वीरगञ्ज । नेपाल चिकित्सक संघ मधेश प्रदेश कमिटि गठन गरिएको छ । संघका केन्द्रिय उपाध्यक्ष एवम् मधेश प्रदेशका संयोजक डा. निरज कुमार सिंहकाअनुसार १३ सदस्यीय मधेश प्रदेश कमिटि गठन गरिएको छ ।
नवगठीत मधेश प्रदेश कमिटिको उपाध्यक्षमा नेपाल चिकित्सक संघ लहान शाखाका अध्यक्ष डा. सुभाष चौधरीलाई चयन गरिएको छ । जनकपुर शाखाका अध्यक्ष डा. रामजी यादवलाई सचिवको जिम्मेवारी दिइएको छ ।
संघ सगरमाथाका अध्यक्ष डा. काली प्रसाद यादवलाई सहसचिवमा र कोषाध्यक्षमा नारायणी शाखाका सचिव डा. नौसाद हकलाई तोकिएको छ ।
संघको सदस्यहरुमा नेपाल चिकित्सक संघ नारायणी शाखा अध्यक्ष डा. मनोज कुमार गुप्ता, बारा जिल्ला प्रतिनीधि डा. मनोज यादव, रौतहटका डा. कौशर आलम, महोत्तरीका डा. आरती साह, लहान शाखाका डा. ओमप्रकाश चौधरी, सगरमाथा शाखा सचिव डा. सन्तोष यादव, जनकपुर शाखा सचिव डा. रामज्ञान यादव, सर्लाहीका डा. गुनेश्वर झा रहेका छन् ।