• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा राष्ट्रिय निकुञ्ज आसपासका गाँउमा जंगली जनावरकाे त्रास

  • वीरगंज संजाल
  • २३ फाल्गुन २०८०, बुधबार ११:१६
  • १६२१

    वीरगन्ज | पर्साको पटेर्वासुगौली गाँउपालिका –२ लक्ष्मीपुर निवासी २३ वर्षीय सरोज अधिकारीलाई गत बिहीबार बाघले आक्रमण गरी घाइते बनायो । शरीरका विभिन्न भागमा चोट लागेका उनको वीरगन्जकाे नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

    गत पुस ८ गते साँझ बाघले आक्रमण गरी पटेर्वा सुगौली –२ थरकट्टी गाउँका ३२ वर्षीय मनोज महतो उराँवको ज्यान लियो । साँझको समयमा शौच गर्न गएका उनको शव क्षतविक्षत अवस्थामा बिहान फेला परेको थियो । नेपाल प्रहरी र गाउँलेले जङ्गलदेखि करिब ५० मिटर टाढा बाघले मारेको अवस्थामा शरीरको केही भागमात्र फेला परेका थिए ।

    गत सोमबार साँझमात्र पर्साको जिराभवानी गाउँपालिका वडा नंबर ४ मा बाघले पूर्व वडाध्यक्ष सुभाष राउतसहितका स्थानीयका बाख्रालाई आक्रमण गरेको छ ।त्यही गाउँपालिकाको वडा नंबर ५ हरैया पहाडीटोलस्थित राउतले पालेको चौपायालाई खोरभित्रै पसेर बाघले आक्रमण गरी मारेको हो । बाघले दुईवटा बाख्रालाई खोरमै मारेको र एउटा खसीलाई भने घिसारेर लगेको प्रहरी चौकी शङ्करसरैयाले जनाएको छ ।

    यस्तै गत फागुन १६ गते पर्साको पर्सागढी नगरपालिका–७ निवासी ललन यादवको गोठमा राखेका सातवटा बाख्रा मारेको बाघले त्यहि राति पर्सागढी –१ कोलाभार निवासी मायादेवी मोक्तानको गोठमा रहेको चार वटा बाख्रा खाएको थियो । गत कात्तिक ८ गते जङ्गली हात्तीले आक्रमण गर्दा पर्साको पर्सागढी –१ निवासी एकबाल हजराको मृत्यु भएको थियो ।त्यहि राति हात्तीले उक्त गाउँका एक दर्जन स्थानीयको घर भत्काएर अन्नबाली खाएको थियो ।

    विगत दुई महिनाको अवधिमा पर्साको पटेर्वा सुगौली गाँउपालिका, पर्सागढी नगरपालिका र जिराभवानी गाउँपालिकामा बाघ र हात्तीको आक्रमणबाट दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएको तथा बाख्रा, गाई र भैँसी गरी तीन दर्जनभन्दा बढी पशुचौपाया मारेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिए ।

    पर्साका विभिन्न गाउँबस्तीमा बाघ, हात्तीलगायतका जङ्गली जनावरको आक्रमणबाट बर्सेनी सर्वसाधारणले ज्यान गुमाउँदै आएका छन् । जङ्गली जनावरको आक्रमणमा परी कतिपयको तत्कालै मृत्यु हुने गरेको छ भने कतिपयको तत्काल उपचार भए पनि घाउमा इन्फेक्सन भएर केही समयपछि पनि मृत्यु हुने गरेको छ ।

    पर्सा राष्ट्रिय निकुञ्ज तथा राष्ट्रिय वनजङ्गलबाट आउने बाघ, हात्तीलगायतका जङ्गली जनावरले मानवबस्तीमा पसेर मानवीय तथा पशुचौपायालाई क्षति पुर्याउनुको साथै गहुँबाली तथा तरकारीबाली नाली नष्ट गर्न थालेपछि स्थानीय बालीनालीको सुरक्षाका लागि राति जाग्राम बस्न बाध्य भएका छन् ।

    पर्साको जिराभवानी, ठोरी, पटेर्वा सुगौली, पर्सागढी र सखुवा प्रसौनी गाउँपालिकाका एक दर्जन गाउँका किसान जङ्गली जनावरबाट पीडित छन् । वनजङ्गलबाट आउने चित्तल, हात्ती, हरिण, निलगाई, बँदेल, बाँदर, भालु, मयूरलगायतका जङ्गली जनावरले गहुँ, मकै, आलु, तोरीलगायतका बाली सखाप पार्ने गरेकाले जोगाउन जाग्राम बस्न बाध्य भएको ठोरी गाउँपालिकाका रञ्जित श्रेष्ठले बताए ।

    राष्ट्रिय वनमा घेरबार नहुँदा दैनिकजसो जङ्गलबाट आउने जङ्गली जनावरले बालीनली नष्ट पार्ने गरेको श्रेष्ठले बताए । खासगरी रातिको समयमा आउने जङ्गली जनावरले गहुँबालीमा व्यापक क्षति पुर्याउने गरेकाले क्षति न्यूनीकरणका लागि खेतमा मचान बनाएर रातिको समयमा निगरानी गरिरहेको जिराभवानी गाउँपालिकाका किसान शङ्कर महतोको भनाइ छ ।

    रातिको समयमा आउने हात्तीलाई धपाउन किसानले पटका पड्काउने र अन्य जङ्गली जनावरलाई भगाउन टिन ठटाउने र होहल्ला गर्ने गरेको महतोले बताए। स्थापनाकालदेखि नै पर्सा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनको जीवजन्तुले बर्सेनि उत्पात मच्चाँदै व्यापक धनजनको क्षति पुर्याउँदै आएकाले यसको नियन्त्रणको ठोस पहल गर्न सरकारसँग स्थानीयले आग्रहसमेत गरेका छन् ।

    जङ्गली जीवजन्तुको उत्पातबाट आफूहरूको जीवन नै सङ्कटमा परेको छ, पटेर्वा सुगौली–२ का स्थानीय सुमन अधिकारी भन्छन्, “कतिबेला जङ्गलबाट बाघ, भालु र हात्ती आउँछ र आक्रमण गर्छ भन्ने त्रासमा हामी बाँचिरहेका छौँ ।” जङ्गली जनावरका कारण आफू न स्वतन्त्ररूपमा हिँडडुल गर्न सकिरहेका छौँ, न त निर्धक्क घरकै सुत्न पाइरहेका छौँ”, उनको दुखेसो छ ।

    पटक–पटक जङ्गली जनावर नियन्त्रणका लागि स्थानीयवासीबाट माग उठ्दै आए पनि सरकारीस्तरबाट खासै कुनै पहल नभएको सुनाउँदै ठोरी गाउँपालिकाका रामबहादुर श्रेष्ठ भने, “हामीले जङ्गली जनावरको आतङ्क रोक्न धेरैपटक आवाज उठायौँ तर अहिलेसम्म हाम्रो समस्या समाधान भएन ।” बाघ, हात्ती, अर्ना, भालुलगायतका जङ्गली जनावरले दिउँसै आक्रमण गर्न थालेपछि आजित भएका स्थानीयवासीले त्यसको दीर्घकालीन समाधानका लागि सरकारलाई दबाब दिन र आफू पनि सक्रिय रहन जनप्रतिनिधिसँग समेत आग्रह गर्दै आएका छन् ।

    डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साहले राष्ट्रिय वनजङ्गल आसपास क्षेत्रमा जङ्गली जनावरले आतङ्क मच्चाउँदै आएको स्वीकार्दै समस्या समाधानका लागि पहल गरिरहेको बताए। बजेट तथा आवश्यक कानुन अभावका कारण समग्र जङ्गल क्षेत्रमा घेरबार गर्न नसकिएपछि जङ्गली जनावरले बढी क्षति पुर्याउने क्षेत्रमा ठूला खाल्डो खनेर तत्कालीन समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

    आफूहरूसँग बाघ व्यवस्थापनको उचित टोली नभएकाले समस्या निरन्तर बढेको उनको भनाइ छ । तर यो समस्या समाधानबारे आफूले सम्बन्धित निकायमा पत्राचार गरेको उनले जनाए।

    “बाघको उद्धार गर्ने स्पेसल टोली चितवन राष्ट्रिय निकुञ्जमा छन्”, उनले भने, “त्यहीबाट टोली माग गरेका छौँ । टोली आइसकेपछि बाघको उचित व्यवस्थापन तथा उद्धारमा जुट्नेछौँ ।” पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वार्डेन रामचन्द्र खतिवडाले मानवबस्तीमा बाघ पसेर मानवीय क्षति पुर्याउने कार्यप्रति आफू गम्भीर रहेको र तत्काल समस्याको समाधान खोज्ने प्रयास भइरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑