वीरगञ्ज । वीरगञ्जको अशोकबाटीकास्थित एक घरबाट चोरी भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १० अशोकबाटीकास्थित शमशानघाट नजिकै रहेको सुमित टिवडेवालको घरबाट धनमाल चोरी भएको हो ।
टिवडेवाललाई जिल्ला प्रहरी कार्यालय पर्सामा दिएको निवेदनअनुसार २० तोला सुनसहितका गहना र १ लाख नगद चोरी भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । चोरी गर्ने समूहको खोजी कार्यलाई तिव्र पारिएको पनि थापाले बताए ।
यो घटनामा चोरी भएको भनिएपनि एक प्रत्यक्षदर्शीले भने लुटपात भएको प्रतिक्रिया दिए । उनकाअनुसार चोरी गर्ने समूहले हतियार देखाएर डर तथा धाकधम्की दिएर गहना तथा नगद लुटेको हो ।