• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा पोथी बाघ मृत फेला, मासुमा विष हालेर खान दिएको आशङ्का

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०८०, बिहीबार १३:२३
  • ८५७

    बारा । बाराको निजगढ ४ स्थित कछडिया सामुदायिक वनमा एक वयस्क पोथी बाघ मृत भेटिएको छ । तीन साताअघि रतनपुरी जंगलमा स्थानीयहरूको बाख्रा खाएको बाघको विषाक्त मासु सेवनका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा देखिएको अधिकारीहरूले जानकारी दिएका छन् ।

    वयस्क पोथी बाघको शरीरमा कुनै घाउ चोट नभएकोले स्थानीयहरूले मासुमा विष हालेर छाडेको हुनसक्ने डिभिजन वन कार्यालय बाराले जनाएको हो । एक साताअघि नै मृत्यु भइसकेको बाघलाई घाँस दाउरा गर्न जानेहरू स्थानीयहरूले देखेर सामुदायिक वनका अध्यक्षलाई खबर गरेका थिए ।

    कछडिया सामुदायिक वनका अध्यक्ष वीरेन्द्र ठाकुरले बाघ कहिले मरेको यकिन भई नसकेको र जंगलमा घाँस दाउरा गर्न आउनेहरूले खबर गरेपछि आफूले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयलाई जानकारी गराएको बताए ।

    ‘करिब एक महिनाअघि रतनपुरीमा बाख्रा खाने बाघ यही हो । बाघ अत्यन्तै जवान÷वयस्क थियो । बाख्रा खाएको रिसमा स्थानीयहरूले बाघले मारेर राखेको मासुमा विष हाले भन्ने हाम्रो आशङ्का छ,’ अध्यक्ष ठाकुरले भने ।

    मृत बाघलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीको रोहवरमा बुधबार डिभिजन वन कार्यालय बारा परिसरमा गाडिएको छ । वन कार्यालयका अधिकृत वीरेन्द्रप्रसाद यादवले डिभिजन वन कार्यालयको चिठ्ठीसँगै मृत बाघको आवश्यक नमुनाहरू परीक्षणका लागि वन विभागमा पठाउने र विभागले सम्बन्धित ल्याबमा पठाएर परीक्षण पश्चात् आउने प्रतिवेदनले मृत्युको कारण खुल्ने बताए ।

    ‘कसरी मर्‍यो भन्ने पोस्टमार्टम रिपोर्टपछि थाहा होला तर हाम्रो प्रारम्भिक अनुसन्धानले खानेकुरामा विष हालेर मारेको हुनसक्ने धेरै सम्भावना छ’ वन कार्यालयका अधिकृत यादवले पनि सोही आशङ्का व्यक्त गर्दै भने ‘यदि विष हालेर बाघ मारेको हो भने यो डरलाग्दो घटना हो’

    पर्सा राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन क्षेत्र र आसपासका साझेदारी तथा सामुदायिक वनहरूमा मानवीय गतिविधि बढ्दै जानु, पिउने पानीको अभाव र भएको वन क्षेत्र अतिक्रमण भएर बस्तीमा परिणत हुँदा पछिल्लो समय जंगल आसपासको बस्तीमा बाघ छिर्ने गरेका छन् ।

    राष्ट्रिय प्राकृतिक संरक्षण कोष सौराहाका वन्यजन्तु प्राविधिक तीर्थ लामाले बाघ एकसाता अघि नै मरेको हुनुपर्ने अनुमान गरेका छन् । ‘मृत बाघको शरीरमा कुनै घाउचोट छैन, अरू बाघसँग जुधेको पनि देखिँदैन । एक्कासि मरेको अवस्थामा हामीले फेला पर्‍यौँ,’ लामाले भने ‘मृत बाघको कलेजो, मासु र अन्य स्याम्पलहरू परीक्षणको लागि हामीले लिएका छौँ, यसको परीक्षण गर्छौँ, रिपोर्ट आएपछि मात्रै मृत्युको कारण थाहा हुन्छ ।’

    एक महिनामा बारा र पर्सामा करिब आधा दर्जन बाघको मृत्यु
    निजगढको कछडिया सामुदायिक वनमा भएको पछिल्लो घटनासँगै एक महिनाको अवधिमा बारा र पर्सामा मात्रै आधा दर्जन बाघको मृत्यु भइसकेको छ । सन् २०२२ को गणनामा ४३ वटा बाघ रहेको पर्सा निकुञ्जमा हालसम्म १० वटा बाघ मरिसकेका छन् ।

    पर्सा राष्ट्रिय निकुञ्जको खोरमा रहेका ३ वटा बाघमध्ये २ वटाको मृत्यु भइसकेको छ । सन् २०२२ को गणना पछि अम्लेखगञ्ज–पथलैया सडक खण्डमा सवारी दुर्घटनामा परी एक वयस्क भाले बाघले ज्यान गुमाएको थियो ।

    यसै हप्ता पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं १ र २ मा ४ दिनको अन्तरालमा भाले र पोथी गरी २ वटा बाघको मृत्यु भएको छ । फागुन १६ गते र फागुन १९ गते मृत्यु भएका २ वटा बाघको मृत्युको कारण भने खुल्न सकेको छैन । डिभिजन वन कार्यालय बाराको क्षेत्रभित्र पनि पछिल्लो समय ३ वटा बाघ मरिसकेका छन् ।

    सन् २०१८ को गणनामा १८ वटा बाघ रहेको पर्सा निकुञ्जमा सन् २०२२ मा उत्साहजनक ढङ्गले वृद्धि भएर एकैपटक ४३ पुगेको थियो । तर जुन रफ्तारमा बाघको सङ्ख्या बढ्यो सोही ढङ्गले यसको संरक्षण भने हुन सकेको छैन ।

    पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले निकुञ्ज र मध्यवर्ती क्षेत्रबाहिर गएका बाघ फर्किएर नआएको बताएका छन् । ‘पछिल्लो समय अस्वाभाविक ढङ्गले बाघको मृत्यु बढेको छ । यसको मुख्य कारण के हो हामी पनि खोजी गर्दैछौँ,’ प्रमुख संरक्षण अधिकृत खतिवडाले भने, ‘अब सुरक्षा गस्ती बढाउने, वन्यजन्तुको लागि पिउने पानीको व्यवस्था र मध्यवर्ती र आसपासको क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने आवश्यकता देखिएको छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑