वीरगंज । नेपाल विद्युत प्राधिकरण यदुकूहा वितरण केन्द्र धनुषाका कर्मचारीहरुले मिटरमा सील ठोक्ने बहानामा हजारौँ रुपैयाँ ठगी गरेको पाईएको छ ।
मिटरमा सील नभएको अवस्थामा विधिवत रुपमा गर्नुपर्ने निःशुल्क सीलको लागि विद्युत प्राधिकरण यदुकूहाका कर्मचारी महेश कुमार महतोले हजारौँ रुपैयाँ उठाएर ठगी गरेको बताईएको छ ।
विदेह नगरपालिका वडा नम्बर ३ दुबही गोबराहीस्थित मिटरमा सील नभएको भन्दै महतोसहित उनका अन्य एक जना कर्मचारीले यदुकूहा जानुभन्दा आफूहरुलाई नै केही रकम दिएर सील गर्न लगाउन भनेको बताईएको छ । स्थानीयहरुका अनुसार, सुरुमा सील नलगाएमा पक्राउ गर्ने धम्की दिँदै पछि कोही १५ सय त कोही १ हजार रुपैयाँ दिएपछि सील लगाईदिएको गुनासो गरिएको छ ।
मिटर बिग्रेमा, नयाँ मिटर जडान गरेको बेला नयाँ सील लगाउनुपर्ने भएमा सरकारी दस्तुर तोकिएको भएपनि उनीहरुले आफूखुसी रकम उठाएको आरोप छ । दस्तुर तिरेपछि प्राधिकरणले पुख्ता रसिद प्रदान गर्ने प्रावधान छ । तर, उनीहरुले बिना कुनै रसिदको स्थानीयहरुसँग नगद उठाएको आरोप छ ।
विद्युत प्राधिकरणका एक इन्जिनीयरका अनुसार, कुन समस्या भएर सील काटिएको भए सोही अनुसार न्यूनत्तम दस्तुर तोकिएको बताउँदै बिना रसिदको रकम उठाउनु गैर कानुनी रहेको बताए । गोबराहीका एक दर्जन बढी स्थानीयहरुसँग ५०० देखि १५०० सम्म रुपैयाँ उठाएर लगेको बताईएको छ । यस सन्दर्भमा आरोपित कर्मचारी