• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जको सडक विस्तार विवाद

  • वीरगंज संजाल
  • २८ फाल्गुन २०८०, सोमबार ११:१३
  • २०५३

    वीरगंज | आर्थिक अभियान दैनिकमा यो साता त्रिभुवन राजपथ विस्तारको विवादसम्बन्धी दुईओटा समाचार आए । एउटा सर्वोच्च अदालतमा विचाराधीन यो विवादको पेशी पटकपटक सर्दा परेको समस्या र अर्को राजपथको एलाइनमेन्ट नै परिवर्तन भइसकेपछि पनि सडक विभागले सडकको क्षेत्राधिकार तोकेर संरचना हटाउन सूचना निकालेको सन्दर्भको समाचार प्रकाशित भयो । विभागीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट सडकको एलाइनमेन्ट नै संशोधन भएर सडक विभाग स्वयम््ले राजमार्गको सूचीमा प्रकाशित गरिसकेको अवस्थामा पुरानो एलाइनमेन्टमा पर्ने वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्मको खण्डमा २५/२५ मीटर विस्तार गर्ने भन्दै सूचना निकाल्नु आफैमा विरोधाभासपूर्ण कार्य हो । यसले हाम्रो सरकारी संयन्त्रको कार्यशैली कति भद्दा र गैरजिम्मेवार छ भन्ने एउटा थप उदाहरण स्थापित गरिदिएको छ ।

    वीरगञ्जको रजतजयन्ती चोकबाट मुख्य शहरबाहिरबाट ६ लेनको बाईपास सञ्चालनमा छ । इनर बाइपास र ४० फिटको अर्को सडक निर्माण भएको छ । यसकारण शहरको बीचमा राजमार्गको अर्थ छैन ।

    वीरगञ्ज र त्रिभुवन राजपथ
    वीरगञ्ज मुलुकको मुख्य प्रवेशद्वारमात्र नभएर अहिले पनि आपूर्तिको मुहानका रूपमा रहिआएको छ । आयातित मालवस्तु बढी परिमाणमा यही नाका भएर भित्रिने भएकाले यहाँ ढुवानी साधनको आवागमन चाप बढी हुन्छ । यसैले वीरगञ्जस्थित नेपाल–भारत सीमावर्ती मितेरीपुलदेखि नौबीसेसम्म १८९ किलोमीटरको त्रिभुवन राजपथ बनाइयो । त्यो समयमा राजधानी काठमाडौंलाई वैदेशिक व्यापारसँग जोड्ने एउटा यहीमात्रै बाटो थियो । सन् १९५६ मा निर्माण भएको यो राजमार्ग नेपालकै पहिलो राजमार्ग पनि हो । त्यसयता राजधानी काठमाडौंसम्म आवागमनका लागि अनेक विकल्प तयार भएका छन् । स्वयम् वीरगञ्जमा पनि यो सडकभन्दा फराकिला सडक बनिसकेका छन् ।

    व्यापार र खपतको मुख्य बजारका रूपमा रहेको काठमाडौं उपत्यकासँग सम्पर्कका लागि वैकल्पिक मार्गहरूको विकास भइसकेको छ । कतिपय योजना कार्यान्वयनका क्रममा छन् । मुख्य नाकामा रहेको वीरगञ्ज भन्सारसमेत सिर्सियामा सारिएको छ । अब यो राजमार्गबाट आयातनिर्यात हुँदैन । मितेरीपुल–वीरगञ्ज खण्ड अब यात्रु आवागमनको मार्गबाहेक अरू केही होइन । त्यसैले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले २०७२ सालमै सिर्सियास्थित आईसीपी हुँदै परवानीपुर–पथलैयालाई त्रिभुवन राजपथको एलाइनमेन्ट तोकेको हो ।

    अहिले यो राजमार्गको औचित्य एउटा सम्पर्क सडकमात्रै हो । यो मार्गबाट भारतीय सवारीसाधनलाई पास उपलब्ध गराउने र सीमावर्ती भारतीय शहर रक्सौलमा किनमेलका लागि जानेहरूमा निगरानी राख्ने कामबाहेक अन्य केही हुँदैन । आईसीपीबाट यात्रु आवागमन र यात्रुवाहक सवारी खुला भएपछि यो मार्गको औचित्य रक्सौलसँगको एउटा सम्पर्क सडकभन्दा अरू हुँदैन ।

    सडक विस्तारको नाममा सयौं मानिसलाई सडकमा ल्याउनु व्यावहारिक विकास होइन । सडक आसपासका घर भत्काएपछि त्यसको व्यवस्थापन र पुनर्निर्माण कति समयमा र कसरी गर्ने हो ? त्यो महङ्खवपूर्ण कुरा हो । सडक विस्तार शहरको मौलिकता र सुन्दरता सखाप पार्ने उपक्रम नबनोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

    कानूनी व्यवस्था र लडाइँ
    राजमार्ग (निर्माण व्यवस्था) ऐन २०२१ मा सडकको केन्द्र रेखाबाट २१/२१ गज दायाँबायाँलाई सडक सीमा भनिएको थियो । २०३१ सालमा आएको सार्वजनिक सडक ऐनले राजमार्गको सडकको मध्यभागबाट २५/२५ मीटर दायाँबायाँ सडकको क्षेत्राधिकार निर्धारण गरेको छ । ऐनले यो सीमाबाहेक ६ मीटर जग्गा छोडेरमात्र संरचना निर्माण गरिनुपर्ने भनेको छ । यही ऐनलाई टेकेर सडक विभागले २०७६ कात्तिकमा वीरगञ्जको गण्डकदेखि मितेरीपुलसम्मको सडक विस्तारको सूचना निकालेपछि करीब १२ सय जग्गाधनी सर्वोच्च न्यायालयमा न्यायको गुहार माग्न पुगे । तर, यो विषय १९ पटक पेशी चढ्दा पनि निरूपण हुन सकेको छैन ।

    अहिलेको वीरगञ्ज
    वीरगञ्जमा मुख्य सडकको विकल्पमा अन्य सडक पूर्वाधार तयार भइसकेका छन् । ती पूर्वाधारको उपयोगले यो सडकलाई अब सामान्य सम्पर्क सडकमा मात्र रूपान्तरित गरिसकेको छ । मुख्य नाकाको कार्गो आवागमन आईसीपी र सुक्खा बन्दरगाहबाट परवानीपुरमा निस्किएको ६ लेन व्यापारिक मार्गतर्फ केन्द्रित भइसकेको छ । वीरगञ्जको रजतजयन्ती चोकबाट मुख्य शहरबाहिरबाट ६ लेनको बाईपास सञ्चालनमा छ । इनर बाइपास र ४० फिटको अर्को सडक निर्माण भएको छ । यसकारण शहरको बीचमा राजमार्गको अर्थ छैन । यसै पनि घनाबस्ती भएको शहरीक्षेत्रमा राजमार्गको अवधारणालाई दुर्घटनाको कारण मान्न थालिएको छ ।

    राजमार्गको अवस्थितिको अभ्यास
    जुन समय त्रिभुवन राजपथको रूपमा मुख्य सडक बन्यो, त्यतिबेला सडकआसपासमा बाक्लो बस्ती थिएन । त्यसअघि यो सडकमा रेलमार्ग थियो । रेलमार्गलाई त्यसको पूर्वतर्फ सारेर त्यहाँ राजपथ बनाइएको थियो । राजमार्ग शहरको बीचमा हुँदैन । शहरबाहिर राजमार्ग बनाइएको हुन्छ । राजमार्गमा तीव्र गतिमा दौडिने सवारीसाधनका कारण दुर्घटना नहोस् भन्नका लागि यसो गरिएको हो । मन्त्रिपरिषद्ले ८ वर्षअघि नै शहरको पश्चिमतर्फको आईसीपी परवानीपुरलाई त्रिभुवन राजपथको एलाइनमेन्ट मानिसकेकाले पनि अब यो सडकलाई राजमार्गको मापदण्डको रट लगाउनुको अर्थ छैन ।

    निकास के त ?
    त्रिभुवन राजपथको एलाइनमेन्ट नै संशोधन भएको अवस्थामा अब यो सडकलाई ५० मीटर नै फराकिलो बनाउनुपर्छ भन्ने हठको अर्थ छैन । सडकलाई एक इन्च पनि फराकिलो बनाइनु हुँदैन भन्ने अडान पनि सही होइन । वीरगञ्जको मौलिकतालाई जोगाएर निकास खोज्नुपर्छ । वीरगञ्जको घण्टाघरदेखि माईस्थान र आदर्शनगरसम्मको सडकमा देखिने अत्यधिक सडक जामले सडकलाई सापेक्ष फराकिलो बनाइनुपर्ने आवश्यकता देखिएको छ । यसले अब वीरगञ्ज बजारको सवारी आवागमनलाई धान्न सक्दैन । वीरगञ्ज महानगरले विगतमा यो सडक खण्डलाई १५/१५ मीटर फराकिलो पारेर निकास निकाल्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको थियो । यो उपाय सापेक्ष हुन सक्छ ।

    तर, यसो गर्दा स्थानीयलाई क्षतिपूर्ति भने दिइनुपर्छ । यो सडकखण्डमा बसोवास गर्नेहरूसँग जग्गाधनी प्रमाणपुर्जामात्र होइन, घरको नक्सापास, कर, मालपोतलगायत तिरो तिर्दै आएका छन् । यसको अर्थ त्यो जग्गा स्थानीयको हो । नागरिकको जग्गा राज्यलाई चाहिएको अवस्थामा सरकारले लिन सक्छ, तर नियमानुसार मुआब्जा र क्षतिपूर्ति नदिई कब्जा गर्न पाइँदैन । अर्को, वीरगञ्जका कति सडक र गल्ली यस्ता छन् जहाँ दमकल र एम्बुलेन्ससमेत छिराउन सकिँदैन । यस्ता संरचनाहरूको व्यवस्थापनलाई पनि सँगै अघि बढाउनु सान्दर्भिक र सहज हुन्छ ।

    सरकारले राजमार्गको एलाइनमेन्ट परिवर्तन गरिसकेकाले यो खण्डलाई वीरगञ्ज महानगरको जिम्मा लगाइदिनुपर्छ । महानगरले स्थानीयसँग समन्वय गरेर केकति विस्तार गर्ने भन्ने विषय निक्र्यौल निकाल्न सक्छ । सडक आसपासका संरचना ध्वस्त पारेरमात्रै उदाहरणीय विकास हुन्छ भन्ने होइन । भौतिक संरचना मासेरमात्रै विकास गर्न सकिन्छ भन्ने मानसिकता सही होइन । संरचना भत्काउनुमात्र विकासको सूचक मान्न सकिँदैन । सडक विस्तारको नाममा सयौं मानिसलाई सडकमा ल्याउनु व्यावहारिक विकास होइन । सडक आसपासका घर भत्काएपछि त्यसको व्यवस्थापन र पुनर्निर्माण कति समयमा र कसरी गर्ने हो ? त्यो महत्त्वपूर्ण कुरा हो । सडक विस्तार शहरको मौलिकता र सुन्दरता सखाप पार्ने उपक्रम नबनोस् भन्नेमा विचार पुर्‍याउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑