• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    धरापमा जसपा नेतृत्वको मधेस सरकार !

  • वीरगंज संजाल
  • २२ फाल्गुन २०८०, मंगलवार १४:२७
  • १४२५

    जनकपुरधाम | संघीय सरकारमा सत्ता गठबन्धन फेरिएसँगै मधेस प्रदेश सरकार गणितीय हिसाबले धरापमा परेको छ। नयाँ बनेको चार दलीय गठबन्धनको मधेस प्रदेशमा भने सरकार बनाउन बहुमत नपुग्ने भएपछि वर्तमानमा जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको सरकार धरापमा परेको हो। सत्ताधारी चार दलको सिट संख्या जोड्दा ५१ पुग्छ। यो संख्या बहुमत सिद्ध गर्न चाहिने संख्याभन्दा ३ सिट कम हो। कूल १ सय ७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशसभामा सरकार बनाउन बहुमतका लागि ५४ सिट अवश्यक हुन्छ। सता गठबन्धन दलहरु एमाले–२३ सिट, जसपा –१९ सिट, माओवादी केन्द्र–९ सिट गरी ५२ सिट पुग्छ। मधेस प्रदेश सभामा राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति छैन ।

    मधेस प्रदेशमा सरकार बनाउन चार दलीय सत्ता गठबन्धनबाट मात्र सम्भव नहुँदा जसपाका सरोज यादव नेतृत्वको सरकार धरापमा परेको हो। मधेस प्रदेश सभामा नागरिक उन्नमुक्ति पार्टीको एक, राप्रपाको एक, स्वतन्त्र, नेपाल र संघीय समाजवादी पार्टीका एक एक जना सांसद छ। यत्ता, सत्ता गठबन्धन भित्रकै माओवादी केन्द्रले नयाँ सिराबाट सरकार गठन हुनुपर्ने धारण अघि सारेपछि जसपा नेतृत्वको सरकारको निरन्तरता सकसपूर्ण बनेको छ। माओवादीका मधेस प्रदेश संसदीय दलका नेता भरत साह भन्छन्, ‘अब जसपाले सरकारको नेतृत्व छोडेर अन्य पार्टीलाई दिनुपर्छ। गठबन्धनमा विगतमा भएको सहमतिअनुसार आलोपालो सरकारको नेतृत्व पाउनुपर्ने उनको जिकिर छ।

    यता, चार दलीय सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टीले मधेस प्रदेशको मुख्यमन्त्री पाउनुपर्ने सर्त राखेको छ। मधेस प्रदेश सभामा १३ सिट रहेको जनमत पार्टीले सरकारको नेतृत्व पाउनुपर्ने जिकीर गर्दै आएको छ। मधेस प्रदेशमा रोचक के छ भने नयाँ गठबन्धनलाई सरकार बनाउन ३ मत कम हुन्छ, त्यसरी नै विपक्षी दल बन्न पुगेका कांग्रेस, जनमत, लोसपा र नेकपा एकीकृत समाजवादीलाई पनि सरकार बनाउन २ मत मात्र चाहिन्छ। यो गणितले मधेस प्रदेशमा नयाँ सरकार गठनलाई सकसपूर्ण बनाइदिएको छ। मधेस प्रदेशमा कांग्रेसको २३ सिट, जनमतको १३ सिट, लोसपाको ९ सिट र एकीकृत समाजवादीको ७ सिट छ।

    जनमत, लोसपा र नेकपा एसमध्ये कुनै दल नयाँ सत्ता गठबन्धनमा सहभागी नभएमा मधेस प्रदेशमा नयाँ सरकार गठन कठिन छ। यसो नभए प्रतिपक्षी दल कांग्रेसले पनि सरकार गठन गर्न सक्ने सम्भावना छ। यही गणितको फाइदा उठाउँदै जनमत पार्टीले मुख्यमन्त्री नपाएसम्म नयाँ गठबन्धनमा सहभागी नहुने अडान राखेको छ। एक महिनाअघि मात्र मधेस सरकार छाडेको जनमतले जसपा नेतृत्वको मधेस सरकारमा सहभागी हुन नसकिने बताएको छ। मधेस सरकारको नेतृत्व नपाए कांग्रेससँग मिलेर सरकार गठनको प्रयास गर्ने जनमतको तयारी छ।

    सत्ता गठबन्धन दलभित्रै असहमती र जनमत पार्टीको अडानका कारण मधेस प्रदेशमा जसपाका सरोज यादव नेतृत्वको मधेस सरकारले निरन्तरता पाउनेमा संशय छ। नयाँ गठबन्ध दलका एकजना मधेस प्रदेशसभा सदस्यले मधेस प्रदेशमा वर्तमान मुख्यमन्त्री सरोज यादवकै नेतृत्वको सरकारले निरन्तरता पाउने दाबी गरे। उनले भने, ‘लोसपाको समर्थनसहित जसपाको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बन्छ, ढुक्क रहनुस्।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑