• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दराजले तीन सयभन्दा बढी कर्मचारी हटायो

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १५:३५
  • १६२९

    वीरगंज | अनलाइन किनमेल बजार दराजले ३०० भन्दा बढी कर्मचारीलाई पूर्व जानकारी नदिई हटाएको कर्मचारीहरूले बताएका छन्। नवलपरासीका मिलन कार्की हतारहतार कार्यालय पुग्छन्। अघिल्लो दिन साप्ताहिक बिदा भएकाले कामकाज थुप्रिएको होला भन्ने सोचेका थिए। कार्यालय पुग्दा त कामको चाप होइन, जागीरबाट निकालिएको थाहा पाउँछन्।

    “म त सधैं झैं अफिस पुगेको थिएँ,” कार्की सुनाउँछन्, “अफिस पुग्दा साथीहरू निन्याउरो अनुहार बनाएर एकत्रित भएका थिए। के भए छ भनेर सोध्दा त निकालिएको जवाफ दिए। म पनि निकालिएको रहेछु।”कार्की ६ महीनादेखि दराजको कस्टमर डिपार्टमेन्टमा कार्यरत थिए। उनको मुख्य जिम्मेवारी ग्राहकको गुनासो सम्बोधन गर्ने थियो। दराजले एकै पटक लामो समयका लागि नियुक्त दिंदैन। शुरूआती चरणमा एक महीनादेखि तीन महीनाको अन्तरालमा नियुक्ति नवीकरण गर्ने दराजको नियम छ।

    दराजले योग्य ठानेपछि मात्र अवधि थप्दै जान्छ। यही नियम अनुसार पछिल्लो पटक कार्कीलाई ६ महीना थप गरिएको थियो। उनको कार्यावधि अझै चार महीना थियो। “चार महीना थप काम गर्न पाउनुपर्ने हो तर पूर्व जानकारी विना दराजले निकाल्यो,” कार्की भन्छन्। अनलाइन किनमेल बजार दराजले कार्की जस्तै थुप्रै कर्मचारीलाई पूर्व जानकारी नै नदिई निकालेको छ। नेपालमा कति जना कर्मचारी निकालेको भन्ने विषयमा आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। हिमालखबरलाई प्राप्त जानकारी अनुसार दराजले पछिल्लो दुई सातामा ३०० भन्दा बढी कर्मचारी निकालिसकेको छ। ती कर्मचारी दराजका विभिन्न विभागमा कार्यरत थिए।

    यसरी निकालिएका कतिपय कर्मचारीको कार्यावधि एक वर्ष बाँकी नै थियो भने कतिपयको त्योभन्दा पनि बढी रहेको उनीहरू बताउँछन्। समयावधि नसकिंदै निकालिएका कतिपय कर्मचारीलाई भने दराजले एक महीनाको तलब उपलब्ध गराउने निर्णय गरेको छ। निष्कासित कर्मचारीले यस अफरप्रति भने असन्तुष्टि जनाएका छन्। दराजले आवश्यकता अनुसार समय समयमा कर्मचारी हेरफेर गर्दै आएको छ। यद्यपि नेपालमा पहिलो पटक ठूलो संख्यामा कर्मचारी कटौती गरेको हो। अझै पनि कर्मचारी निकाल्ने क्रम रोकिएको छैन।

    दैनिकजसो अलि अलि गरेर निकालिरहेको दराजमा कार्यरत कर्मचारी बताउँछन्। पूर्व जानकारी नदिई एकाएक निकालिंदा आफूहरू बिचल्लीमा परेको उनीहरूको गुनासो छ।

    न्यून तलबमा अत्यधिक काम
    दराजमा बिहान र बेलुका गरी दुई शिफ्टमा काम हुने गरेको छ। लगभग चौबीसै घण्टाजसो सञ्चालन हुने दराज कम्पनीले दैनिक ज्यालाका आधारमा तलब उपलब्ध गराउँदै आएको छ। दराजको सेलर्स विभागमा दुई महीनादेखि कार्यरत एक कर्मचारीलाई पनि आफू निकालिएको थाहै थिएन। उनले दराजमा लामो समयसम्म काम गर्न पाइन्छ भन्ने सोचेकी थिइन्। स्नातक पढ्दै काम गर्दै गरेकी उनी त्यसैबाट गुजारा चलिरहेको बताउँछिन्।

    उनी बिहान ९ देखि बेलुका ६ बजेसम्म दराजमा खटिने गर्थिन्। दैनिक नौ-दश घण्टा काम गर्ने गरेको सुनाउँछिन्। यसरी काम गर्दा पनि पारिश्रमिक सन्तोषजनक नभएको उनको गुनासो छ। “दैनिक ज्याला ७५२ रुपैयाँ भनिएको थियो, कर काटेर हातमा ६२२ रुपैयाँ आउँछ भनिएको थियो,” उनी भन्छिन्, “तर नियुक्तिपत्रमा उल्लेख भए अनुसारको तलब पाइनँ।”दराज सामाजिक सुरक्षा कोषमा आबद्ध छ। जसले गर्दा कर्मचारीले नियुक्तिपत्रमा उल्लेख भए अनुसार तलब नपाउने गरेको उनी सुनाउँछिन्। “पहिलो महीनामा त आठ हजार ७०० रुपैयाँ मात्र पाएँ,” उनी भन्छिन्।

    दुई महीना पूरा हुन नपाउँदै उनलाई पनि दराजले कामबाट निकालेको छ। “गधा झैं काम गर्नुपर्‍यो तर काम गरे अनुसार चित्तबुझ्दो तलब पनि भएन,” उनी भन्छिन्, “झन् थाहै नदिई निकालियो।”दराज समूहले भने कर्मचारी कटौती नै अन्तिम विकल्प भएको जनाएको छ। दराज समूहका नवनियुक्त सीईओ जेम्स डोङले जारी गरेको विज्ञप्तिमा कर्मचारी कटौतीको घोषणा गरिसकेको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, ‘दराजलाई थप सुव्यवस्थित र संगठित बनाउन दराजले अनिच्छापूर्वक आफ्ना कर्मचारी कटौती गर्ने निर्णय गरेको छ। दराजको दिगो भविष्यलाई आत्मसात् गर्न हाललाई कर्मचारी कटौती नै अन्तिम उपायका रूपमा लिएका छौं।’

    हाल दराजले दक्षिणएशियाका पाँच वटा मुलुकमा आफ्नो ई-कमर्श व्यवसाय सञ्चालन गर्दै आएको छ- नेपाल, पाकिस्तान, बाङ्लादेश, श्रीलंका र म्यानमारमा। दक्षिणएशियाका अन्य मुलुकमा दराजले कर्मचारी कटौती गर्दै आएको भए पनि नेपालमा भने पहिलो पटक ठूलो संख्यामा कर्मचारी निकालेको हो। दराजको पब्लिक रिलेशन हेर्ने प्रशंसा मानन्धर पनि नेपालमा पहिलो पटक ठूलो संख्यामा कर्मचारी कटौती गरिएको बताउँछिन्। “दराजले अन्य मुलुकमा समय समयमा ठूलो संख्यामा कर्मचारी निकाले पनि नेपालमा भने यो पहिलो घटना हो,” मानन्धर भन्छिन्।

    दराजले नेपालमा किन र कति संख्यामा कर्मचारी कटौती गरेको हो भन्ने प्रश्नमा उनले जवाफ दिइनन्। “मैले यस विषयमा बोल्न मिल्दैन,” मानन्धर भन्छिन्, “दराजको आधिकारिक वेबसाइटमा विस्तृत उल्लेख गरिएको छ। हाललाई धेरै विषय अस्पष्ट भएकाले केही पनि भन्न सक्दैनौं।” उनले भने जस्ताे दराजको वेबसाइटमा नेपालमा कर्मचारी कटौतीबारे कुनै विवरण राखिएको छैन।

    श्रम ऐन विपरीत कर्मचारी कटौती
    जनशक्ति उपलब्ध गराउने निजी कम्पनी ‘स्लाइस जब’ मार्फत दराजले कर्मचारी नियुक्त गर्दै आएको थियो। सम्झौतापत्रमा नियुक्ति गर्दा तोकिएको समय समाप्त भएपछि कम्पनी स्वयंले कर्मचारी राख्न या स्वतः निकाल्न पाउने उल्लेख छ।

    दराजमा एक वर्ष वा सोभन्दा बढी कार्यावधि बाँकी रहेका र राजीनामा दिन इच्छुक कर्मचारीलाई थप सेवासुविधा दिने शर्तमा निकालिएको कर्मचारी बताउँछन्। तर दराजमा काम गर्ने तल्लो तहका कर्मचारीलाई कुनै सेवासुविधा नदिई निकालिएको पाइएको छ। तल्लो तहका कर्मचारीसँग भएको सम्झौतामा आकस्मिक रूपमा निकाल्ने र निस्कन पाउने सम्बन्धी कुनै पनि व्यवस्था गरिएको छैन।

    कुनै पनि कम्पनीले कर्मचारी निकाल्नुअघि पूर्व सूचना र कारणबारे स्पष्ट उल्लेख गर्नुपर्ने रोजगारविज्ञ सरू जोशी बताउँछिन्। “दराज जस्ता अन्तर्राष्ट्रिय कम्पनी कामदारप्रति झन् जवाफदेही हुनुपर्छ। अन्तर्राष्ट्रिय नियम र मापदण्डको पालना गरेको हुनुपर्छ,” जोशी भन्छिन्, “नेपाली श्रमिकलाई काममा लगाइरहेको छ भने पूर्व जानकारी विना स्पष्ट कारण नखुलाई कामबाट निकाल्न पाइँदैन।”

    कर्मचारी निकाल्दा वा कर्मचारीले छोड्दा कम्तीमा एक महीनाअघि जानकारी दिनुपर्ने कानूनी व्यवस्था रहेको जोशी बताउँछिन्। त्यस्तै, नेपालको श्रम ऐन, २०७४ अनुसार नियुक्तिका क्रममा श्रमिक र रोजगारदाताबीच भएको सम्झौताको पालना गर्नुपर्छ। तर दराजले आफूखुशी निकालेको कर्मचारी बताउँछन्।

    यससँगै कर्मचारीलाई क्षतिपूर्ति पनि दिनुपर्ने उनको भनाइ छ। “दराजलाई आफ्नो आवश्यकता अनुसार कर्मचारी नियुक्त गर्ने र निकाल्ने अधिकार छ। तर पूर्व सूचना विना र कारण उल्लेख नगरी कर्मचारी कटौती गरेको छ भने त्यो अमानवीय र गैरकानूनी हो,” उनी भन्छिन्।

    यस्तो अवस्थामा श्रम ऐन अनुसार कारबाही हुने उनी बताउँछन्। यसका लागि श्रमिक पनि कानूनी प्रक्रियामा जान सक्ने उनको भनाइ छ।

    अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालका मिलन श्रेष्ठ पनि नेपालको श्रम ऐन पालना गर्नुपर्ने बताउँछन्। “आईएलओको आफ्नै फ्रेमवर्क भए पनि देशको कानून अनुसार श्रमिकलाई निकाल्न पाउने या नपाउने भन्ने हुन्छ। दराज जस्ता कम्पनीहरूले पनि देशको ऐनको पालना गर्नुपर्छ,” श्रेष्ठ भन्छन्, “कर्मचारी निकाल्दा प्रक्रियामा जानुपर्छ।”

    कर्मचारीलाई निकाल्दा पूर्व जानकारी दिनुपर्ने श्रम ऐनले व्यवस्था गरेको उनी बताउँछन्। “जुनै कारणले निकालिए पनि पूर्व जानकारी गराउनुपर्छ भन्नेबारे श्रम ऐनमै उल्लेख छ। यसमा नेपालकै कानून प्रभावकारी मानिन्छ,” श्रेष्ठ भन्छन्, “यदि श्रमिकहरू पीडित हुनुभएको छ भने उहाँहरूले आफ्नो हकहितको माग गर्नुपर्छ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑