• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पाँच कुरा, जसले मानिसलाई भावनात्मक रूपमा कमजोर बनाउँछ

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८०, बुधबार १८:५४
  • १४८९

    हिजोआज ‘इमोस्नल इन्टेलिजेन्स’ (भावनात्मक बुद्धिमत्ता)को बारेमा धेरै चर्चा हुने गर्छ । व्यक्तिले भावनालाई कसरी नियन्त्रण गर्ने र कहिले, कहाँ र कसरी व्यवहार गर्नेबारे ज्ञान दिन्छ ।

    एकै समयमा भावनाप्रति संवेदनशील व्यक्तिलाई कुनै पनि परिस्थितिबाट बाहिर आउन धेरै गाह्रो हुन्छ । हामीभित्र र वरपर धेरै चीज छन्, जसमा ध्यान दिएन भने भावनात्मक रूपमा कमजोर भइन्छ ।

    कुनै पनि क्षेत्रमा सफल हुन नकारात्मक भावनाहरू हटाउनुपर्छ । भावनात्मक रूपमा बलियो भइयो भने दैनिक कार्य राम्रोसँग गर्न सकिन्छ । साथै व्यक्तित्व विकास हुनसक्छ ।

    भावनात्मक रूपमा कमजोर बनाउने कुरा

    आफैंमा विश्वास नगर्ने

    बाल्यकाल वा सानै उमेरमा ठट्टा गर्ने, कुराकानीमा बेइज्जत गर्ने, आमाबुवाले बालबालिकालाई अरूसँग तुलना गर्ने र साथीभाइको अघि मजाक उडाउने आदि यस्ता अवस्थामा त्यो व्यक्तिमा हीनताबोधको भावना सिर्जना हुन्छ र जसकारण आत्मविश्वासको पनि कमी हुन्छ र ऊ भावनात्मक रूपमा कमजोर हुन्छ ।

    अरूको कन्ट्रोलमा बस्ने

    आत्मविश्वासको कमीले सधैं अरूको रायमा भर पर्ने र उनीहरूको सल्लाहअनुसार काम गर्ने व्यक्ति भावनात्मक रूपमा कमजोर हुन्छन् । अर्काको सल्लाहमा मात्र निर्णय गर्ने व्यक्तिले आफूले निर्णय लिन सक्दैनन् र सल्लाह दिने व्यक्ति नभएको अवस्थामा उसले कमजोर महसुस गर्छ ।

    दिमागको सट्टा भावनामा आधारित निर्णय लिने भावनालाई ध्यानमा राखेर निर्णय लिनु धेरै मामिलामा लाभदायी साबित भए पनि करिअर वा पेशाको हकमा भने फाइदाजनक हुँदैन । भौतिक चीजहरूको लागि, केवल व्यावहारिक सोच र तार्किक सोच उपयोगी हुनसक्छ । त्यसैले सबै निर्णय भावनात्मक रूपमा लिनु हुँदैन ।

    जिम्मेवारी नलिने

    डरका कारण जिम्मेवारीबाट भाग्ने मानिसहरूमा अरूको तुलनामा निराशावादी विचार हुने सम्भावना बढी हुन्छ । यस्ता विचारले व्यक्तिलाई समय-समयमा आफ्नो क्षमतामाथि शंका गर्न बाध्य बनाउँछ । जब एक व्यक्तिले आफूले गरेको गल्तीका लागि माफी माग्दैन, उसको जिद्दी स्वभावले उसको अरूसँगको सम्बन्ध बिगार्छ । जिम्मेवारी नलिने जिम्मेवारीबाट टाढा भाग्न खोज्ने व्यक्तिहरू पनि भावनात्मक रूपमा कमजोर हुन्छन् ।

    आफ्नो बारेमा नकारात्मक कुरा गर्ने

    कसैलाई विश्वास होस् वा नहोस्, मानिसलाई आफूमा विश्वास हुनु जरुरी छ । जो व्यक्तिको आफ्नै बारेमा नकारात्मक कुरा गर्ने, आफूलाई दोषी ठान्ने व्यक्ति भावनात्मक रूपमा कमजोर हुन्छन् ।

    भावनात्मक रुपमा बलियो हुने कुरा बच्चा जन्मिसकेपछि मात्र गरिन्छ । तर बच्चा जन्मिनुभन्दा अघि आमाको गर्भमा हुँदा गर्भवती महिलाले परिवारिक माया पाएकी छैनन्, खुसी छैनन् र भावनात्मक रुपमा कमजोर महसुस गर्छिन् भने बच्चामा पनि त्यसको प्रभाव पार्छ ।

    भावनात्मक रूपमा बलियो बन्ने उपाय

    जीवनमा अगाडि बढ्न वा संसारलाई सकारात्मक दृष्टिकोणबाट हेर्न प्रेरित गर्ने व्यक्तिको वरिपरि हुने प्रयास गर्नुपर्छ । यसले आत्मविश्वास बढाउने र आत्मविकासको लागि पनि लाभदायक हुन्छ ।

    माफ गर्न र अगाडि बढ्न सिक्नु भावनात्मक रूपमा बलियो हुने अर्को उपाय हो । जिम्मेवारी लिन सुरु गर्नुपर्छ र साना कुराबाट सुरु गर्न सकिन्छ । जस्तै, आफ्नै काम गर्ने वा गल्तीहरूको स्वामित्व लिने बानी पनि बसाउनुपर्छ ।

    जसले हामीलाई चोट पुर्‍याएको छ, उसको अगाडि जान हामी डराउँछौं । यो कमजोर व्यक्तित्वको संकेत हो । चोट पुर्‍याउने व्यक्तिलाई आफ्नो विचार व्यक्त गर्न हिच्किचाउनु हुँदैन । यसो गर्दा भावनात्मक रूपमा बलियो भइन्छ ।

    हरेक दिनलाई अवसरको रूपमा लिएर सकारात्मक काम गर्न प्रेरित हुनुपर्छ । जसले खुसी रहन र कठिन परिस्थितिहरूमा समाधान खोज्न सहयोग गर्छ । साथै भावनात्मक रूपमा बलियो हुन पनि सहयोग गर्छ । सीमाहरू तय गर्नुपर्छ र नाइँ भन्न सिक्नुपर्छ । सम्बन्धमा सीमा हुँदा व्यक्तिलाई भावनाहरू नियन्त्रण गर्न मद्दत गर्छ ।

    तनाव र डिप्रेसनको समस्या छ भने आफ्नो मानसिक स्वास्थ्यमा ध्यान दिनुपर्छ । यसो गर्दा व्यक्ति भावनात्मक रूपमा मात्र होइन, मानसिक रूपमा पनि बलियो हुन्छ । योग, ध्यान, माइन्डफुलनेस पनि मानसिक स्वास्थ्य हेरचाह अन्तर्गत समावेश गर्न सकिन्छ ।

    गर्भावस्थाको तीन महिनापछि आमाको गर्भमा नै बच्चाको मस्तिष्क विकास हुन्छ र आमाले कस्तो वातावरण पाउँछिन्, त्यसको असर बच्चामा पर्छ । त्यसैले गर्भवती महिलालाई विशेष हेरचाह दिइयो भने जन्मिने बच्चा भावनात्मक रुपमा बलियो हुन्छ ।

    भावनाको कुरा गर्दा सकारात्मक भावना राख्नुपर्छ नकारात्मक भावना राख्ने हुँदैन भनिन्छ । कहिलेकाहीं बच्चा एकदमै रोयो डरायो भने उसलाई त्यस्तो गर्नु हुँदैन भनिन्छ । तर जीवनमा सकारात्मक र नकारात्मक दुवै भावना जरुरी हुन्छ । त्यसैले बालबालिकालाई नकारात्मक भावनाबाट बाहिर निस्किएर अगाडि बढ्न सिकाउनुपर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑