• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जकाे मेनराेड विस्तार विवाद : मन्त्रिपरिषदकाे निर्णय झिकाउन सर्वाेच्चकाे आदेश

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८०, बुधबार ११:१८
  • १८०५

    वीरगन्ज | सरकारले एलाइनमेन्ट परिवर्तन गरेको सडकलाई राजमार्गको मापदण्डअनुसार ५० मीटर फराकिलो बनाउन खोजिएको खुलासा भएको छ । त्रिभुवन राजपथअन्तर्गत पथलैया–वीरगन्ज खण्डको एलाइनमेन्ट मन्त्रिपरिषद्ले २०७२ सालमै संशोधन गरे पनि सडक विभागले २०७६ सालसम्म पटकपटक उक्त सडक अतिक्रमण भएको भन्दै सूचना निकालेको थियो ।

    सडक विभागको सूचनाविरुद्ध वीरगन्जका स्थानीय बासिन्दा त्यसबेला सर्वोच्चमा रिट हाल्न पुगेका थिए । यस विषयमा सर्वोच्चले मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको छ । सर्वोच्चले सोमवार मन्त्रिपरिषद्को निर्णय झिकाउन आदेश दिएको रिट निवेदकका कानून व्यवसायी अधिवक्ता जितेन्द्र वज्राचार्यले जानकारी दिए ।

    अधिवक्ताहरूले मन्त्रिपरिषद्ले राजपथको एलाइनमेन्ट नै परिवर्तन गरिसकेको कागजात पेश गरेपछि सर्वोच्चले यस्तो आदेश गरेको हो । यो विवाद सर्वोच्चमा १९ पटक पेशीमा चढिसकेको छ । राजपथको एलाइनमेन्ट नै फेरिइसकेको अवस्थामा त्यो सडकलाई केन्द्रबाट २५/२५ मीटर विस्तार गर्न खोज्नु औचित्यहीन र अन्याय हुने तर्क अधिवक्ता वज्राचार्यले गरे । ‘सरकारले राजमार्ग (निर्माण व्यवस्था) ऐन २०२१ मा सडकको केन्द्र रेखाबाट २१/२१ गज दायाँबायाँलाई सडक सीमा ताकेको छ । त्यसपछिका ऐनले २५/२५ मीटर भनेका छन् । तर, वीरगन्जको मुख्य बजारमा त्यसअघिदेखि नै बस्ती बसेको देखिन्छ,’ अधिवक्ता वज्राचार्यले भने ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७२ भदौ २० मा त्रिभुवन राजपथको पथलैयादेखि मितेरीपुलसम्मको एलाइनमेन्टलाई पथलैया–परवानीपुर हुँदै सिर्सियास्थित एकीकृत जाँच चौकी (आईसीपी)सम्म हुने गरी संशोधन गर्न मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो । मुख्य नाका वीरगन्जबाट आउने अधिकांश सवारीसाधन सोही मार्गबाट भित्रिने भएकाले त्रिभुवन राजपथको एलाइनमेन्ट संशोधन गरिनुपर्ने प्रस्ताव मन्त्रीस्तरबाट स्वीकृत भएको थियो । मितेरीपुल हुँदै भित्रिने सबै कार्गो अहिले एकीकृत जाँच चौकी (आईसीपी)बाट आउँछन् ।

    मन्त्रालयका तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुरले यो प्रस्ताव मन्त्रिपरिषद्मा पुर्‍याएकोमा त्यसको भोलिपल्टै तत्कालीन मुख्यसचिव सोमलाल सुवेदीले मन्त्रिपरिषद्बाट मन्त्रालयको प्रस्तावअनुसार निर्णय भएको जानकारी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई गराएका थिए । मन्त्रिपरिषद्ले मन्त्रालयको प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो ।

    सडक डिभिजन हेटौंडाले गत पुस २६ गते पत्र लेखेर वीरगन्ज महानगरलाई त्रिभुवन राजपथको एलाइनमेन्ट परिवर्तनसम्बन्धी मन्त्रिपरिषद्को निर्णयको जानकारी पठाइसकेको छ । सडक विभागले राजमार्गको सूचीको ४१ नम्बरमा सिर्सिया–पथलैया–हेटौंडा–भैैंसेदेखि पालुङ हुँदै नौबीसे काठमाडौं १५५ किलोमीटर सडकलाई त्रिभुवन राजपथ उल्लेख गरेको छ ।

    सडक विस्तारको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कसरी विस्तार गर्ने भन्नेमा अन्योल बढेको वीरगन्ज महानगरले बताएको छ । महानगरका मेयर राजेशमान सिंहका प्रेस सल्लाहकार महेश दास भन्छन्, ‘एलाइनमेन्ट परिवर्तन भएको हो भने त्यो सडक महानगरको क्षेत्राधिकारमा आउनुपर्‍यो । अनि कुन मापदण्ड बनाएर विस्तार गर्ने भन्ने निक्र्योल गर्न सकिने थियो । यहाँ त एकातिर एलाइनमेन्ट फेरियो भन्ने अर्काेतिर त्यही सडक महानगरले मर्मत गर्दा रोक्ने दोहोरो कुरा भयो । सडक विभागले त्यही सडकको ठेक्का पनि लगाइरहेको छ । यसले अन्योल बढ्यो ।’

    वीरगन्जका पूर्वमेयर विजयकुमार सरावगीले आफ्नो कार्यकालमा वीरगन्जको मुख्य शहरी क्षेत्रमा पर्ने यो सडक १५/१५ मीटर विस्तार गर्ने प्रस्ताव नगर परिषद्बाट पास गराएका थिए ।

    वीरगन्जको गण्डकदेखि मितेरीपुलसम्मको सडक विस्तार ११ वर्षदेखि विवादित छ । सरकारले २०६९ सालमा सडक ऐन २०३१ अनुसार सडकको केन्द्र रेखाबाट दायाँबायाँ २५/२५ मीटर विस्तार गर्ने निर्णय गरेको थियो । वीरगन्जको गण्डकदेखि मितेरीपुलसम्मका करीब १२ सय जना जग्गाधनीले सडक विभागको सूचनाविरुद्ध अदालत गुहारेका हुन् । क्षतिपूर्ति नदिई जग्गा लिन नपाइने उनीहरूको माग छ ।

    स्थानीय लक्ष्मण सा रौनियार, राजकुमारीदेवी तुल्स्यान, भरतप्रसाद रौनियारलगायतले २०७६ असोज ७ गते यता विभिन्न मितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सडक डिभिजन हेटौंडा, व्यापारिक मार्ग आयोजना पथलैया, जिल्ला प्रशासन र जिल्ला प्रहरी पर्सा, मालपोत कार्यालय पर्सालगायत निकायलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका थिए ।

    अदालत गुहार्न पुगेकाहरूले सडक विभागले अतिक्रमित भनेर खाली गर्न सूचना निकालेको जग्गाको आफूहरूसँग लालपूर्जा भएको, वीरगन्ज महानगरले घरको नक्सा पास दिएको र मलपोतमा तिरो तर्दै आएको दाबी गरेका छन् । अहिले मुख्य सडकको पूर्व र पश्चिमतर्फ ६ लेनका दुईओटा सडक बनिसकेको र अन्य तीनओटा वैकल्पिक सडक पनि निर्माण भएकाले मुख्य शहरी क्षेत्रमा ५० मीटरको सडक आवश्यक नभएको स्थानीय अगुवा रामनारायण कुर्मी बताउँछन् ।

    गण्डकदेखि मितेरीपुलसम्मको सडक लहडमा नभएर स्थानीय आवश्यकताका आधारमा विस्तार गरिनुपर्ने उनको सुझाव छ । २५/२५ मीटरको अडानले धेरै जनाको उठिबास हुने चेतावनी उनले दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑