती कर्मचारीले भने, त्यसले योजना राख्न लगाएका नेताहरुमा तीव्र असन्तुष्टि उत्पन्न भएर कामकाज प्रभावित हुने संभावना बढेको छ ।

    कांग्रेसका मन्त्री रहेको बेला राखिएका योजनाहरुमा अहिले एमालेका कार्यकर्ताहरुले दावी ठोकेका छन् । उनीहरुले पत्र लिएर पालिकाबाट उपभोक्ता समिति गठन गराउन जोडबल गरिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑