मोरङ | मोरङको पथरीशनिश्चरे नगरपालिकामा एक किशाेरीकाे हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार नगरपालिका ७ स्थित विनोद राईको सुम्निमा होटलमा रहँदै आएकी १५ वर्षीया ज्ञानमति राईकाे धारिलो हतियार प्रयोग गरी हत्या भएको हो।
घटना सोमबार राति करिब साढे १० बजेतिर घटेकाे प्रहरीले जनाएकाे छ। प्रवक्ता दाहालका अनुसार बालिकाको घाटीमा पछाडिबाट हतियार प्रहार भएको छ।
त्यसैगरी, बालिकाको अनुहार र दाहिने पाखुरामा गहिरो चोट लागेको छ। प्रहरीका अनुसार मृतक बालिकाको घर खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्लेमा रहेको छ।
मोरङ प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रञ्जनकुमार दाहालले मृतक राई उनकै मामाको छोरा विनोद राईसँग विगत २ वर्षदेखि बस्दै आएकी थिइन्। मृतक राई स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ की विद्यार्थी हुन्।