• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मधेशमा छोरीलाई प्राविधीक शिक्षा जरुरी रहेकोमा सरोकारवालाको जोड

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०८०, आईतवार १०:५५
  • ७९३

    वीरगंज | वीरगंजमा आज समावेशी शिक्षा सम्बन्धि नागरीक प्रयास र समाजको प्रयास र सिकाई आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । शिक्षामा समता, समावेशीता, उत्पदानशिल शिक्षाका लागि कार्य गर्दै आएको शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल एनसिई नेपालले अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शनिवार होटल मकालुमा समबन्धित विषयमा सरोकारवालाविच छलफल कार्यक्रम गरेको हो ।
    कार्यक्रममा विभिन्न चुनौती, बाधा अवरोधका बावजुद पनि आफ्नो लक्ष्यमा सफलता प्राप्त गरेका सबै क्षेत्रबाट एक एक जनालाई आफ्नो भोगाई र सफलताको अनुभव आदान प्रदान गर्ने अवसर संस्थाले दिएको थियो ।

    ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा अध्यापन गराई रहनुभएकी पिंकी सिँहले आफ्नो जिवनको भोगाई बारे स्मरण गर्दै चुनौतीको पाटोलाई पार गर्दै यहाँसम्मको यात्रामा सफल भएको र अझ महिला भएकै कारण कैयौ चुनौतीलाई पार गर्ने क्रममा रहँदा महिलाको जिवनमा धेरै पैसा नभई धेरै माया र कलह विनाको वातावरण मात्रै दिन सके महिलाहरुले धेरै राम्रा कार्यहरु गरेर देखाउन सक्ने क्षमताको विकास हुन सक्ने बताईन् । त्यसैगरी ठाकुरराम बहुमुखी क्याम्पसकी प्राध्यापक तथा छात्रावासकी प्रमुख वार्डेन रिना चौधरीले भने आमा बुवाको साथ र विश्वासका साथै आफुमा आत्म विश्वास र दृढ संकल्प र त्यही अनुसारको मिहीनेत छ भने जस्तो सुक्कै अवस्था र चुनौतीलाई पनि आफ्नो पक्षमा पार्न सक्ने बताउँछिन् ।

    त्यस्तै पोखरीया नगरपालिकाकी फुलकान्ति देवीले परिवारमा आफ्नो छोरीलाई शिक्षा दिनका लागि पनि आमाले बढी संघर्ष गर्नुपरेको बताउँदै आफ्नो दुई जना छोरीलाई शिक्षाका लागि पुर्ण रुपमा साथ र समर्थन दिएपछि हाल दुवै छोरी शिक्षामा अब्बल स्थानमा रहेको बताईन् । उनले छोरीलाई समाजले हेर्ने दृष्टिकोणमा अभमm पनि परिवर्तन हुन जरुरी रहेको बेला घरका सदस्यको मात्र साथ पाएर पनि छोरीहरुले आफ्नो सही लक्ष्य प्राप्त गर्न सक्ने बताउछिन् ।

    पर्साको धोविनी गाउँपालिकाका अजिज मियाँ मा.वि का प्राध्यानाध्यापक जितेन्द्र रामले गुणस्तरीय शिक्षाका लागि कितावी ज्ञान मात्र नभई गुणस्तरीय शिक्षक र प्राविधीक शिक्षाको आवश्यतmा रहेको बताए । विश्व बजारमा प्रतिस्पर्धामा उत्रिन सक्ने किसिमको अध्ययन अध्यापन विधी हुनुपर्नेमा पर्साका विधालयहरुमा शिक्षाका लागि विनियोजन गरीएको बजेट समेत निकाशा हुन नसक्दा दिवा खाजा , शिक्षक व्यवस्थापनमा समेत समस्या हुँदा विधालयमा विधार्थी टिकाउन मुश्किल भएको बताए । गाउँगाउँमा स्थानीय तह आएपछि सजिलो हुने आशा हाल शिक्षा नितीमा निराशामा परिवर्तन भएको उनले बताए ।

    त्यस्तै वीरगंज महानगरपालिकाकी महिला तथा बालबालिका शाखाकी प्रमुख रन्जना पंडीतले महिलाको चुनौती र शिक्षामा जोड भन्ने विषय अझ पनि सोचनिय रहेको बताईन् । उनले आफ्नै जिवन र शिक्षाका लागि गरेको संघर्ष र सफलता बारे बताउँदै कुनै पनि सपना हेर्दा त्यसलाई पुरा गर्ने बाटोमा आउने र आईपर्ने सबै किसिमका बाधालाई हटाउन सक्ने हिम्मत राख्नपर्नेमा जोड दिईन् ।
    उनले संसार प्राविधीक युगमा द्रुत गतिमा बढिरहँदा मधेश प्रदेशका जिल्लाहरुमा अझ पनि छोरी चेली विभिन्न हिंसाका शिकार हुनु र अध्ययनकै लागि संघर्ष गरिनु लाजमर्दो अवस्था भएको बताईन् । यस्ता अवस्थामा सकारात्मक परिवर्तनका लागि स्थानीय , प्रदेश र संघ सरकारले विकासको नाममा भौतिक संरचना विकासमा मात्र होईन् मानवीय विकासमा पनि उत्तिकै भुमीका निर्वाह गर्नुपर्नेमा जोड दिएकी थिईन् । उनले मधेश प्रदेश अझ पनि शिक्षाको सुचकांकमा पछाडी परेको र अझ पार्ने कार्य भईरहेकोले यसप्रती सबै सम्बन्धित निकायले ध्यान दिनुपर्नेमा जोड दिईन् ।

    पंडीतले छोरीलाई समनता होईन समताको आवश्यतmा रहेकोमा पनि जोड दिएकी छन् । हाल शिक्षा नितिमा पनि परिवर्तन ल्याउँदै प्राविधीक शिक्षा तर्फ उन्मुख हुन आवश्यक रहेको र छोरीलाई पनि आर्थिक रुपले सशतm बनाउनुपर्नेमा उनले जोड दिएकी थिईन् । त्यस्तै वीरगंजको नारायणी अस्पतालकी प्रसुती विभागकी ईन्चार्ज तथा ओसिएमसिकी फोकल पर्सन् हेमा थापा ,शिक्षाका लागि सबै समुदायमा उत्तिकै संघर्ष गर्नुपर्ने अवस्था रहेको बताउँछिन् । उनले भनिन् , आफुलाई नर्सिङ्गको पढाई पढ्ने ईच्छा हुँदा पनि घरमा केही संघर्ष गर्दा आफ्नो दाईको सहयोगले पढाई सम्पन्न गर्र्दै नारायणी अस्पतालको प्रसुती विभागमा आफ्नो कार्य सुरु गर्दा देखी हालसम्म छोरी नै जन्मेको कारण महिला महिला नै झगडा गर्ने , नाक खुम्च्याउने र सुत्केरीलाई घरका सदस्यले दुख दिने गरेको घटना अझ पनि कायमै छ ।

    अस्पतालमा छोरी जन्मिदा अस्पतालमै छोडेर जाने गरेको घटना पनि भएको बताईन् । उनी थप्छिन् , हाम्रोे समाजको संरचनाको कारण आमा बाध्य भएर जन्मेको नवजात छोरीलाई अस्पतालमा छोडेर जान पर्ने बाध्यता रहेको बुझियो । यस्तो बाध्यता सिर्जना गर्ने पुरुष मात्र नभई महिलाहरु पनि हुने गरेको बढी देखीने गरेको बताईन् । धेरै जसो विधालय स्तरमा बालबालिकाहरु एक अर्काप्रती आकर्षण हुने र प्रजनन स्वास्थ्यका बारेमा जानकारी नहुदा बालिकाहरु गर्भवती समेत हुने गरेको घटना अस्पतालमा आउने गरेको बताउँदै थापाले विधालयहरुमा अझ पनि किशोरकिशोरीलाई विधालयमा प्रजनन स्वास्थयको बारेमा खुलेर बताउन आवश्यक रहेको बताईन् ।

    कार्यक्रमका प्रमुख अथिती जगरनाथपुर गाउपालिकाका अध्यक्ष श्रीकान्त यादवले पहिला भन्दा हाल छोरीलाई शिक्षा दिने सवालमा केही सकारात्मक परिवर्तन भएपनि संतोषजनक अवस्था भने नरहेको बताउँछन् । उनले आफु पनि यही समाजमा जन्मेको हुर्केकोले यहाँ सबै जानेर बुझ्नेले पनि बुझ पचाएर बसेको कारण अवस्थामा सोचे जस्तो परिवर्तन ल्याउन नसकिएको बताए । प्रमुख यादवले आफ्नो पालिकामा रहेका विधालयको शिक्षामा गुणस्तर ल्याउन प्रयासरत रहेको र सुधारका लागि लागि पर्ने पनि प्रतीबद्धता जनाएका छन् । कार्यक्रमको उद्देश्यबारे शिक्षाका लागि राष्ट्रिय अभियान एनसिएका काठमाडौ प्रतीनीधी रामप्रवेश साहले प्रकाश पारेका थिए । भने ११४ औँ अन्तरािष्ट्रय नारी दिवसको अवसरमा एनजिओसिसि पर्साका अध्यक्ष एव् एनसिएका पर्साका संयोजक ईब्राहिम देवानको अध्यक्षतामा भएको कार्यक्रममा जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिँह , एनसिए नेपाल केन्द्रिय कार्यालय काठमाडौका प्रतीनीधी रामप्रवेश साह, जिल्ला प्रहरी कार्यालय महिला सेलकी नन्दकला , एनजिओसिसि पर्साका उपाध्यक्ष चन्देश चौहान , एनजिओ फेडरेशनका जिल्ला अध्यक्ष छठु साह , जगरनाथपुर गाउँपालिका ने.रा.मा.वि सन्ठीका प्र.अ रामादेश प्रसाद , विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतीनीधी , संचारकर्मी , प्राध्यापक लगायतको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑