वीरगन्ज । वीरगन्जमा रक्तको अभावले समाजलाई चिन्तित बनाएको समयमा “हेल्प टुगेदर फाउन्डेसन” का सदस्यहरूले वीरगन्ज रक्तसंचार केन्द्रमा गएर रक्तदान गरेका छन्।
संस्थाका अध्यक्ष ऋषु कुमार वर्मा, आशिष शर्मा, ओम बर्नवाल, बिराज यादव, र गुडु महतोले यसलाई साकार गरेका छन्। वर्मा बताउँछन्, “रक्तदान जीवन दान हो। हामी तिन महिनामा एकपटक रक्तदान गर्दा कुनै प्रकारको रोग समेत न लाग्ने र हाम्रो शरीर स्वस्थ रहन्छ।”
साथै, अरूले पनि यस्ता कार्यमा सक्रिय हुन जरुरी भएको राजन श्रीवस्तवले आफ्नो धार्ना राख्नु भएको छ ।