• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशको राजधानीमा छाडा चौपायाको आतंक

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १२:१०
  • ९९७

    जनकपुरधाम । जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषा अगाडिको चारलेन सडक बिहीबार बिहान साढे ११ बजेतिर गाईवस्तुको हुलले ढाकेको थियो । लाग्थ्यो यो सडक होइन, गौचरण हो । सवारी साधन तथा पैदलयात्री ती चौपायाको भीड छिचोलेर आउजाउ गरिरहेका थिए ।

    ट्राफिक प्रहरी कार्यालय अगाडि प्रायः यस्तै दृष्य देखिन्छ । तर ती पशु चौपाया नियन्त्रणमा स्थानीय सरकारले चासो देखाएको छैन । ‘दर्जनौं गाईवस्तुको बथान सधैं सडकमा हुन्छ,’ स्थानीय व्यवसायी रामपुकार साह भन्छन्, ‘सवारी साधन यात्रीलाई आवत-जावत गर्न समस्या भइरहन्छ । कहिलेकाहीँ सवारी दुर्घटना पनि हुन्छ । तर, कसैलाई मतलव हुन्न ।’जनकपुर-ढल्केबर छ लेन भएर यात्रा गर्दा पनि जनकपुरको मुजेलियादेखि पीडारीचोक, रामानन्दचोक, जिरोमाइलसम्म गाईवस्तुको बथान सडकमै यत्रतत्र देखिन्छ ।

    जनकपुरधामको भित्रीबजार क्षेत्रका सडक तथा गल्लीहरुमा मात्र होइन प्रदेश सरकारको मधेश भवन अगाडि समेत चौपायाहरुको बथान देखिन्छ । पछिल्लो समय गाईका बाच्छाबाच्छीसँगै घोँडा र सुँगुरहरु पनि छाडा छाडिएको देखिन्छ । छाडा चौपायाले जनकपुरधामको ट्राफिक व्यवस्थापन प्रभावित हुन्छ । कहिलेकाहिँ गाडीमा ठोक्किएर दुर्घटना पनि हुन्छ । रिक्सा चालक जनकपुरधाम उपमहानगरपालिका-११ का रामवरण दास भन्छन्, ‘जनकपुरको सडकमा गाईवस्तुले सडक जाम जस्तो समस्या भइरहन्छ । गाडीमा ठोक्किएर चौपाया छटपटाएर मर्ने पनि गर्छन्,’ उनी भन्छन्, ‘रिक्सा चलाउँदै गर्दा अचानक गाईवस्तु दौडेर अगाडि आइपुग्छ कि भन्ने डर लागिरहन्छ । यो जनकपुरको ठूलो समस्या भए पनि समाधानको लागि सम्बन्धित पक्षले खासै पहल गरेको छैन ।’
    केही महिना अघि जनकपुरको कदमचोकमा स्कुल बसको ठक्करले गाईको बाच्छो मरेको थियो । जनकपुरकै मुजेलियामा सवारी साधनकै ठक्करले गाई गम्भीर घाइते भएको थियो । यस्ता समस्या वर्षौंदेखि जनकपुरले भोगिरहेको छ । तर ट्राफिक प्रहरी छाडा चौपाया नियन्त्रण आफ्नो दायित्वभित्र नभएको तर्क गर्छ भने स्थानीय सरकारले चाडा चौपाया नियन्त्रणको प्रभावकारी पहल गरेको छैन ।

    जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख शेखर कुमार साह सडकमा छाडिएका पशु चौपाया नियन्त्रण गर्ने काम स्थानीय सरकारको भएको बताउँछन् । ‘गाईवस्तुलाई ट्राफिक प्रहरीले सडकबाट लखेट्नुपर्छ भनेर कतै पनि कानुनमा लेखिएको छैन । यो नियन्त्रण गर्ने काम स्थानीय सरकारको हो । सडकबाट गाईवस्तु धपाउँदा प्रहरीलाई पनि जोखिम हुन्छ,’ उनले भने । उनले अब उपमहानगरपालिकासँग समन्वय गरेर समस्या समाधानमा जोड दिने बताए ।

    छाडा गाईवस्तुको समस्या समाधानका लागि निर्वाचित जनप्रतिनिधिले खासै चासो देखाएका छैनन् । अघिल्ला मेयर लालकिशोर साहले आफ्नो पाँच वर्षे कार्यकालको सुरुमै छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापन निर्देशिका २०७५ बनाए । तर, कार्यान्वयन फितलो रह्यो । नियन्त्रण र व्यवस्थापनको काम नै भएन ।

    वर्तमान मेयर मनोज कुमार साह गौशाला र कान्जी हाउसको अभाव रहेको भन्दै एक वर्षसम्म छाडा चौपाया नियन्त्रणको काममा वास्ता गरेनन् । गत साउनमा उपमहानगरपालिका कार्यालयको झण्डै एक करोड रुपैयाँ खर्च गरेर कुवामा गौशाला निर्माण भयो । गत साउनमा नियन्त्रणको केही प्रयास भयो । तर, केही महिनायता बजारमा फेरि छाडा चौपायाको उस्तै आतंक छ ।

    जनकपुरधामको कुवामा रहेको गौशाला शुक्रबार दिउँसो पुग्दा खाली जस्तै थियो । त्यहाँ केवल ८ वटा गाई मात्र थिए । गौशालामा कार्यरत विजयकुमार राउतले जरिवाना तिरेर सम्बन्धित धनीले गाई लगेर गएकाले संख्या कम रहेको बताए । ‘यहाँ रहेका गाईवस्तु धनीले जरिवाना तिरेर लगिसकेका छन् । त्यसैले अहिले थोरै 5m’ उनले भने, ‘प्रति गाई पाँच हजार रुपैयाँको दरले जरिवाना तिराएर धनीलाई फिर्ता दिने गरेका छौं ।’

    मेयर मनोज साहले गौशाला निर्माणदेखि हालसम्म प्रतिगाई ५ हजारको दरले दुईलाख रुपैयाँ जरिवाना धनीबाट असुल गरेको बताउँछन् । उनकै भनाइका आधारमा अहिलेसम्म ४० वटा गाई मात्र त्यहाँबाट छुटेको बुझ्न सकिन्छ । तर, जनकपुरधाम उपमहानगरपालिका भित्र दर्जनौंको संख्यामा खुल्ला गाईवस्तु छन् । तर, पूर्ण रुपमा नियन्त्रणमा उपमहानगरको चासो देखिन्न ।

    उपमहानगरपालिका कार्यालयका अनुसार हालसम्म गाईवस्तुको घाँस, पराल र चोकरमा ५ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ । तर पशुचौपाया व्यवस्थापनको समस्या ज्यूँकात्युँ छ । सडकमा गाई पालेर दूध खाने प्रवृत्ति केही व्यक्तिले सडकमा गाई पालेर दूध खाने प्रवृत्तिले यो समस्या समाधान हुन नसकेको स्थानीय ईश्वर यादवको भनाइ छ । उनका अनुसार केही व्यक्तिहरुले साँझ-बिहान गाई घर लगेर दुहने र फेरि सडकमै छाडिदिने गरेका छन् ।

    गौशालाबाट जरिवाना तिरेर लगिएका गाई पनि पुनः सडकमै छाड्ने प्रवृत्ति रहेको गौशालाका कर्मचारी राउत बताउँछन् । ‘यहाँबाट जरिवाना तिरेर लग्छन् । अनि दूध दुहुने बेला साँझ बिहान घरमा राख्छन् । त्यसपछि फेरि सडकमै छाडिदिन्छन्’ उनले भने । उपमहानगरले गौशालामा त्यहाँ दुईजना मात्र कर्मचारी राखेको छ । राउतका अलावा सोनु कुमार मेस्तर छन् । अब खुल्ला पशु नियन्त्रण अभियान चलाउँछौं : मेयर साह

    मेयर मनोज साह निर्वाचित भएर आएपछि छाडाचौपाया नियन्त्रणको लागि अर्को कानुनको ड्राफ्ट पनि तयार भएको थियो । तर मेयर साहले २०७९/८० को नगरसभामै नलगेको एक कर्मचारीले बताए । यता मेयर साहले अब पुनः खुल्ला पशु नियन्त्रण अभियान चलाउने बताए । ‘अब फेरि नियन्त्रण अभियान थाल्छौं । अब बस्ने कार्यपालिका बैठकमा यो मुख्य विषय बन्छ । कानुन पनि बनाउँछौं,’ उनले भने ।

    सडकमा रहेको गाई दुर्घटनाले बेला मर्छ नै, तर गौशालामा पनि सुरक्षित छैन । उचित रेखदेख, उपचार र पर्याप्त खानपिन नहुँदा गाई मर्ने गरेका छन् । साउनयता गौशालामा ३ वटा गाई रोग लागेर मरेको स्थानीय बताउँछन् । तर, गौशालाका कर्मचारी राउत दुईवटा गाई मात्र मरेको स्वीकारे । ‘केही गाई बिरामी परेका थिए । उपचारपछि बाँचे । दुईवटा जति मरे,’ उनले भने । मेयर साहले वृद्ध गाईवस्तु मरेको हुन सक्ने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑