• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेहडाबाबामा भोलि पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०८०, बिहीबार १५:२१
  • १९६१

    धनगढी | धार्मिक महत्व बोकेको धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा महाशिवरात्रिका अवसरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिने भएको छ।

    बेहडाबाबा फाउन्डेसन, मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा माहाशिवरात्रिको अवसरमा पुष्प वर्षा र सवा दुई करोड दीप प्रज्वलन गरिन लागेको हो। महाशिवरात्रि तथा सवा दुई करोड दीप प्रज्वलन कार्यक्रमको तयारी पूरा भएको आयोजक बेहडाबाबा फाउन्डेसन तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पद्मराज जोशीले बताए। “हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलो पटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको छ। यो वर्ष सवा दुई करोड दीप प्रज्वलन गर्ने कार्यक्रम पनि राखिएको छ। शिवरात्रि आयोजनाको सम्पूर्ण तयारी पूरा भएको छ,“ जोशीले भने।

    अध्यक्ष जोशीले कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउनका लागि प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको बताएका छन्।

    शुक्रवार महाशिवरात्रिको दिन बिहान ११ देखि मध्याह्न १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड दीप प्रज्वलन गरिने जोशीले बताएका छन्।

    पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टोलीले १४ लाख नौ हजार नौ सय ५० रकम सङ्कलन गरिसकेको छ। पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत ११ लाख र तीन क्वीन्टलटल फूलका लागि दुई लाखसहित जम्मा १३ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ।

    पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाउने र उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिने बताइएको छ। बेहडाबाबा धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ। आवतजावतका लागि बसको व्यवस्था साथै कडा सुरक्षाकोेसमेत व्यवस्था गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्वयंसेवक परिचालन गरिने मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

    धनगढी उपमहानगरपालिकाले शिवगङ्गा नदीदेखि मन्दिरसम्मको सडक रोलर लगाएर आवतजावत गर्न सहज हुने बनाएको तथा मन्दिर दर्शन गर्न आउने भक्तजनले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जोशीले बताएका छन्।

    बेहडाबाबा मन्दिरमा लाग्ने महाशिवरात्रिमा दर्शन तथा पुजाका लागि बिहान चारबजेदेखि मन्दिरका चार वटै ढोका खुला गरिने मुल पुजारी ओमप्रकाश जोशीले बताए। बेहडाबाबा मन्दिरमा छिमेकी मुलुक भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन् । बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतका लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायत विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेको मन्दिर व्यस्थापन समितिका अध्यक्ष जोशीले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑