बारा । बारा जिल्ला प्रहरी कार्यालयले सार्वजनिक स्थलमा डिजे बजाउन नदिने निर्देश दिएको छ। ध्वनी प्रदुषण र सामाजिक समस्यालाई ध्यानमा राखेर, प्रहरीले डिजे साउण्ड सिस्टमको प्रयोग रोक्न उपयुक्त बताएको छ।
प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेद्धारा जारी प्रेस विज्ञप्तिमा डिजे बजाउने प्रथाको बढ्दो प्रयोगका कारणले उत्पन्न समस्या रोक्न आवश्यक भएको बताएका छन्। उनले त्यस्तो कार्यमा अटेर गरी कारबाही गर्ने चेतावनी पनि दिएका छन्।
डिजे साउण्ड बजाउने कार्यले जनस्वास्थ्यमा खतरा पर्ने सम्भावना छ, जसमा मानसिक समस्या, गर्भवति महिलाहरूमा समस्या, ध्वनी प्रदुषणको असरले वृद्धि गर्ने भएको छ। त्यसैले प्रहरीले जनस्वास्थ्य र समुदायको सुरक्षा गर्नका लागि यस्ता कार्यको निषेध गरेको हो।
ध्वनी प्रदुषण नियन्त्रण गर्ने कानूनी व्यवस्थाले पनि डिजे साउण्डको प्रयोगमा परिमार्जन गर्न सक्ने प्रावधान छ। यस्ता कार्यमा लागु हुने कानूनले पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजायको प्रावधान गरेको छ।
प्रहरीको उक्त निर्देश अनुसार स्थानीय लोग र समुदायले पनि सहयोग गरी सार्वजनिक स्थलमा ध्वनी प्रदुषणको नियन्त्रणमा सहभागी बन्न आह्वान गरिएको छ।